विदेशबाट फर्किएका युवाको कुखुरापालनबाट रहर लाग्दो आम्दानी(भिडियोसहित)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
म्याग्दी,जेठ १६ गते ।  DSC_1143 एकदशक सम्म विदेशीमा श्रम र पसिना बगाउनुभएका यहाँका एक युवाले स्वदेश फर्किएर कुखुरापालन व्यवसायबाट रहर लाग्दो आम्दानी गर्नुभएको छ । बेनी नगरपालिका ६ कुरिलाखर्कका युवा सुरेश ढुङ्गना विदेशको आकर्षक जागिर छाडेर गाउँमै व्यवसायिक रुपमा कुखुरापालन व्यवसायको थालनी गर्नुभएको हो ।

ढुङ्गनाले ३० लाख रुपियाँ खर्चीएर आफ्नै जग्गामा दुइहजार चल्ला हटाउन सक्ने क्षमता भएका दुइवटा खोर बनाउनुभएको छ । विदेशमा सिकेको सीप र आर्जन गरेको पुँजीलाई स्वदेशमै परिचालन गर्न सकेमा राम्रो आम्दानी गर्न सकिने ढुङ्गानाको अनुभव छ । DSC_1131व्यवस्थित तरिकाले पाल्ने सके दुइ खोरबाट एकवर्षमा ६ पटक सम्म कुखुरा उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । एउटा खोरमा साना चल्ला र अर्कोमा ठूला कुखुरा राख्नुभएको ढुङ्गानाले अहिले सम्म १२ पटक सम्म कुखुरा उत्पादन गरेर विक्री गरिसक्नुभएको छ । कुखुरापालन व्यवसायबाट आफू सन्तुष्ट भएकाले विदेश नजाने सोँच उहाँको छ ।

ढुङ्गानाको श्रीमती सरकारी सेवामा हुनुहुन्छ । कार्यालय समय पछि उहाँले पनि श्रीमानलाई सहयोग गर्नुहुन्छ । कुखुराको दैनिक हेरचाह गर्नका लागि ढुङ्गानाले दुइजनालाई रोजगारी समेत दिनुभएको छ । ढुङ्गानाको खोरमा यतिखेर दुइहजार जति विक्री गर्न लायक कुखुरा छन् । ब्रोइलर जातका चल्ला हालेको ४५ दिनमा विक्री गर्न सकिन्छ ।

 दुइहजार कुखुराका चल्लालाई विक्री योग्य बनाउनका लागि ४५ दिन भित्र ६ लाख देखि ७ लाख रुपियाँ सम्म खर्च हुने ढुङ्गाना बताउनुहुन्छ । उत्पादन भएपछि विक्रीको समस्या छैन । कहिले काही मूल्यमा उतारचढाव मात्र हुन्छ । जिउँदो कुखुरा सरदर दुइसय पचास रुपियाँ सम्ममा विक्री हुने उहाँले बताउनुभयो । DSC_1147कुखुरालाई राम्रो सँग हेरविचार गर्न सकेमा एकपटक एकलाख सम्म सजिलै आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । विदेशमा कठिन परिश्रम गरेर मुश्कीलले वर्षको चार पाँचलाख सम्म कमाई हुन्थ्यो ढुङ्गानाले भन्नुभयो ‘घरपरिवार सँग रमाउँदै वर्षको ६ लाख रुपियाँ आर्जन गर्न सक्नु ठूलो कुरा हो ।’ मलाई यही पेशामा गौरब लाग्छ ढुङ्गानाले भन्नुभयो । सामान्य सरसल्लाह र तालिमका भरमा सुरु गर्नुभएको व्यवसायले उहाँलाई अहिले दक्ष बनाएको छ । सरकारले विदेशबाट फर्किएर आफ्नै गाउँठाउँमा व्यवसाय गरेका युवालाई लक्षित गरेर कार्यक्रम ल्याउन उहाँको अनुरोध छ ।  DSC_1134व्यवसायलाई आधुनिक र व्यवस्थित तरिकाले गर्नका लागि उहाँले ढुङ्गाना पशुपालन फर्म दर्ता गर्नुभएको छ । भविष्यमा अझै व्यवसायलाई व्यवस्थित गर्ने सोच उहाँको छ । कुखुराका साथै ढुङ्गानाले भैँसी पनि पाल्नु भएको छ । दैनिक ३० लिटर दुध बजारमा लैजाने उहाँले बताउनुहुन्छ । भविष्यमा कुखुराका साथै भैँसी र बाख्रापालन व्यवसायलाई व्यवस्थित तरिकाले गर्ने योजना बनाएको ढुङ्गानाले बताउनुभयो ।