सिंहदरबार नपुगेको गाउँ

सन्तोष गौतम/विकल्प न्यूज
चैत  १४ गते । Main News Photoधौलागिरी गाउँपालिकाको मुदीका बिरामीलाई डोकोमा बोकेर उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा मच्छिममा खिचिएको तस्विर । तस्विर नवविकल्प

लुलाङ/ धौलागिरी गाउँपालिका १ गुर्जाका जंगबिर छन्त्याल एक वर्षअघि घोरेटो बाटो खन्ने क्रममा भिरबाट खसेको ढुङ्गाले लागेर दायाँ साप्रा भाँच्चीएपछि घटनास्थलमै बेहोस हुनुभयो । छिमेकी गाउँ लुलाङ देखि कम्तीमा आठ घण्टा पैदल हिडेर पुगीने गुर्जामा सडक र यातायातको सुबिधा नभएकाले छन्त्याललाई एक लाख तिस हजार रुपियाँ खर्च गरेर हेलीकप्टरबाट पोखरा पु¥याएर उपचार गरिएको थियो । जंगबिर मात्र होईन् भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जामा गम्भिर प्रकृतीका बिरामीलाई अस्पताल पु¥याउन हेलीकप्टरको विकल्प छैन् ।

आर्थिक अवस्था कमजोर भएका कतिपय सर्वसाधारण अस्पताल पुग्नै नपाई प्राण त्याग्न बाध्य छन् । “यसपाली गाउँपालिकाले खरिद गरेको औषधि गुर्जामा नपुग्दा मौसम परिवर्तनसंगै केही दिनदेखि फैलीएको झाडाबान्ताका बिरामीको उपचारमा समस्या भएको छ” गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले भन्नुभयो “प्रकृतिले उपहार दिएको गुर्जा र त्यहाँका बासिन्दा भौगोलिक बिकटताकै कारणले राज्यका आधारभुत सेवा सुबिधाबाट बञ्चित छन् ।”

अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको, सांस्कृतिक, पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको गुर्जालाई यातायात सञ्जालसँग जोड््न लुलाङदेखि गुर्जा जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न गाउँसभाले बजेट समेत बिनियोजन गरेको छ । सवारी साधन आवत जावत गर्ने नभए, पैदल मार्फत आवत जावत गर्नका लागि भएपनि सुरुङ मार्ग आवश्यक रहेको गुर्जाका बासिन्दाको भनाई छ ।

gurja vdcसडक पुगेको मुनादेखि गुर्जासम्म खच्चर मार्फत सामान ढुवानी गर्दा प्रतिकीलो २१ रुपियाँ लाग्छ । २३० घरधुरी छन्त्याल र दलीत समुदायको बसोबास रहेको गुर्जा पर्यटन, जडिवुटी खेती, खानी र पशुपालनका लागि प्रशस्त सम्भावना बोकेको क्षेत्र हो । अन्य यस्ता धेरै बस्ती छन, जहाँका बासिन्दा भौगोलिक बिकटताकै कारणले राज्यले प्रदान गर्ने आधारभुत सेवा सुबिधाबाट बञ्चित छन्।

सात वटा वडा रहेको धौलागिरी गाउँपालिकाको दुई वटा वडामा मात्र सडक पुगेको छ । केन्द्रिय प्रशारण लाईनको विद्युत सुबिधा कुनै पनि वडामा छैन् । मुना र ताकममा मात्र कच्चि सडक पुगेको छ । मराङ र मुदीलाई सडक सञ्जालमा जोड्न गाउँपालिकाले यो वर्ष ९०९० लाख रुपैयाँ बिनियोजन गरेर ट्याक खन्ने काम सुरु भएको उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

गाउँपालिकाको केन्द्र मुनामा सञ्चार, ईन्टरनेट र बैङ्कको शाखा नभएको बाहना बनाएर कर्मचारीले सदरमुकाम बेनीमै बसेर काम गरिरहेका छन् । सात वटा वडा रहेको गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, दुई जना प्राबिधिक र चार जना वडा सचिव छन् । “चुनावमा सुनिएको सिंहदरबार गाउँमै आएको नाराले सार्थकता पाएको छैन्” धौलागिरी गाउँपालिका २ का टेकलाल रसाईलीले भन्नुभयो “गाउँपालिकाको कार्यालयमा काम गर्ने कर्मचारी र गुनासो सुन्ने जनप्रतिनिधि बस्दैनन् । सेवा र विकासको कामका लागि सदरमुकाम बेनी जान आउन कम्तीमा दुई दिन र पाँच हजार खर्च लाग्छ ।” जनप्रतिनिधिहरु भौगोलिक बिकटता र कर्मचारी अभाव मुख्य चुनौती भएको स्पष्टीकरण दिन्छन् । gurja-vdc“सिंहदरबार गाउँमा आएको भनीएपनि हामीले पुरानो गाबिस जत्तिकै सेवा दिन नसकेकोमा दुःख लागेको छ” धौलागिरी गाउँपालिका २ का वडा अध्यक्ष गमबहादुर बिकले भन्नुभयो “एउटा सचिवले तिन वटा वडाको काम गर्नुपर्ने बाध्यता छ । सेवाप्रवाह गर्ने कर्मचारी नभएसम्म जनप्रतिनिधि जति खटिएपनि नहुने रहेछ । दरबन्दी अनुसारका कर्मचारी पाउनै सकेका छैनौ ।”
लुलाङ, मुदी, मुना र मल्कवाङमा भरपर्दो सञ्चार सुबिधा छैन् । ४ नम्बर वडामा पर्ने मुदीका महिला सुत्केरी हुनका लागि छिमेकी वडाको स्वास्थ्य संस्था, दरवाङ र सदरमुकाम बेनी पुग्नुपर्ने बाध्यता छ । एउटा बस्तीबाट अर्को बस्तीमा पुग्न दिनभरी पैदल हिड्नुपर्छ । घरमै सुत्केरी भएकी ४ नम्बर वडामा पर्ने खिवाङकी २३ वर्षिय शर्मीला रसाईलीको गत कात्तिक अन्तिम साता अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको थियो । mudhi photoहालै प्रसुती केन्द्र स्थापना भएको ५ नम्बर वडामा पर्ने मल्कवाङको स्वास्थ्य संस्थामा भवन निर्माणको काम सुरु भएको छ । कोट भन्ने ठाउँमा गत साउन तेस्रो हप्ता आएका पहिरोले बगाएको पाँच सय मिटर घोरेटो बाटो अझै मर्मत हुन नसक्दा मल्कवाङ र कुईनेखानीका बासिन्दा आवत जावतका लागि डेढ घण्टा घुमाउरो बाटोको प्रयोग गर्न बाध्य भएका छन् ।

“प्रतिघर सात दिनका दरले श्रमदान गरेर बैकल्पीक पदमार्ग र दुई वटा अस्थाई पुल बनाएका छौ” स्थानीय दलमान छन्त्यालले भन्नुभयो “गाडी चढ्नका लागि मालीका ७ को अर्गलामा पुग्नुपर्छ । अर्गालाबाट मल्कवाङसम्म खच्चरबाट सामान ढुवानी गर्न प्रतिकिलो १२ रुपियाँ तिर्नुपर्छ । हिड्ने सजिलो बाटो भए पुग्छ ।”

मल्कवाङ, मराङ, खिवाङ, मुना र गुर्जामा लघुजलविद्युत परियोजनाको विद्युत रहेको छ । जुगेपानीको पहिरोले विद्युतगृह र नहर पुरीएपछि २ नम्बर वडा लम्सुङमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजना गत भदौ १२ गतेदेखि बन्द छ । ताकम, लुलाङ र मुदीका बासिन्दा उज्यालोका लागि सोलार र टुकीमा निर्भर छन् । ताकममा विद्युतीकरणका लागि उपभोक्ता समिति मार्फत काम भईरहेको वडा अध्यक्ष कलानिधी शर्माले बताउनुभयो । takamधौलागिरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयको अवस्था झनै दयनिय छ । २८ वटा सामुदायिक विद्यालय मध्य दश वटा मावि छन् । त्यस मध्य शिवाङको हेम मावीमा मात्र पूर्ण दरबन्दीका शिक्षक छन् । ३ कक्षा सम्म पढाई हुने नाउरा र खाम्लाको विद्यालयमा सरकारी दरबन्दीका शिक्षक छैनन् ।

स्थानीयबासीबाट चन्दा संकलन, विदेशबाट घर बिदा, पेन्सनमा आउने लाहुरेको स्वागत, देउसीभैलो र सहरबजारमा बसाईसरेका हरुबाट सहयोग जुटाएर विद्यालय सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने गरिएको छ । कतिपय ठाउँमा विगतमा साविकका गाविसबाट विद्यालय भवन र खेलमैदान निर्माणको योजनामा बजेट छुट्टाउने तर शिक्षकलाई तलब खुवाउने गरिएको थियो ।

स्थानीयबासीले चन्दा सहयोग गर्न नसकेपछि ६० प्रतिशत भन्दा बढी दलित समुदायको बसोबास रहेको २ नम्बर वडामा रहेको लम्सुङ माविका शिक्षकहरुले छ महिनादेखिको तलब पाएका छैनन् । विगतमा तत्कालीन गाविसले दिने गरेको अनुदान नीतिगत व्यवस्थाका कारण रोकीएपछि २०७३ फागुनदेखि वडाका सबै घरले मासिक ३५० रुपियाँका दरले विद्यालयलाई चन्दा सहयोग गर्ने निर्णय भएको थियो । निर्णय अनुसार गाउँलेले सहयोग गर्न नसकेको र अन्य स्रोत समेत नभएपछि वि.स २०६७ देखि हुँदै आएको मावी तहको पठनपाठन बन्द गर्नुपर्ने अवस्था आएको लम्सुङ मावीका प्रअ तुलसी सुवेदीले बताउनुभयो । विद्यालयका निजी स्रोतमा कार्यरत ५ जना शिक्षकको तलबभत्ताका लागि मासिक एक लाख रुपैयाँ आवश्यक पर्छ ।

“गाउँमा रहेको ढुङ्गाखानी, कागज उद्योग सञ्चालन गरेर विद्यालय चलाउने आयस्रोत जुटाउन कसैले वास्ता गरेका छैनन्” स्थानीय तिलाराम विश्वकर्माले भन्नुभयो “यहाँका बासिन्दाको चेतनास्तरमा परिवर्तन गरेर जागरुक नबनाएसम्म विकासले फड्को मार्दैन् ।” गाउँपालिकामा दश जोड दुई तहको पठनपाठन हुने एउटा मात्र विद्यालय छ । एसईई परिक्षा उतिर्ण गरेपछि उपल्लो तहको शिक्षाका लागि घर छाडेर अन्यत्र जानुपर्छ । गरिबी र पारिवारिक समस्याका कारण अधिकांश विद्यार्थीले जेनतेन एसईई उतिर्ण गरेपनी त्यसमाथीको पढाईलाई निरन्तरता दिन सकेका छैनन् ।

घर छाडेर पढ्न जान नसक्नेले पढाईलाई पूर्णबिराम लगाएर बिदेशीनुपर्ने अवस्था रहेको लम्सुङ मावीबाट यस वर्षको एसईई परिक्षामा सहभागी भएका बिनोद विश्वकर्माले बताउनुभयो । धौलागिरी गाँपालिकाका अध्यक्ष थमसरा पुनले भुगोल र विगतमा राज्यको माथिल्लो निकायसम्म पहुँच नपुगेका कारण पछाडि परेको यस क्षेत्रको समस्याको पहिचान गरेर समाधानका लागि बिषयगत रणनीति बनाएर अघि बढ्ने तयारी गरेको बताउनुहुन्छ । Muna ma Road ko Track kholdai“बिकटता, दरबन्दी अनुसारका कर्मचारी र पूर्वाधारको अभावका बाबजुद विकास निर्माण र सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन प्रयासरत छौ” अध्यक्ष पुनले भन्नुभयो “पर्यटन, जडिवुटी र कृषि क्षेत्रको सम्भावनालाई ब्यवहारमा उतारेर जनताको जिवनस्तरमा सुधार ल्याउने योजनामा जोड दिएका छौं ।”

बैशाख १ गते ताकममा बैङ्कको शाखा खुल्न लागेको, मुना र मुदीको बिचमा ईन्टरनेट चल्ने मोवाईलको टावर सञ्चालन हुन लागेकाले सदरमुकाममा बसेर काम गर्नुपर्ने बाध्यताको छिट्टै अन्य हुने अध्यक्ष पुनले बताउनुभयो । स्थानीय समस्या र आवश्यकता पहिचान तथा प्राथमिकता निर्धारण गरेर बजेट परिचालनसंगै सामाजिक चेतना स्तरमा परिवर्तन ल्याउने किसीमका योजना, नीति र कार्यक्रममा जोड दिनुपर्ने धौलागिरीबासीको अपेक्षा छ । नवविकल्पमा प्रकाशित