ताजा समाचार:
Search

एकै दिन थपिए ३२३ जना काेराेना संक्रमित, ३२०० नाघ्याे

विकल्प न्युज/ बेनी

जेठ २४ गते ।

शनिबार  नेपालमा  ३२३ जना मा काेराेना पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेेस जानकारिका क्रममा जनाईएकाे छ । यश संगै संक्रमित काे संख्या  ३२०० नाघेकाे छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरू पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। अब देशभर संक्रमितको संख्या तीन हजार दुई सय ३५ पुगेको छ।

कोरोना निको भएर ३२ जना शनिबार घर फर्केका छन्। काेराेना कारण  अहिले सम्म १२ जनाकाे मृत्यु भएकाे छ ।

३६५ जना निकाे भएर घर फर्किएका छन् ।