बेनी नगरपालिका

गोरी दर्जीद्धारा बेनपाको आर्थिक विकास समितिको संयोजक अस्विकार

विकल्प न्यूज/बेनी जेठ २४ गते । बेनी नगरपालिकाको कार्यापालिका सदस्य गोरी दर्जीले नगरकार्यापालिका अन्तर्गतको आर्थिक विकास समितिको संयोजक पदलाई अस्विकार गर्नुभएको छ । मेयर श्रेष्ठले ६ नम्बरका वडा अध्यक्ष कृष्ण बानियाँलाई हटाएर कार्यापालिका सदस्य दर्जीलाई ४ दिन अघि आर्थिक विकास समितिको संयोजकमा नियुक्त गर्नुभएको थियो । नगरसभा र कार्यापालिकाको छलफलबाट प्राप्त जिम्मेवारीलाई आफूले लिने तर स्वच्छाचारी […]

बेनी नगरका जनप्रतिनिधिलाई प्रश्न ?

शिव आचार्य /विकल्प न्यूज जेठ २४ गते । मुलुक यतिखेर संघियता कार्यान्वयनको चरणमा छ। संघिय शासन प्रणाली अनुसार केन्द्र,प्रदेश र स्थानीय तह गरी तिन प्रकारका सरकार सञ्चालित छन् । संघिय गणतन्त्रात्मक शासन व्यवस्थाको अनुभव हामी नेपालीले पहिलो पटक गर्दैछौं । अहिलेको प्राप्त उपलब्धी चानचुने तरिकाले प्राप्त भएको होइन । लामो समयको राजनीतिक आन्दोलन,संघर्ष बलिदानीबाट यो उपलब्धी […]

१४औं छुवाछुत मुक्त दिवसको अवसरमा १५ दम्पत्ती सम्मानित

विकल्प न्युज म्याग्दी, जेठ २१ गते । १४ औं छुवाछुट मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा म्याग्दीमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । मंगलबार राजनितीक दल,दलित अधिकारकर्मि ,जनप्रतिनिधि तथा सरकारवालाहरु विचमा बृहत अन्तक्रिया कार्यक्रम तथा दलित शसक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग तथा संयुक्त राजनितिक दलित संघर्ष समिति म्याग्दीको आयोजनामा सो […]

गत वर्षमा पनि बेनपाका जनप्रतिनिधिलाई भत्ता नै भत्ता (विवरणसहित)

विकल्प न्यूज/बेनी जेठ २० गते ।चालु आर्थिक वर्ष २०७५/०७६ मा जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधा र भत्तामा ठूलो रकम विनियोजन गरेको बेनी नगरपालिकाले गत आर्थिक वर्ष २०७४/०७५ मा पनि अश्वभाविक तवरले रकम विनियोजन गरी खर्च गरेको पाइएको हो । जनप्रतिनिधिको सेवा सुविधाका लागि गत वर्ष ठूलो रकम खर्च भएको छ । गत असार १० गतेको […]

युवाहरुले गरे संसदीय अभ्यास (भिडियो)

विकल्प न्युज बेनी,जेठ १९ गते । बेनीमा नगर स्तरीय युवा सञ्जाल गठन तथा युवा सांसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व क्षमता विकास तथा संसदिय अभ्यासका बारेमा जानकारी गराउन नगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा आइतबार बेनीमा सो कार्यक्रम सम्पन्न भएको हो । तीन दिन सम्म संचालन भएको कार्यक्रममा युवाहरुलाई विभिन्न पदको […]

जनताको करमा बेनी नगरका जनप्रतिनिधि र कर्मचारीको रजाई

विकल्प न्यूज/बेनी जेठ १६ गते । जिल्लाको बेनी नगरपालिकाले विभिन्न २६ ओटा शिर्षकमा अस्वभाविक रुपमा बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रम तथा बजेट किताबमा उल्लेख भए अनुसार दुई करोड ९३ लाख रुपियाँ विभिन्न शिर्षक र उपशिर्षक खडा गरेर बजेट विनियोजन गरी खर्च गरेको पाइएको हो । जनताले तिरेको करको […]

जेसीज स्थापना दिवसका अवसरमा लोकनृत्य प्रतियोगिता

विकल्प न्यूज/बेनी जेठ १५ गते । म्याग्दी जेसीजको २० औं स्थापना दिवसका अवसरमा बेनीमा जिल्ला स्तरीय १६ औं अन्तरमावि रनिङकप लोकनृत्य प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा १२ विद्यालय सहभागिता जनाएका छन् । लोकनृत्य प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास एवम् समन्वय ईकाईका प्रमुख दलबहादुर थापाले जेसिजले आयोजना गरेको लोकनृत्य प्रतियोगिताले विद्यालयको शिक्षासंगै अन्य अतिरिक्त क्रियाकलापलाई थप […]

नेकपाका केही चुनौति र अवसर

राजकुमार थापा /विकल्प न्यूज जेठ १५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रदेखि स्थानीय तहसम्म पार्टी एकताको सम्पूर्ण सकिएको छ । पार्टी एकता सँगसँगै राष्ट्र, पार्टी तथा कार्यकर्ता र आमनेपाली जनसमुदायबीचमा केही अवसर, सम्भावना सँगै केही चुनौतिहरु पनि थपिएका छन् । अवसर र चुनौतिलाई यथार्थपरक हिसाबले विश्लेषण गर्दै वैज्ञानिक योजनाका साथ अगाडि बढ्न सकेमात्र सम्भावनालाई […]

‘पढाऔं अभियान’ अन्तर्गत विपन्न बालकलाई सहयोग

विकल्प न्यूज/बेनी जेठ १५ गते । लायन्स क्लब अफ म्याग्दी दोभानको ‘पढाऔं अभियान’ अन्तर्गत विपन्न बालकलाई आर्थिक सहयोग भएको छ । नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययन गर्दै आइरहेका ईन्द्रबहादुर भण्डारीलाई आर्थिक सहयोग गरिएको हो । लायन्स क्लब अफ म्याग्दी दोभानले सोमबार एक कार्यक्रमको आयोजना गरेर पढाऔं अभियान अक्षयकोषबाट आर्थिक रुपमा विपन्न […]

नेपाली काँग्रेसको थाकनपोखरीमा जागरण अभियान

विकल्प न्यूज/बेनी जेठ ११ गते । नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत शनिबार बेनी नगरपालीका ६ थाकनपोखरीमा आमभेला सम्पन्न भएको छ । जागरण अभियान अनुसार नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा थाकनपोखरीमा भएको भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधव रेग्मीले नेपाली कांग्रेसले जनताका लागि काम गरेको हुँदा जनताले कांग्रेसलाई […]

स्थानीय तहमा बालमैत्री वातावरण बनाउन जनप्रतिनिधिको प्रतिबद्धता

विकल्प न्यूज\बेनी जेठ ९ गते । म्याग्दीका स्थानीय तहहरुमा बालमैत्री वातावरण बनाउन जनप्रतिनिधिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बेनीमा आयोजना गरेको बालअधिकार सम्बन्धी दुइदिने सचेतनामुलक कार्यक्रममा जनप्रतिनिधिहरुले स्थानीय तहमा बालमैत्री वातावरण र संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको हुन । शारीरिक, मानसिक तथा बौद्धिक रुपमा सक्षम बनाउन बालबालिकामैत्री वातावररणलाई स्थानीय […]

म्याग्दीका निर्माण व्यवसायीहरुद्धारा सार्वजनिक खरिद नियमावली २०७५ को विरोध

विकल्प न्यूज/बेनी जेठ ९ गते । म्याग्दीका निर्माण व्यवसायीहरुले सरकारले हालै मात्र राजपत्रमा प्रकाशित गरेको सार्वजनिक खरिद (छैंटौं संशोधन) नियमावली २०७५ का केही प्रावधानहरुप्रति असहमति जनाउर्दै विरोधमा उत्रिएका छन् । विहिवार म्याग्दीका व्यवसायीहरुले निमित्त प्रमुख जिल्ला अधिकारी महेश सुवेदी मार्फत प्रधानमन्त्री केपी शर्मा वलीलाई लाई ज्ञापनपत्र बुझाएका हुन । नियमावलीमा भएका प्रावधानहरुले देशको समग्र अर्थतन्त्रलाई नै […]

सामुहिक बलात्कार गर्नेहरु सार्वजनिक(भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ ९ गते । १५ वर्षीय किशोरीमाथि सामुहिक बलात्कार गर्ने तिनजन युवाहरुलाई प्रहरीले विहिवार सार्वजनिक गरेको छ । विहिवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी बलात्कारमा संलग्न युवाहरुलाई सार्वजनिक गरिएको हो । जेठ ७ गते बुधवार राती १२ बजे बेनी नगरपालिका ४ डाँडाखेतकी एक बालिका माथि तिनजनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको […]

दिवंगतको स्मृतिमा अन्नक्षेत्रलाई सहयोग

विकल्प न्यूज/बेनी जेठ ८ गते । बेनी नगरपालिका ९ मा रहेको गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रलाई एक परिवारले दिवंगत आफन्तको पुण्य स्मृतिमा खाद्यान्न र नगद सहयोग गरेका छन् । धवलागिरी गाउँपालिका ७ ताकमकी स्वर्गीय खगेश्वरी आचार्यको पुण्य स्मृतीमा उहाँका श्रीमान दण्डपानी आचार्य र परिवारले गलेश्वर वृद्धाश्रमका जेष्ठ नागरिकहरुको भोजनका लागि सहयोग गर्नुभएको हो । चामल, […]

कदमको अध्यक्षमा रेग्मी

विकल्प न्यूज/बेनी जेठ ८ गते । म्याग्दीमा क्रियाशिल गैरसरकारी संस्था कालीगण्डकी नाट्य तथा सामुदायिक विकास मञ्च (कदम)को अध्यक्षमा निलकण्ठ रेग्मी चयन हुनुभएको छ । संस्थाको मंगलबार बेनीमा सम्पन्न १६ औ वार्षिक साधारणसभा तथा ७ औ अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिको निवर्तमान अध्यक्षमा हरिप्रसाद पौडेल, उपाध्यक्षमा रक्षा पौडेल, सचिवमा बद्रीप्रसाद पौडेल, कोषाध्यक्षमा प्रकाश रेग्मी र […]