ताजा समाचार:
Search

म्याग्दीका २८ जनाकाे काेराेना परिक्षण रिपोर्ट नेगेटिभ

विकल्प न्युज / बेनी

जेठ २५ गते ।

जेठ २० गते म्याग्दीबाट काेराेना परिक्षणका लागि पाेखरा  पठाएकाे २८ जनाकाे रिपोर्ट सवैकाे नेगेटिभ अाएकाे छ ।

उनिहरूकाे  काेराेना परिक्षण गर्दा काेराेना संक्रमित नभएकाे रिपोर्ट अाएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयाे । 

भारतबाट आएर क्वारेन्टाइनमा बसेका १५ जना, स्वास्थ्यकर्मी ९ जना, सुरक्षाकर्मी  १ जना, पहिलो संक्रमितको रूममेटहरू २ जना र अन्य १ जना गरी २८ जनाको स्वाब  संंकलन गरि परिक्षणका लागि पाेखरा पठाईएकाे थियाे ।

भारतबाट अाएका समेत गरि हालसम्म १७९ जनाकाे स्वाव संकलन गरि पठाएको मा १५६ जनाकाे नेगेटिभ, २ जनाकाे पाेजेटिभ र २१ जनाकाे रिपोर्ट अाउन वाकि छ ।

काेराेना संक्रमित २ जना युवाकाे बेनि स्थित अाईसाेलेशन कक्षमा उपचार भईरहेकाे छ । उनिहरूकाे स्वास्थ्य अवस्था सामान्य छ ।