कृषिमा लकडाउनको प्रभाव ः उत्पादीत तरकारी बारीमै सड्न थाल्यो (भिडियो)

विकल्प न्यूज/बेनी
बैशाख ६ गते ।  जारी लकडाउनका कारण किसानले उत्पादन गरेको तरकारी बारीमै सड्न थालेको छ । लकडाउनका कारण बजार बन्द भएपछि बेनी नगरपालिका १ रत्नेचौर भुवानेका कृषकहरुले फलाएको तरकारीले बजार पाउन सकेको छैन । तरकारी बारीमा विग्रीन थालेपछि किसानहरु निराश भएका छन् ।  

लकडाउनका कारण मल,विषाधी र बिउको अभाव भएको किसानहरुले बताएका छन् । उत्पादीत तरकारी पनि बिक्रीमा समस्या भएको कृषक गोमानशिंह रोकाले बताउनुभयो । सरकारले लकडाउनका कारण समस्यामा परेका किसानहरुलाई राहतको कार्यक्रम ल्याउन्ुपर्ने उहाँले बताउनुभयो ।

परिश्रम गरेर उत्पादन गरेको तरकारीले बजार नपाएपछि बन्दा,काउली बारीमै सड्न थालेको छ । शनिबार भुवानेका कृषकहरुको बारीमा पुग्दा बन्दा र ब्रो काउली बारीमै सड्न थालेको दृश्य देख्यौं ।

(भिडियो)