बेनीको कोरोना कोषमा जनप्रतिनिधि र कर्मचारीको ४ लाख भन्दा बढी सहयोग

विकल्प न्यूज/बेनी
बैशाख २३ गते । बेनी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले कोरोना प्रकोप व्यवस्थापन कोषमा चार लाख रुपैयाँ भन्दा बढी रकम सहयोग गरेका छन् ।
नगरपालिकाले स्थापना गरेको कोरोना प्रकोप व्यवस्थापन कोषमा मेयर,उपमेयर वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुबाट २ लाख ५८ हजार सातसय १० र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी सहित नगरपालिकामा कार्यरत कर्मचारीको एक लाख ६५ हजार पाँचसय ५५ रुपैयाँ गरी ४ लाख २४ हजार दुइ सय ६५ रुपैयाँ कोषलाई सहयोग गरेका हुन ।

कोषमा नगरपालिका मेयर हरिकुमार श्रेष्ठले सवै भन्दा धेरै रकम ५१ हजार एकसय ५१  रुपैयाँ जम्मा गर्नुभएको छ । यसै गरी उपमेयर सञ्जु बरुवालले २५ हजार पाँचसय ५५,प्रवक्ता एवम् वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले २० हजार एकसय ५५, वडा नम्बर १ का वडा अध्यक्ष टेकबहादुर रावल १० हजार, वडा २ का अध्यक्ष हिराबहादुर थापा १० हजार,३ का पदम पुनले १० हजार,४ का गोविन्द प्रसाद पौडेलले १५ हजार, ५ नम्बरवडाका वडा अध्यक्ष लक्ष्मण बानियाँ ५ हजार रुपैयाँ कोरोना कोषलाई सहयोग गर्नुभएको छ ।

यसैगरी वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले १३ हजार,७ का राजेन्द्र कुमार श्रेष्ठले १० हजार, ९ का वडा अध्यक्ष बेलबहादुर कटुवालले ११ हजार, १० का कार्यवाहक वडा अध्यक्ष लोकबहादुर पुनले १० हजार, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले १५ हजार सहयोग गर्नुभएको प्रवक्ता बराइलीले जानकारी दिनुभयो । यस्तै कार्यपालिका सदस्य टकसरा पुन १० हजार,गौमति नेपाली पाँचहजार,दुर्गा कार्की बानियाँ १० हजार, योगेन्द्रमान गौचन पाँचहजार,झलप्रसाद गौचन १५ हजार, वडा नम्बर ८ का सदस्य हिमबहादुर भण्डारी पाँच हजार र हिराबहादुर पुनले ३ हजार रुपैयाँ कोरोना प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्नुभएको छ ।

यस अघि नगरपालिकाले एककरोड रुपैयाँ बराबरको कोरोना व्यवस्थापन कोष स्थापना गरी कोरोना रोकथाम,नियन्त्रण तथा व्यवस्थापन कार्यमा परिचालन गरेको छ ।