बेनी–जोमसोम सडकमा सवारी रोकेर स्तारोन्नतीको काम गरिने

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १५ चैत । kali gandaki karidor 1म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक स्तरोन्नतीका लागि म्याग्दी खण्डमा शुक्रबारदेखि दैनिक आठ घण्टा सवारी रोकीने भएको छ ।

भारत र चिन जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजनाले स्तारोन्नतीको कामलाई तिब्रता दिन ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकमा सवारी सञ्चालनका लागि समय तालीका लागु गरेको हो ।

सवारीको चापका कारण सडक स्तरोन्नतीको काम प्रभावीत बनेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको आयोजना, निर्माण व्यवसायी, यातायात ब्यवसायी र सुरक्षाकर्मीको बैठकले सवारी रोकेर काम गर्न समयतालीका बनाएको आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो ।

बेनी देखि घाँसा खण्डमा बिहान ७३० देखि ११ बजेसम्म र दिउँसो २३० देखि ६३० बजेसम्म सडकमा सवारी सञ्चालन रोकेर स्तरोन्नतीको काम गरिने भएको छ । बेनी–जोमसोम सडक कालोपत्रेका लागि चार वटा प्याकेजमा स्तारोन्नतीको काम भैरहेको छ । स्तारोन्नतीको काम, यात्रुको आवत जावतलाई सहज र सुरक्षाका लागि समय तालीका बनाइएको आयोजना प्रमुख सुवेदीले बताउनुभयो ।

बेनीबाट मुस्ताङ जाने यात्रुहरुले बिहान साढे ७ बजे र दिउँसो साढे ११ देखि साढे २ बजेसम्म घाँसा तथा मुस्ताङबाट आउनेले गलेश्वर पार गरिसक्नुपर्नेछ । साँझ साढे छ बजेटबाट निर्माण कार्य रोकीने र सडक खुल्ला रहने जनाइएको छ ।

राष्ट्रिय महत्वको सडक निर्माणलाई समयमै सम्पन्न गर्न र आवत जावतलाई व्यवस्थीत बनाउनका लागि समय तालीका बनाइएको निर्माण कम्पनी शर्मा गजुरमुखी जेभीका प्रतिनिधि सचिन क्षेत्रीले बताउनुभयो ।

सवारी सञ्चालन र काम गर्ने समय तालीका बनेपछि स्तारोन्नतीको काममा सहज हुने उहाँले बताउनुभयो । मुस्ताङ खण्डमा डाईभर्सन (बैकल्पीक सडक) बनाएर सवारी सञ्चालन गरिएको छ ।

म्याग्दी खण्डमा डाईभर्सनको सम्भावना नभएकाले सवारी रोकेर काम गर्न लागीएको हो । नालीसहित ११ मिटर चौडाई रहने सडकको ७ मिटर चौडाइमा कालोपत्रे गर्न लागिएको छ ।