जोखिम मोलेर बैसरी पहिरो पार गर्दै बस


ठाकुरप्रसाद आचार्य
म्याग्दी,साउन ९ गते ।


भारतीय तीर्थयात्री लिएर मुक्तिनाथ दर्शनका लागि जोमसोम तर्फ हिडेको बस कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका २ बैसरी पहिरो पार गर्दै ।

म्याग्दी खण्डमा पहिरोका कारण वर्षायाममा यात्रा जोखिमपूर्ण भएको छ । सडक माथिदेखि पहिरो खस्ने भएकाले यो खण्ड अत्यन्तै जोखिमपूर्ण छ । यहाँ सडक माथिबाट लेदो सहितको ढुङ्गा झरिरहन्छ । सडक देखि माथि ठूलो पहिरो छ ।


म्याग्दी खण्डमा मात्रै साना र ठूला गरेर करिब पचास स्थानमा पहिरोका कारण यात्रा जोखिमपूर्ण बनेको हो । म्याग्दी खण्डमा पहिरो र कालिगण्डकी कटानका कारण धेरै स्थानको सडक छिया छिया भएको छ ।