बेनीको क्वारेन्टाइनको फितलो व्यवस्थापन ः हातधुने साबुन समेत छैन (भिडियो सहित)

विकल्प न्यू/बेनी
बैशाख १९ गते ।   कोरोना भाइरस संक्रमण फैलिन नदिन भन्दै बाहिरबाट आएका व्यक्तिहरुलाई राख्न बनाइएको क्वारेन्टाइन व्यवस्थापन फितलो भएको छ ।
क्वारेन्टाइनमा न्यूनतम सेवा समेत उपलब्ध छैन । कोरानो भाइरस संक्रमण हुननदिन नियमित रुपमा साबुन पानीले हात धुनु पर्दछ तर क्वारेन्टाइनमा साबुन समेत छैन ।

https://www.youtube.com/watch?v=KbzK-SkUIa4

बेनीको न्यू वेष्टप्वाइन्टमा निर्माण गरिएको क्वारेन्टाइनमा शुक्रबार जिल्ल स्थित मानवअधिकारवादी र पत्रकारको संयुक्त टोली पुग्दा क्वारेन्टाइनमा वसेका सर्वसाधारणहरुले न्यूनतम सेवासुविधा समेत नभएको गुनासो गरे ।

https://www.youtube.com/watch?v=KbzK-SkUIa4&t=5s

१४ दिन क्वारेन्टाइनमा वस्नुपर्दछ तर त्यहाँ नुहाउने सुविधा छैन भने कपडा धुने सुविधा पनि छैन । खाना समेत अडकलेर दिइने गरेको गुनासो गरे । क्वारेन्टाइनमा दिने गरेको खानाले आफ्नो पेट नभरिएको उनीहरुको गुनासो छ ।
हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=KbzK-SkUIa4&t=5s