ताजा समाचार:
Search

Breaking News

गलेश्वरमा ज्येष्ठ नागरिक सभाहल निर्माण

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूजम्याग्दी, साउन ४ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वरधाममा ज्येष्ठ नागरिक सभाहल निर्माण गरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष र ज्येष्ठ नागरिक आश्रमको संयुक्त लगानीमा सभाहल निर्माण गरिएको हो । सभाहल निर्माण भएपछि आश्रममा बसोबास गर्ने बृद्धबृद्धाहरुलाई भेला तथा जमघट हुन र विभिन्न कार्यक्रमहरुको आयोजना गर्न सहयोग पुग्ने […]

बेनी नगरको सार्वजनिक सुनुवाई ः पूँजीगत खर्च ८५ प्रतिशत

विकल्प न्यूज\बेनीअसार ३१ गते । बेनी नगरपालिकाको चालु आर्थिक बर्ष २०८०/०८१ मा विकास निमार्ण तर्फको पूँजीगत ८४.९९ प्रतिशत बजेट खर्च गरेको छ । पूँजीगत तर्फ रहेको १८ करोड ७७ लाख ६० हजार रपियाँ बजेट मध्य १५ करोड ९५ लाख ७२ हजार ४८० रुपियाँ बजेट खर्च भएको हो । सोमबार बेनी नगरपालिकाले वडा नम्बर ९ को […]

पाउद्धार तातोपानी जान साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो

विकल्प न्यूज/बेनीअसार ३१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका(२ भुरुङ र वडा नम्बर ५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ। दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो। पुल निर्माणका लागि पूर्वाधार […]

मुख्यमन्त्री पाण्डेको त्यो झुटो आश्वासन ःफापरखेत पहिरोमा सास्ती उस्तै

विकल्प न्यूज/बेनीअसार २९ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत असोजमा म्याग्दी आउँदा भन्नुभएको थियो, ‘‘६ महिना भित्रमा प्रदेश सरकारले पहिरोको विकल्पमा सडक खोल्ने र म्याग्दीखोलामा बेलिव्रिज हाल्ने छौं । फापरखेत पहिरोले दिएको दुःख र सास्तीबाट म्याग्दीवासीले मुक्ती पाउनेछन् यो मेरो प्रतिवद्धता हो ।’’ मुख्यमन्त्री पाण्डेले बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका […]

रघुगंगा नदीमा आएको भिषण बाढीले सडक कटान, मन्दिर जोखिममा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्यम्याग्दी,असार २८ गते । अविरल वर्षा सँगै म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकको गलेश्वर खण्डमा सडक कटान गरेको छ । नदी कटानका कारण रघुगंगा गाउँपालिका ३ स्थित गायत्री मन्दिर समेत जोखिममा परेको छ ।नदीको कटानले बेनी–जोमसोम सडक खण्डको गलेश्वर पारी करिब ५० मिटर सडक कटान गरेको छ । सडक कटान गरेकाले अहिले यातायात […]

चितवनको पहिरोमा परेका दुबै बस त्रिशूलीमा खसेको आशंका

२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परेका दुबै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ । ती बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको […]

कास्कीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो

विकल्प न्यूज\पोखरा २८ असार, पोखरा । कास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता २ जनाको पनि शव फेला परेपछि मृतकको संख्या ११ पुगेको हो । पोखरा–३२ स्थित आरती ओझाको घर पहिरोले […]

म्याग्दीको ताकममा पहिरोले घर पुरिदा २ जनाको मृत्यु

म्याग्दी,असार २८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार बिहान पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ । ताकमको आरखोलाका तुलप्रसाद न्यौपानेको घर पुरिएको हो । घरभित्र सुतेका घरधनी अन्दाजी ५०/ ५१ वर्षका तुलप्रसाद र उहाँकी श्रीमति बालकुमारी न्यौपानेको पहिरोमा पुरिएर मृत्यु भएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक रमेश प्रसाद अधिकारीले बताए ।उहाँका […]

म्याग्दीमा दूध उत्पादक कृषकका लागि आएको २२ लाख फिर्ता

विकल्प न्यूज/बेनीअसार २७ गते । म्याग्दीका दूध उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदान फिर्ता भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले कृषकहरूलाई अनुदान वितरण नगरी बजेट फ्रिज गरेको हो।  दूध उत्पादन गर्ने कृषकहरूलाई सहकारी संस्था मार्फत प्रति लिटर २ रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराउन केन्द्रलाई चालू […]

चिमखोलामा पहिरोले ४ घरपरिवारका २५ जना विस्थापित

विकल्प न्यूज\बेनीअसार २६ गते । रघुगंगा गाउँपालिका ७ चिमखोलाको गैहृावारी भन्ने ठाउँमा बुधवार दिउँसो २ बजे पहिरो जाँदा ५ घर उच्च जोखिममा परेका छन् । पहिरोमा परी नर्सिङ गर्वुजाको गोठसहित १२ वटा बाख्रा, डेकबहादुर पुनको गोठ पुरिएको छ । त्यस्तै, चिमखोला फर्निचरसहित सामुदायिक भवन, ढिकीजाँतो घर पूर्ण रुपमा भत्केको वडाध्यक्ष थकप्रसाद (रिम) पाईजाले बताउनुभयो । […]

तीन दिन भारी वर्षाको सम्भावना, केहीमा,अति भारी वर्षा हुन सक्ने

विकल्प न्यूज\बेनी असार २६ गते । मौसम पूर्मानुमान महाशाखाले आज ९असार २६ गते०देखि आगामी शनिबार ९असार २९ गते० सम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार यस अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी […]

बेनीका ल्याब मापदण्ड विपरित,विरामी चेकजाँच गर्ने कोठा साँघुरा र फोहोरी

विकल्प न्यूज/बेनीअसार २६ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित औषधि पसलहरुको बुधबार अनुगमन गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका डेन्टलसहित ५ औषधि पसलहरुमा अनुगमन गरिएको हो । औषधि पसललाई नियम अनुसार सञ्चालन गर्ने गरी सुरू गरिएको अनुगमनको पहिलो चरणमा गरिएको अनुगमनमा सबै पसलहरु दर्ता र नवीकरण गरेको तथा म्याद गुज्रिएका औषधीहरुलाई […]

नाग्लीबाङ्गमा सडक स्तरोन्नति भएपछि यात्रा सहज

ठाकुरप्रसाद आचार्यअसार २५ गते । वर्षौ देखिको कच्ची र जिर्ण सडक स्तरोन्नति भएसँगै नाग्लीबाङवासीको यात्रा सहज भएको छ । म्याग्दीको बेनीसँग सिमाना जोडिएको जलजला गाउँपालिका ८ स्थित डिमुवाखोला हुँदै नाग्लीबाङ जोड्ने ग्रामिण सडकको घुम्ती सुधार,ग्रेड मिलाउने,नाली,पर्खाल र ढलान गरेपछि सर्वसाधारणहरुको यात्रा सहज भएको हो । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा चालु आर्थिक वर्षमा […]

कम्प्युटर सिक्ने आमाहरुको रहर

ठाकुरप्रसाद आचार्य / विकल्प न्यूजअसार २५ गते । बेनी बजारको मंगलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा अध्यनरत कल्पना सुनारले नेपाली र अंग्रेजी दुवै अक्षरहरु सजिलै टाइप गर्नुहुन्छ । उहाँ कक्षा ९ मा अध्यनरत हुनुहुन्छ । पढाइ सँगै सुनारमा कम्प्युटर सिक्ने रहर जागेर आएको छ ।सानो उमेरमै विवाह भएपछि बीचमै पढाई छाड्नु भएकी पर्वतको जलजला गाउँपालिका ४ […]

बेनी नगरका कच्ची सडक ढलान र कालोपत्रले यात्रा सहज बन्दै

ठाकुरप्रसाद आचार्य /बेनीअसार २४ गते । घर अगाडीको सडक कच्ची भएका कारण वर्षौ देखि बर्खायाममा हिलो र हिउँदमा धुलाम्मे भएर सास्ती भोगेकी बेनी नगरपालिका ६ डाँडावारीकी शोभा महत केसी सडक कालोपत्रे भएपछि भने खुसी हुनुहुन्छ । कच्ची सडकका कारण बर्षौ देखि सास्ती भोग्दै आएका थियौं उहाँले भन्नुभयो, ‘‘अहिले घर अगाडीको सडक कालोपत्रे भएर चिल्लो भएको […]