विकल्प न्युज/ बेनि
जेठ २४ गते । गण्डकी प्रदेशका चार जिल्लामा १७ जना काेराेना संक्रमित थपिएका छन ।
पाेखरामा गरिएको परिक्षणमा स्याङ्जा मा १०,बागलुङ १,कास्किमा ३,नवलपुर मा ३ जनामा काेराेना भाईरस संक्रमित पुुुुष्टि भएकाे स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्ति मार्फत जनाएकाे छ । याे संगै संक्रमित काे संख्या ७५ पुगेकाे छ ।
उनिहरू सबैलाई जिल्ला स्थित अाईसाेलेशनमा लैजाने तयारि गरिएकाे छ ।