अलपत्र मजदुरलाई युवाहरुले उद्दार गरे पनि गन्तव्यमा पु¥याउन कठिन (भिडियो सहित)

विकल्प न्यूज/बेनी
बैशाख ७ गते । मुस्ताङबाट दुई दिन हिडेर बेनी आएका मजदुरहरुलाई जलजला गाउँपालिका पर्वत बेनीका युवाहरुले उद्दार गरेर कास्कीको नयाँ पुल पु¥याएका छन् । नयाँ पुल पु¥याएपनि त्यहाँ रहेको सुरक्षा चेकपोष्टले आदेश नभएको भन्दै उनीहरुलाई त्यही रोकेको हो ।

https://www.youtube.com/watch?v=RWtOhE4cKhM

 

मुस्ताङको विभिन्न विकास योजनाहरुमा काम गर्न आएका नेपालगञ्जका १० जना मजदुरहरु आइतबार हिडेर पर्वत बेनी आएका हुन । लकडाउनका कारण मुस्ताङमा खान र वस्न समस्या भएपछि घर पुग्नका लागि पैदल हिडर आएको मजदुर रत्न बहादुर बुढाले बताउनुभयो । बुबा वितेको आज ४ दिन भयो बुढाले भन्नुभयो, ‘किरिया भेटाउन पैदल हिडेको हुँ । ’ किरियाको अन्तिम दिन सम्ममा भएपनि घर पुग्न पाए हुँन्थ्यो बुढाले भन्नुभयो ।

https://www.youtube.com/watch?v=RWtOhE4cKhM

मजदुरहरु पैदल हिडेर आएको देखेका पर्वत बेनीका युवाहरुले उनीहरुलाई म्याग्दी र पर्वतका जिल्ला प्रशासन कार्यालयको मौखिक अनुमतिमा उनीहरुलाई बेनीबाट निजि सवारीमा कास्कीको नयाँपुल सम्म पु¥याईएको हो । मुस्ताङबाट आएका बाँकेका ९ जना र म्याग्दीमा माजदुरी गर्ने दाङका एक जनालाई उनीहरुको घर जाने यात्रा सहजताको लागि प्रहरी प्रशासनको अनुमतीमा नयाँपुलसम्म पु¥याएको पर्वत वेनीका युवा व्यवसायि विक्रम सुवेदीले बताउनुभयो । लकडाउनमा एक ठाउँबाट अर्को ठाउँमा जान आउन रोक लगाईएको भएपनि उनीहरुलाई सम्बन्धित ठाउँमा पु¥याउनको लागि आबश्यक सहयोगको लागि कास्की प्रशासनसंग समन्वय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । ‘‘ जिल्लाभित्रैका मजदुरहरुको समस्या समाधानमा सकस भएको छ, मुस्ताङबाट आएका उनीहरु असंठीत क्षेत्रका मजदुर रहेछन्, कास्कीको सिमाना सम्म युवाहरुले पु¥याएकाछन’’–प्रजिअ ढकालले भन्नुभयो । बेनीदेखि सवारीमा नयाँपुल सम्म पु¥याइएका मजदुरहरु त्यहाँबाट भने पैदलै अघि बढेका छन् । https://www.youtube.com/watch?v=RWtOhE4cKhM

उनीहरुलाई गन्तव्यमा पु¥याउनका लागि गण्डकी प्रदेश सरकारमा समेत पहल थालिएको सामाजिक विकास मन्त्री नरदेवी पुनका निजी सचिबालयका प्रकाश पौडेलले जानकारी दिनुभयो । यो समाचार तयार पर्दा सम्म मजदुरहरु कास्कीको काडेमा पुगेका छन् । खाने बस्ने समस्या भएको फोनमा एक मजदुरले बताउनुभयो । यहाँ ठूलो पानी परेको छ । बस्ने ठाउँ छैन रात परिसकेको छ । ति मजदुरले भन्नुभयो ,‘हामी अहिले विच बाटोमा अलपत्र अवस्थामा छौं ।’