बिमवासीको उदाहरणीय प्रयास (सम्पादकीय)

विकल्प न्यूज/बेनी
जेठ २९ गते । Bima Villageम्याग्दीको पश्चिम भेग स्थित मालिका गाउँपालिका ७ बिम गाउँलाई मदिरा मुक्त बनाउने अभियान सुरु गरिएको छ । जनप्रतिनिधि र स्थानीय अगुवाहरुले गाउँलाई मदिरा मुक्त बनाउने अठोट लिएका छन् । अव्यवस्थित मदिराको प्रयोगले गाउँमा अशान्ति,झैझगडा र आपसी सम्बन्धमा खलवल पु¥याउने जस्ता नकरात्मक क्रियाकलापहरुमा वृद्धि भएको भन्दै न्यूनिकरणका लागि वडाको पहलमा उक्त कदम चालिएको हो । जनप्रतिनिधिहरु निर्वाचित भएर आए सँगै बिम गाउँमा केही नयाँ र नौला कार्यक्रम सञ्चालन पनि भएका छन् । समाज सुधारका लागि विमका जनप्रतिनिधि र सरोकारवाला निकायहरुले चलाएको अभियान जिल्लामै नौलो र उदाहरणिय छ । जनजातिहरुको कतिपय परम्परागत संस्कार र प्रचलनहरुमा मदिराको प्रयोग हुने गरेको पाइन्छ । परम्परा र संस्कार जोगाउने नाममा वढेको मदिराको प्रयोले भावि पुस्तामा नकरात्मक सन्देश प्रवाह गरेको छ । बिमलाई मदिरामुक्त बनाई गाउँलाई शान्त,सुन्दर र सभ्य बनाउने बिमवासीहरुको कदम प्रशंसनिय छ ।

जनजातिको बाहुल्यता भएको म्याग्दीमा जनजातिका मौलिक संस्कार र सस्कतिहरु छन् । संस्कार र संस्कृतिको संरक्षणका नाममा सञ्चालित कतिपय परम्पराहरु आधुनिक समाजका लागि अपाच्य छन् । त्यस्ता प्रचलनले समाजमा विकृति मौलाएको छ । जनजाति समुदायमा विवाह,छेवार र किरीयमा मादक प्रदार्थको प्रयोग अत्याधिक हुन्छ । मादक प्रदार्थको प्रयोगले समाजमा अशान्ति फैलाउनुका साथै कतिपय अवस्थामा मानिसहरुको ज्यानै पनि जाने गरेका घटनाहरु पनि छन् । प्रहरीमा आएका प्रयाः जसो घटनाहरु मादक प्रदार्थ सेवनका कारण उब्जीएका छन् । विभिन्न समयमा गाउँगाउँमा हुने मेलापर्वमा खुल्ला रुपमा सेवन गर्ने मदिराले शान्ति सुरक्षामा चुनौती खडा गरेको छ । जनजातिहरुको संस्कार र प्रचलन धान्ने नाममा हुने विकृतिजन्य परम्परालाई तोड्नुको विकल्प छैन । परम्परागत रुपमा चलि आएका त्यस्ता विकृतिजन्य संस्कार र प्रचलनहरु सभ्य र आधुनिक समाज निमार्णका बाधक हुन । सभ्य समाज निर्माणका लागि तगारोका रुपमा आएका त्यस्ता कुसंस्कार र प्रचलनलाई विमवासीहरुले त्याग्नै पर्दछ । सयौ देखि समाजमा झकडिएर रहेका त्यस्ता संस्कारलाई हटाउन भने त्यति सहज छैन् । तर अभियानलाई नागरिकहरुतहबाट साथ र सहयोग मिलेमा असम्भव भने छैन ।

निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय तहको नेतृत्व गरेको एकवर्ष नाघिसकेको छ । कतिपय स्थानीय तहले नयाँ र नौला कार्यक्रमहरु ल्याएका छन् । म्याग्दीमा रहेका ६ वटा स्थानीय तहले खासै नौला र नयाँ कार्यक्रमहरु सार्वजनिक गर्न सकेका छैनन् । जनप्रतिनिधिहरुको परम्परागत कार्यशैली हावी भएका समयमा मालिका गाउँपालिका ७ बिमका वडाध्यक्षले समाज सुधारको नयाँ कार्यक्रम सार्वजनिक गर्नुभएको छ । आधुनिक र सभ्य समाज निर्माणका लागि बिमका वडाध्यक्षले सार्वजनिक गरेको अभियानले जिल्लाभर नयाँ सन्देश दिएको छ । जिल्लाका अन्य वडाहरुले पनि बिमबाट सिको गर्नुपर्दछ । समृद्ध र सुखी नेपाल निर्माणका लागि गाउँशहरलाई मदिरामुक्त बनाउनुपर्दछ । समाजमा घट्ने अधिकांश घटनाहरु मदिरा सेवनकै कारण घटेका छन् । यसलाई न्यूनिकरण गर्ने दायित्व जनप्रतिनिधिकै हो । बिमवासीले सञ्चालन गरेको समाज सुधारको महाअभियानलाई जिल्लाका वाँकी ४४ वडाले पनि अनुसरण गर्ने कि ! नवविकल्प साप्ताहिक