ताजा समाचार:
Search

गण्डकीमा एकै पटक थपिए ३८ संक्रमित, संख्या ११३ पुग्याे

विकल्प न्युज / बेनी

जेठ २५ गते ।

गण्डकी प्रदेशमा  थप ३८  जनामा काेेराेेेेना पुष्टि भएको छ ।

प्रदेशमा  एकैदिन ठूलो संख्यामा संक्रमण देखिएको यो पहिलो हो । आइतबार बिहानसम्म प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा स्याङ्जाका मात्र १४ रहेका छन् ।

त्यस्तै गोरखा र बागलुङका १०/१०जना छन् । गोरखा जिल्लामै पहिलो पटक संक्रमित भेटिएका हुन् ।

यसअघि कञ्चनपुरमा कार्यररत गोरखाका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका ४ जनामा संक्रमण देखिएको हो ।

संक्रमित सबै पुरुष रहेको र १७ देखि ५२ वर्षसम्मका उमेरका छन । उनीहरु सबै हालैमात्र भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा शनिबार राति उनीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशक तथा प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदबिन्दु शर्माले संक्रमितलाई सम्बन्धित जिल्लाको अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको बताए ।