ताजा समाचार:
Search

काेराेनाका कारण पाेखरामा एककाे मृत्युु

विकल्प न्युज/ बेनी

जेठ २६ गते । काेराेना संक्रमणका कारण पाेेेखरामा एकजनाकाे ज्यान गएकाे छ । 

गण्डकी प्रदेस, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा जेठ २५ गते अाईसाेलेशनमा भर्ना भई उपचारत  स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्युको भएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो ।

जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई आइसोलेसनमा राखिएको थियो ।

संक्रमित व्यक्ति २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए । नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेको थियो । उनी पहिलेदेखि नै बिरामी थिए ।