Breaking News
दुर्गम र कान्छो वडालाई उपेक्षा गरिएको जनप्रतिनिधिको गुनासो

सन्तोष गौतम/विकल्प न्यूज डाँडागाउँ ३० जेठ । म्याग्दीको मालीका गाउँपालीका ३ को वडा कार्यालयमा पूर्वाधार र दरबन्दि अनुसारका जनशक्तिको अभावमा सेवा प्रवाहमा कठिनाई भएको छ । स्थानीय तह कार्यान्वयन र जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष बितेपनी वडाको कार्यालय व्यवस्थापन हुन सकेको छैन् । किटीनी स्थित बालविकास केन्द्रको भवनको एउटा कोठामा स्थापना भएको वडा कार्यालयमा जनप्रतिनिधि […]
बिमवासीको उदाहरणीय प्रयास (सम्पादकीय)

विकल्प न्यूज/बेनी जेठ २९ गते । म्याग्दीको पश्चिम भेग स्थित मालिका गाउँपालिका ७ बिम गाउँलाई मदिरा मुक्त बनाउने अभियान सुरु गरिएको छ । जनप्रतिनिधि र स्थानीय अगुवाहरुले गाउँलाई मदिरा मुक्त बनाउने अठोट लिएका छन् । अव्यवस्थित मदिराको प्रयोगले गाउँमा अशान्ति,झैझगडा र आपसी सम्बन्धमा खलवल पु¥याउने जस्ता नकरात्मक क्रियाकलापहरुमा वृद्धि भएको भन्दै न्यूनिकरणका लागि वडाको पहलमा […]
गाउँ पञ्चायतका साइनबोर्डहरुमा कालो पोतेको त्यो रात !

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज जेठ २९ गते । ”आगो निभेको छैन !” घर कटेरो वा जङ्गलमा लागेको आगोको कुरा होइन । सुपरिचित पत्रकार हरिहर विरहीको संस्मरण–कृतिको नाम हो यो । पुस्तक प्रकाशित भएको पूरै एक वर्ष सात महिना नाघिसकेछ ! मेरो हातमा परेको पनि एक वर्षभन्दा बढी नै भयो होला । “पढ्नलायक संस्मरण रहेछ यो” […]
पर्यटनको बजेट सडकमा !

गोपाल छन्त्याल/हिस्तान जेठ २९ गते ।सडक सञ्जाल विस्तारका कारण पदमार्गहरु सुनसान बन्दै गएका छन् । पर्यटन व्यवसायीहरु सडकलाई पर्यटनको मूख्य चुनौती मान्छन् । तर, म्याग्दीको अन्नपूर्ण–७ हिस्तानमा भने पर्यटन क्षेत्रको विकासका लागि विनीयोजित बजेट सडक निर्माणमा खर्च गरिएको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाले पर्यटन रोयल्टी बापत प्राप्त गरेको १० लाख रुपैयाँ मध्ये ५ लाख […]
सिस्नेरीका बासिन्दाको पहलमा चौध किलोमिटर सडक निर्माण

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ २७ जेठ । म्याग्दीको मालिका गाउँपालिका ४ सिस्नेरीका बासिन्दाको पहलमा चौध किलोमिटर सडक निर्माण भएको छ । करिब साढे ४५ लाख रुपैयाँको लागतमा मालिका गाउँपालिका ५ देविस्थानको पन्थोक देखि सिस्नेरी हँुदै खवाङ सोटे जोड्ने सडक निर्माण भएको हो । स्थानीयबासी र सरकारी निकायको संयुक्त लगानीमा सडक निर्माण भएपछि ६० घरधुरी लाभान्वित […]
खाने गास काटेर विद्यालय चलाउँछन गुर्जाली

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज जेठ २५ गते । म्याग्दीको विकट गाउँ धौलागिरी गाउँपालिका १ गुर्जाका स्थानीयलाई गाउँमा विद्यालय चलाउन धौधौ छ । गुर्जालीहरुले चन्दा र सहयोग जुटाएर विद्यालय धानेका छन् । विद्यालय धान्नका लागि वार्षीक लाखौं रकम जुटाउनु पर्ने बाध्यता गुर्जालीलाई छ । गाउँमा रहेको जनकल्याण माध्यामिक विद्यालय चलाउने भरपर्दो माध्यम यार्चा गुम्बा पनि हो । […]
देविस्थानको रुन्मामा सडक पुग्यो (फोटो फिचर)

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २५ जेठ । सडक निर्माण भएपछि रुन्मा गाउँका १७५ घरधुरी लाभान्वित भएका स्थानीय युवा रवीन फगामीले बताउनुभयो । स्थानीयबासीलाई आवत जावत, निर्माण सामाग्री, दैनिक उपभोग्य बस्तु, खाद्यान्न ढुवानी र गाउँमा उत्पादन भएको कृषि तथा पशुजन्य बस्तु निकासीमा सहज भएको छ । रुन्मा गाउँ आलु र सुन्तला खेतीका […]
पात्लेखेतमा उत्कृष्ट कृषक पुरस्कृत

सन्तोष गौतम/विकल्प न्यूज पात्लेखेत २४ जेठ । बेनी नगरपालिका १० पात्लेखेतका उत्कृष्ट कृषकहरुलाई बिहीबार पुरस्कृत गरिएको छ । वडा कार्यालयले वि.स २०७४ मा कृषि र पशुपालनको विभिन्न बिधामा उत्कृष्ट काम गर्ने पाँच जना कृषक छनौट गरेर पाँच हजार रुपैयाका दरले नगद सहित पुरस्कृत गरिएको हो ।२०७४ चैत १३ गते बसेको छनौट समितिको बैठकले फलफुलतर्फ भक्तबहादुर […]
बेनीका सडकमा गरिएको कालोपत्रे तिनदिन मै उक्किन थाल्यो

विकल्प न्यूज/बेनी जेठ २३ गते । म्याग्दीको सदरमुकाम बेनी बजार भित्रका सडकमा गरिएको कालोपत्रे उक्कीन थालेको छ । बेनीको बालमन्दीर चोकमा कालोपत्रे गरेको तिनदिनमै उक्कीन थालेको हो । उपभोक्ता समिति मार्फत बेनी नगरपालिकाले बजारका ७ र ८ नम्बर वडा भित्रका सडकमा खाल्डा खुल्डी पुर्ने र पिच उक्कीएको ठाउँमा कालोपत्रे गरेको थियो । कालोपत्रे गर्न नगरपालिकाबाट […]
वातावरण दिवसको अवसरमा दरवाङमा बृहत सरसफाई

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ २२ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मंगलबार ४५ औ विश्व वातावरण दिवस तथा १९ औं राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा बृहत सरसफाई तथा सन्देशमलुक ¥याली सम्पन्न भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना,मालिका गाउँपालिका, जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय म्याग्दीको सहयोगमा वास पत्रकार मञ्च म्याग्दीको […]
बेनी–जोमसोम सडकमा छब्बीस सिटको सिण्डीकेट तोडीयो

सन्तोष गौतम/विकल्प न्यूज जेठ २० गते । बेनी–जोमसोम सडकको टुकुचे खण्डमा ट्रकमा राखेर हेभी ईक्युभमेन्ट ढुवानी गरीदै । तस्विर नवविकल्प बेनी/ बेनी–जोमसोम सडकमा कायम रहदै आएको छब्बीस भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड खारेज भएको छ । बेनी स्थित प्रशासन कार्यालयमा बसेको जिल्ला यातायात ब्यवस्थापन समितिको बैठकले विगत पाँच वर्षदेखि कायम उक्त […]
दरबाङमा एकिकृत घुम्ती शिवीरमा सेवाग्राहीको भिड

सन्तोष गौतम/ विकल्प दरवाङ, १८ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा शुक्रबारदेखि एकिकृत घुम्ती शिवीर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना, मालिका र धौलागिरि गाउँपालिको समन्वयमा सञ्चालन भएको दुई दिने शिवीरमा सदरमुकाम स्थित सरकारी कार्यालयहरुले सेवा प्रवाह गरेका छन् । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमायाँ बिटालु, […]
विदेशबाट फर्किएका युवाको कुखुरापालनबाट रहर लाग्दो आम्दानी(भिडियोसहित)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज म्याग्दी,जेठ १६ गते । एकदशक सम्म विदेशीमा श्रम र पसिना बगाउनुभएका यहाँका एक युवाले स्वदेश फर्किएर कुखुरापालन व्यवसायबाट रहर लाग्दो आम्दानी गर्नुभएको छ । बेनी नगरपालिका ६ कुरिलाखर्कका युवा सुरेश ढुङ्गना विदेशको आकर्षक जागिर छाडेर गाउँमै व्यवसायिक रुपमा कुखुरापालन व्यवसायको थालनी गर्नुभएको हो । ढुङ्गनाले ३० लाख रुपियाँ खर्चीएर आफ्नै जग्गामा […]
शिक्षाका योजनामा भएको अनियमितताको पर्दाफास

सन्तोष गौतम/विकल्प न्यूज जेठ १५ गते । गत चैत देखि शिक्षा विकास तथा समन्वय इकाईमा परिणत भएको तत्कालीन जिल्ला शिक्षा कार्यालय मार्फत म्याग्दीमा सञ्चालीत पूर्वाधार योजनामा भैरहेको अनियमितताको रहस्य उजागर भएको छ । विद्यालय प्रशासन, व्यवस्थापन समिति र निर्माण समितिलाई घुस मागेर हैरान बनाउने इकाईका प्राबिधिकहरुको विरुद्धमा उजुरी परेपनी उन्मुत्ती दिन चलखेल भएको छ । […]
शैक्षिक गुणस्तर सुधारको बाटोमा म्याग्दी क्याम्पस

सन्तोष गौतम/विकल्प न्यूज बेनी १४ जेठ । बेनीमा समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसले शैक्षिक गुणस्तर सुधारका लागि गुणस्तर मापदण्ड सुनिश्चितता (क्युएए) प्रणाली अपनाउने भएको छ । वि.स २०६६ अघि बढेको क्युएए प्रणाली लागु गराउने बहसले आठ वर्षपछि सार्थकता पाउन लागेको हो । गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि विश्व विद्यालय अनुदान आयोगको मापदण्ड पुरा गरेर […]