बेनी नगरले कोरोना रोकथाम कोषमा एककरोड पु¥यो, १० बेडको आइसोलेसन वार्ड बनाउने (भिडियो)

विकल्प न्यूज/बनी
बैशाख ७ गते । बेनी नगरपालिकाले कोरोना रोकथाम,नियन्त्रण तथा राहत कोषमा एक करोड रुपैयाँ पु¥याउने भएको छ । आइतबार बेनीमा बसेको  नगर कार्यपालिकाको  ५७ औं वैठकले कोषमा पचास लाख थप्दै एककरोड पु¥याउने निर्णय गरेको प्रवक्त रामकृष्ण बराइलीले बताउनुभयो । यस अघि नगरले पचास लाख रुपैयाँको कोष बनाएको थियो । बैठकका निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगरपालिकाको खर्चमा  न्यू वेष्ट पोइन्ट आवाशिय माविको भवनमा १० बेड क्षमताको आइसोलेसन वार्ड बनाउने निर्णय भएको प्रवक्ता बराइलीले बताउनुभयो ।