Breaking News

प्रदेश अन्तर्गतका कार्यालयको सेवाप्रवाह फितलो ः कार्यालयमा भेटिदैनन् प्रमुख

विकल्प न्यूज/बेनी पुस २३ गते । संघियता कार्यान्वयन सँगै जिल्लामा स्थापना भएका  गण्डकी  प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुको सेवाप्रवाह फितलो देखिएको छ । संघियताको भावना र मर्म विपरित प्रदेश सरकारले जिल्ला सदरमुकाममा स्थापना गरेका कार्यालयहरुको दैनिक कामकाज र सेवाप्रवाह फितलो देखिएको हो । स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुका सट्टा आफ्नो मातहत रहने गरी प्रदेश सरकारले सदरमुकाममा […]

संघीयताको फल ः धाइरिङमा भित्रिए आधा अरबका विकास योजना

विकल्प न्यूज\बेनी पुस २३ गते । सडक कालोपत्रे योजनाका लागि सडक स्तरउन्नती गरिँदै । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दी र बागलुङको सदरमुकामको नजिक भएर पनि वर्षौ देखि विकासमा पछाडी परेको पर्वतको जलजला गाउँपालिका ७ धाईरिङ संघियता कार्यान्वयन पछि गाउँको मुहार फेरिन थालेको छ । संघियता कार्यान्वयनको तिनवर्ष यता सडक,सिँचाई,खानेपानी,शिक्षा र अन्य भौतिक पूर्वाधार विकासका योजनाहरु धमाधम […]

गण्डकी प्रदेशमा विकास निर्माणको जग बसाल्दैछौं ः मुख्यमन्त्री गुरुङ

विकल्प न्यूज/बेनी पुस २२ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार विकास निर्माणका लागि आवश्यक आधारहरु तयार पार्न लागिपरेको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित सभाहलको मङ्गलबार बेनीमा उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेशभित्र विकास निर्माणको जग बसाउन आवश्यक ऐन, कानुनको निर्माण थालिएको बताउनुभएको हो । मुख्यमन्त्री गुरुङले प्रदेश समन्वय परिषदको हालसम्म […]

जिसस म्याग्दीको नवनिर्मित भवनको मुख्यमन्त्री गुरुङद्धारा उद्घाटन (फोटो)

विकल्प न्यूज/बेनी पुस २२ गते । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित सभाहल सहितको  भवनको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । मंगलबार जिसस म्याग्दीले आयोजना गरेको एक कार्यक्रमका विच मुख्यमन्त्री गुरुङले भवनको उद्घाटन गर्नुभएको हो । तत्कालिन शान्ति तथा पूननिर्माण मन्त्रालयको एक करोड ४२ लाख,गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको एक […]

सुन्तला बिक्रीबाट वास्कुनामा ३० लाख भित्रियो

विकल्प न्यूज/बेनी पुस २० गते । बेनी नगरपालिका ४ बास्कुनामा यसबर्ष सुन्तला बिक्रीबाट ३० लाख रुपैयाँ भित्रिएको छ । वास्कुनाका २४ घर परिवारले फलाएको सुन्तला बिक्रीबाट उक्त आम्दानी गरेका हुन । गाउँमै पुगेर व्यवसायीहरुले बोटबाटै सुन्तला खरिद गरेर पोखरा,काठमाण्डौ र इन्डिया समेत पु¥याएको कृषक तिलक गुरुङले बताउनुभयो । वास्कुनाका कृषकहरुले एकसय देखि १५ सय सम्म […]

कर तिर्ने संस्कारको विकास गरौं ः मन्त्री पुन (भिडियो सहित)

विकल्प न्यूज/बेनी पुस १९ गते । गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्योगी व्यापारीहरुलाई कर तिर्ने संस्कारको विकास गर्न अनुरोध गर्नुभएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री पुनले व्यवसायीहरुमा कर तिर्ने संस्कार बसाल्न अनुरोध गर्नुभएको हो । नागरिकहरुमा कर तिर्ने संस्कारको विकास गरी […]

पुननिर्माणले चिटिक्क सामुदायिक विद्यालय

विकल्प न्यूज/बेनी पुस १८ गते । भुकम्पले क्षति पुगेका जिल्लाका सामुदायिक विद्यालयहरु पुननिर्माण भएपछि चिटिक्क परेका छन् । २०७२ सालको भुकम्पका कारण भत्कीएका तथा जोखिममा परेका विद्यालयहरु पुननिर्माण गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) द्धारा अहिले सम्म २५ वटा सामुदायिक विद्यालयहरु पुननिर्माण गरि चिटिक्क पारिएका छन् । नयाँ भवन बनेपछि […]

गलेश्वरमा नक्कली उपभोक्ता समिति गठन गरी योजनालाई ठेक्का

ठाकुरप्रसाद आचार्य/कमल खत्री पुस १८ गते । भनिन्छ ‘धर्म सम्झेर काम गर्नुपर्छ’ कल्पना गर्नुस त धार्मिक क्षेत्रमै विधि र प्रकृया मिचेर काम हुन्छ भने के भन्ने होला ? यहाँको एक चर्चित पवित्र धार्मिक संस्था भित्र अपवित्र प्रवृतिले जरा गाडेको तथ्यहरु बाहिरीएका छन् । धार्मिक संस्थामा हुने क्रियाकलापहरु सवै पारदर्शी हुन्छन भन्ने आम विश्वास पनि छ […]

युवा,विकास,अवसर र चुनौति

शान्ति बस्नेत/विकल्प न्यूज पुस १६ गते । युवा देशका निम्ति एक शसक्त खम्वा हुन । युवा भन्ने शव्द उच्चारणमा मात्रै हैन काम गर्ने शैलीमा पनि उतिकै जोश जागर र हौसला रहेको हुन्छ । युवा पुस्ता आकाशकै चन्द्रमा जस्तो उज्यालो किरण दिन सक्ने क्षमता भएका असल कर्मयोगी र चमत्कारका केन्द्र बिन्दु मान्न सकिने औजार हुन । […]

बेनी–जोमसोम सडकका मजदुरले पारिश्रमिक नपाएपछि आन्दोलित (भिडियोसहित)

विकल्प न्यूज/बेनी पुस १६ गते ।  राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसोम–कोरला सडकमा काम गर्ने मजदुरहरुले लामो सयमदेखि पारिश्रमिक नपाएपछि आन्दोलित भएका छन् । मजदुरहरुले तलबको माग गर्दै बुधवार जिल्ला प्रशासन कार्यालय म्याग्दी अगाडि प्यालेकार्ड सहित शान्तिपूर्ण धर्नामा बसेका हुन । बेनी जोमसोम सडक खण्ड अन्र्तगत गलेश्वर देखि तातोपानी सम्मको सडक स्तरउन्नतीको ठेक्का लिएको ठेकेदार कम्पनी शर्मा एण्ड […]

भ्रमण वर्ष सुरु

विश्वास रेग्मी काठमाडौँ, पुस १६ गते ।  २० लाख पर्यटक भिœयाउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रङ्गशालाबाट बुधबार नै यसको औपचारिक उद्घाटन हुँदैछ । करिब एक वर्ष लामो निरन्तर प्रयास र एक सयभन्दा बढी स्वदेशी […]

सिद्धार्थ माविलाई ल्यापटप र प्राजेक्टर सहयोग

विकल्प न्यूज/बेनी पुस १५ गते ।    यहाँको एक विद्यालयलाई ल्यापटप,प्रोजेक्टर र पुस्तक सहयोग प्राप्त भएको छ । म्याग्दीको मालिका गाउँपालिका ४ च्युरिबोट स्थित सिद्यार्थ माविलाई सोही च्युरिबोट घर भइ हाल युके ,जापान र अमेरिकामा बसोबास गर्नुहुँने समाजसेवी क्याप्टेन लक्ष्मण पुन मगरका तीन दाजुभाई ,धिरज र बिजयको संयुक्त परिवारले सो सहयोग गर्नुभएको हो । विद्यालयको आयोजनामा सम्पन्न […]

आश्रमको फितलो व्यवस्थापन गरेर विवाद मुछिएको शिवालय क्षेत्र विकास कोषको प्रेस विज्ञप्ति !

विकल्प न्यूज/बेनी पुस १३ गते । गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रमको फितलो व्यवस्थापन गरेर ज्येष्ठ नागरिकहरुलाई अभाव,पीडा र दुःखमा वस्न बाध्य पारेर विवादमा मुछिएको गलेश्वर शिवालय क्षेत्र विकास कोष र गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमले गल्ती ढाकछोप गर्न विज्ञप्ती निकालेका छन् । वृद्धवृद्धा र असहाय नागरिहरु आश्रित गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमको फितलो व्यवस्थापनबारे प्रकाशित समाचारले उजागर गरेका […]

जन्मथलोमा महिला भलिबल कप्तान अरुणा शाहीलाई सम्मान (भिडियो\फोटोसहित)

विकल्प न्यूज/बेनी पुस ११ गते । गाउँपालिका, वडा कार्यालय, आमासमुह लगायतका स्थानीयबासीहरुले बाजागाजासहित भब्य सम्मान गरेका हुन् । गाउँपालिकाको २ नम्वर वडा कार्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, वडा अध्यक्ष जीवन मल्ल, प्रमुख प्रशासकिय अधिकृत दिपक रेग्मी, नेकपाका गाउँपालिका अध्यक्ष दिपक कार्की र नेपाली काँग्रेस जिल्ला कमिटि सदस्य केवी […]

गलेश्वरधाम स्थित ज्येष्ठ नागरिक आश्रम भित्रको दर्दनाक दृश्य

ठाकुर आचार्य,कमल खत्री /बेनी पुस १० गते ।  तस्विरमा देखिएको चित्र कुनै व्यक्तिको घर होइन । यो त सुविधा सम्पन्न भनी दावी गरिएको बेनी नगरपालिका ९ गलेश्वरधाम स्थित ज्येष्ठ नागरिक आश्रम भित्रको वास्तविक दर्दनाक अवस्था हो । बुधबार बेलुका जुन कल्पना गरेर आश्रममा हामी पुगेका थियौं त्यसको भिन्न चित्र हामीले देख्यौं । त्यहाँ पुग्दा हामीले आश्रम […]