ताजा समाचार:
Search

बागलुङमा थप दश जनामा कारोना संक्रमण पुष्टि

विकल्प न्युज / बेनी

जेठ २५ गते । 

बागलुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगपालिकामा आइतबार थप दश जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले निकालेको विज्ञप्ती अनुसार बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २९, २६ र एक जनाको उमेर नखुलेको जनाएका छ ।

ढोरपाटन नगरपालिकाका २६ बर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको शर्माले जानकारी दिनुभयो ।

संक्रमितहरु भारतदेखि आई बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा बसिरहेका थिए । यो संगै बागलुङ जिल्लामा कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।

यसैगरि बागलुङ नगरपालिकामा २, तमानखोला गाउँपालिकामा ४, गल्कोट नगरपालिकामा ३, निसीखोला गाउँपालिकाका ३, बडिगाड गाउँपालिकाका १५, ताराखोला गाउँपालिकामा १ र ढोरपाटन नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसमध्ये बागलुङ नगरपालिकाका २ जना निको भएर घर फर्किएका छन् भने १७ जना धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा उपचार भईरहेको छ ।