ताजा समाचार:
Search

थपिए ३ सय १४ जना, कोरोना संक्रमित संख्या ३७६२ पुग्यो

२६ जेठ, काठमाडौं । सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।