Breaking News
तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै कृषक आचार्य (भिडियो सहित)

ठाकुरप्रसाद आचार्यसाउन १६ गते । जलजला ७ लामाबगरका बासुदेव आचार्यले बेमौसममा काँक्रो उत्पादन गरेर दुई महिनाको अवधिमा एकलाख भन्दा बढी कमाउनुभएको छ । पाँच रोपनी क्षेत्रफलमा धान खेती नगरेर कामिनी र बेली जातको काँक्रो खेती गर्नुभएका आचार्यले दुईदिनको फरकमा एकसय केजी सम्म काँक्रो उत्पादन हुने गरेको बताउनुभयो । उत्पादन भएको काँक्रो घरबाट नै बिक्री हुने […]
गलेश्वरधाममा तीन लाखभन्दा बढी भेटी सङ्कलन

साउन १५ गते । म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा यस वर्षको साउन महिना दोस्रो सोमबार तीन लाख ३६ हजार १८५ रुपियाँ भेटी सङ्कलन भएको छ । जिल्लाको बेनी नगरपालिका–९,स्थित अवस्थित गलेश्वर शिवालय मन्दिरमा सोमबार भक्तजनबाट चढाइएको भेटी मङ्गलबार बिहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा गणना गरिएको थियो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अनुसार,साउनको […]
राहुघाट आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’(फोटोसहित)

ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन १५ गते । राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको निर्माणधिन नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ६ हजार दुईसय ७० मिटर लामो मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको हो । आयोजनामा रघुगंगा गाउँपालिका ४ दग्नामको फेदीमा रहेको बाँधबाट […]
अन्नपूर्णका किसानलाई ‘कृषि एम्बुलेन्स’

ठाकुरप्रसाद आचार्यसाउन १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानले उत्पादन गरेको कृषि उपजको ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरेको छ । संघीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा ३६ लाख १२ हजार रुपियाँमा एम्बुलेन्स तयार पारेर संचालन गर्न लागेको हो । कृषि एम्बुलेन्स सञ्चालन हुने भएपछि विकट वस्तीका किसानहरु उत्साहित भएका छन् । गाउँपालिका भित्रका किसानले […]
तरकारी खेतीमा जमेका पौरखी शर्मा दम्पती (भिडियो सहित)

ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन १२ गते । जलजला गाउँपालिका ७ धाइरिङ मिलनचोकका युवा किसान दीपक शर्माले व्यवसायिक ताजा तरकारी उत्पादन गरेर राम्रो आम्दानी लिनुभएको छ । बुबा आमाले अंगालेको निर्वाहमुखी परम्परागत कृषि पेशालाई व्यवसायिक बनाउँदै दीपक र उहाँको श्रीमती सीता शर्माले गाउँपालिकाकै नमूना किसानको परिचय बनाउनुभएको छ । हरेक विहान देखि अवेर शर्मा दम्पत्ती तरकारी खेतीको काममा […]
बिमकाे डाँडा गाउँमा ‘एक घर , एक धारा’

विकल्प न्यूज/बेनीसाउन ११ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु ३२ लाख ९७ हजार सात सय ३२ को लागतमा आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनाबाट ५६ घरपरिवार, एक विद्यालय, एक स्वास्थ्यचौकीमा निजी धारा जडान […]
जलजलाले सुरु ग¥यो लक्षित समुदायलाई निशुल्क एम्बुलेन्स सेवा

विकल्प न्यूज\बेनी साउन १० गते । पर्वतको जलजला गाउँपालिकाले ५ किसिमका लक्षित समुदायलाई एम्बुलेन्स सेवा निशूल्क उपलब्ध गराउन थालेको छ । गर्भवति, सुत्केरी, जेष्ठ नागरिक, असाहय गरिब र अपाङ्गता भएकाहरुका लागि स्वास्थ्य संस्था जान आउन निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । एम्बुलेन्स, विपद् ब्यवस्थापन, सेवा प्रवाह, गुनासोलाई ब्यवस्थापन गर्न लामाखेत स्थित गाउँपालिका कार्यालय परिसरमा […]
एकवर्षको अवधिमा म्याग्दीमा ३१ हजार पर्यटक भित्रिए

विकल्प न्यूज\बेनीसाउन १०गते । एक वर्षको अवधिमा ३१ हजार ३५४ जना पर्यटकले म्याग्दी भ्रमण गरेका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०र०८१ मा म्याग्दी भित्रने पर्यटकको संख्या २५ हजार ३३४ र बाहिरिनेको ६ हजार २० जना रहेको छ। घोडेपानी र दरवाङमा रहेको इलाका प्रहरी कार्यालयले जिल्ला भित्रने र बाहिरिने पर्यटकको विस्तृत […]
बेनी–जोमसोम सडकः बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एङ्करिङ’

म्याग्दी, साउन १० गते । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिरो पन्छाएर थप खस्न नदिन ‘रक एङ्करिङ’ प्रविधि प्रयोग गरेर रोकथामको काम […]
जोखिम मोलेर बैसरी पहिरो पार गर्दै बस

ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन ९ गते । भारतीय तीर्थयात्री लिएर मुक्तिनाथ दर्शनका लागि जोमसोम तर्फ हिडेको बस कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका २ बैसरी पहिरो पार गर्दै । म्याग्दी खण्डमा पहिरोका कारण वर्षायाममा यात्रा जोखिमपूर्ण भएको छ । सडक माथिदेखि पहिरो खस्ने भएकाले यो खण्ड अत्यन्तै जोखिमपूर्ण छ । यहाँ सडक माथिबाट लेदो सहितको […]
चितवनमा रहेका एमाले निकट पर्वतेलीहरु संगठीत

विकल्प न्यूज/पर्वतसाउन ९ गते । पर्वत जिल्लाबाट पेशा व्यवसाय र रोजगारीका क्रममा चितवन जिल्लामा पुगेका एमाले निकट पर्वतेलीहरु संगठीत भएका छन् । बुधबार नेकपा एमाले पर्वतले चितवन जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको भेलाबाट नेत्र शर्माको अध्यक्षतामा ३१ सदस्यीय पर्वत–चितवन सम्पर्क समाजको तदर्थ कमिटी चयन गरेको छ । कमिटीले ६ महिनाभित्रमा प्रथम भेला आयोजना गरी सम्पर्क […]
सिंगा तातोपानी कुण्डमा सन्ध्याकालिन आरती

ठाकुरप्रसाद आचार्य म्याग्दी,साउन ८ गते । उपचार र मनोरञ्जनका लागि तातोपानी कुण्डमा आउने पर्यटकहरुलाई लक्षित गरेर सन्ध्याकालिन आरती सुरु गरिएको छ । प्राकृतिक उपचारका रुपमा प्रशिद्ध म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानी कुण्डमा हरेक सोमबार साँझ सन्ध्याकालिन आरती सुरु गरिएको हो । सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिले साउन महिनाको पहिलो सोमबार पारेर सन्ध्याकालिन आरती […]
पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो

ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन ८ गते । पहिरोका कारण अवरुद्ध बनेको कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक १२ घण्टापछि खुलेको छ । सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका २ सिरुबारी र कुनौटेमा सडक माथिबाट खसेको पहिरोलाई डोजरको सहयोगले दश घण्टा लगाएर पन्छाएपछि साँझबाट सडक संचालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सब इन्जिनियर सुहनजंग काकीले जानकारी दिनुभयो । उहाँका अनुसार सिरुबारी र […]
नेपालको राजनीतिक परिवर्तनमा पुष्पलालको योगदानको चर्चा

विकल्प न्यूज/बेनीसाउन ७ गते । नेपालको राजनीतिक परिवर्तनमा पुष्पलाल श्रेष्ठको योगदानको चर्चा गरिएको छ । ४६ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा एमाले म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको ‘‘नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान’’ विषयक विचार गोष्ठीमा बोल्ने वक्ताहरुले हालको राजीतिक परिस्थितिमा पुष्पलालका विचारहरु उत्तिकै सान्र्दभिक भएको बताउनुभएको थियो । उहाँहरुले मुलुक अहिले पनि पुष्पलालको विचारबाट […]
राहुघाट आयोजनाको ११ मिटर सुरुङ खन्न बाँकी

विकल्प न्यूज/बेनीसाउन ६ गते । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङ निर्माण पूरा हुन लागेको हो । रघुगङ्गा गाउँपालिका–४ […]