राहुघाट आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’(फोटोसहित)


ठाकुरप्रसाद आचार्य
म्याग्दी,साउन १५ गते ।

राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको निर्माणधिन नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ६ हजार दुईसय ७० मिटर लामो मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको हो ।

आयोजनामा रघुगंगा गाउँपालिका ४ दग्नामको फेदीमा रहेको बाँधबाट वडा नम्बर ३ अँधेरीखोलाको दोस्रो अडिट जोड्ने दुई हजार तीनसय ३५ मिटर दूरीको सुरुङ पुरा भएसँगै आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको आयोजना व्यवस्थापक राज विष्टले जानकारी दिनुभयो ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र रघुगंगा हाईड्रोपारका प्रबन्ध संचालक गणेश केसीले मंगलबार स्विच दबाएर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो ।

आयोजनाको मुख्य सुरुङ खन्ने काम पूरा भएसँगै आयोजनाको अन्य निर्माणको कामले पनि गति लिने अपेक्षा गरिएको संचालक केसीले बताउनुभयो ।
आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति र जडान लगायतका कार्यहरु भइरहेका छन् ।

रघुगंगा गाउँपालिका–३ पिप्लेस्थित मुख्य सुरुङको आउटलेट ९अन्तिम विन्दु०बाट तिल्केनीचौरमा निर्माणाधीन विद्युतगृहमा पानी खसाल्ने पाइप लाइन राख्ने एक हजार ४९ मिटर लामो ‘प्रेसर साफ्ट’ सुरुङ गत जेठ महिनामा जोडिएको आयोजनाले जनाएको छ ।
मुख्य सुरुङबाट आउने पानीलाई विद्युतगृह लैजाने पाइप लाइन राख्नका लागि प्रेसर साफ्ट बनाइएको हो । पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च साफ्ट’ निर्माण भएको छ ।

भारतीय आयात–निर्यात ९एक्जिम० बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्ससँग २०७४ मङ्सिरमा सम्झौता भएको थियो ।


विसं २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड ९भेल०ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाइएको छ । इलेक्ट्रोमेकानिकलतर्फको भौतिक प्रगति २५ प्रतिशत छ । बाँधस्थल निर्माण तर्फ ५६ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

रघुगंगा गाउँपालिकाको वडा नं ४ दग्नाम र ५ नं वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युतगृहको संरचना निर्माणको काम भइरहेको छ । आगामी अक्टोबरमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।