बेनी नगरपालिका
बेनीमा सुर्तीजन्य पदार्थरहित साथी शिक्षा कार्यक्रम
विकल्प न्यूज/बेनी जेठ १८ गते । म्याग्दीको सदरमुकाम बेनीमा बुधवार विश्व सुर्तीजन्य पदार्थरहित दिवस–२०२३ को अवसरमा सुर्तीजन्य पदार्थरहित पुस्ताका लागि साथी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । ‘हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ भन्ने मूल नारासहित बेनी नगरपालिकाको आयोजनामा एक कार्यक्रम गरी दिवस मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाको नगर प्रमुख सुरत केसीले […]
बेनी नगरमा बेथितिको चाङ,खाना र खाजामा ४० लाख खर्च
विकल्प न्यूज/बेनी जेठ १७ गते । म्याग्दीको बेनी नगरपालिकामा बेथितिको चाङ भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । नगरका प्रमुख प्रशासकीय अधिकृत धाेलकराज ढकाल नै अनियमिततामा मुछिएका छन् । कार्यालयमा हाजिर गरेर भत्ता बुझेको र असूल उपर गर्नुपर्ने महालेखापरीक्षकको अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ को प्रतिवेदनमा औंल्याएको छ । ढकाल मात्र होइन नगरपालिकाका केही कर्मचारीहरु अनियमिततामा मुछिएका […]
माउण्ट एभरेष्टमा सुरक्षा सचेतना विषयक अन्तरक्रिया
विकल्प न्यूज/बेनी जेठ १७ गते । माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको आयोजनामा मङ्गलवार सुरक्षा सचेतना विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक सञ्जालको प्रयोग र आधारभूत सुरक्षाको विषयमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै निवर्तमान प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले पछिल्लो समय समाजमा अपराधिक क्रियाकलापहरु बढ्दै गैरहेको हुँदा […]
बेनी नगरका कर्मचारीको बदमासी ः कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझ्छन
विकल्प न्यूज/बेनी जेठ १७ गते । बेनी नगरपालिकाका कर्मचारीहरुले कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझेको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको अघिल्लो आर्थिक वर्ष २०७८ ÷७९ को वार्षिक प्रतिवेदनमा नगरका कर्मचारीहरुले कार्यालयमा हाजिर गरेर भ्रमण भत्ता वापतको रकम बुझेको औंल्याएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत समेत अनियमित तवरले भत्ता बुझ्नेमा हुनुहुन्छ । नगरका […]
बेनीमा ठेलो खेलको प्रदेशस्तरीय प्रतियोगिता हुने
ठाकुरप्रसाद आचार्य/बेनी जेठ १६ गते । म्याग्दीको बेनीमा परम्परागत ठेलो खेलको गण्डकी प्रदेशस्तरीय प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र जिल्ला खेलकुद विकास समिति म्याग्दीको व्यवस्थापनमा जेठ २० गते बेनीको खुल्ला मञ्चमा दोस्रो प्रदेश स्तरीय परम्परागत ठेलो खेल प्रतियोगिता संचालन हुने भएको हो । परम्परागत संस्कृतिका रुपमा रहेको ठेलो खेलको संरक्षण […]
सरस्वती मावि तातोपानीमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण
प्रताप बानियाँ /विकल्प न्यूज जेठ १३ गते । सरस्वती माध्यमिक विद्यालय तातोपानीमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रवार छात्रवृत्ति वितरण गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानीमा सञ्चालित सरस्वती माविमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थी संख्याको आधारमा नेपाल सरकार शिक्षा मन्त्रालयबाट प्राप्त छात्रवृत्ति लक्षित विद्यार्थीहरुलाई वितरण गरिएको […]
अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा कार्यरत संस्थाहरुसँग परामर्श कार्यशाला
विकल्प न्यूज/बेनी जेठ १२ गते । अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा कार्यरत संस्थाहरुसँग परामर्श कार्यशाला म्याग्दीको सदरमुकाम बेनीमा हिजो (बिहीबार) सम्पन्न भएको छ । दीगो विकास लक्ष्य र अपाङ्गता भएका व्यक्तिहरुको संयुक्त राष्ट्रसंघीय महासन्धी कार्यान्वयन तथा अनुगमन सम्बन्धमा अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा कार्यरत संस्थाहरुसँग एकदिने परामर्श कार्यशाला गरिएको हो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशको […]
गण्डकी प्रदेशमा टुक्रे योजना कटौती हुन्छन ः मन्त्री जुग्जाली
विकल्प न्यूज/बेनी जेठ १२ गते । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले टुक्रे योजना कटौती हुने बताउनु भएको छ । नेकपा माओवादी केन्द्र म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटमा टुक्रे योजना कटौती हुने बताउनुभएको हो । “उपलब्धी नदेखिने, अनुत्पादक र टुक्रे योजना कटौति गर्न […]
अपाङ्गता भएका व्यक्तिहरुलाई सहज स्वास्थ्य सेवामा जोड
प्रताप बानियाँ /बेनी जेठ १० गते । म्याग्दीको सदरमुकाम बेनीमा आज (बुधवार) अपाङ्गहरुको पुनसर््थापनामा सरोकारवालाको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी पुनसर््थापना सेवाको लागि सरोकारवालाहरुको भूमिका विषयमा अन्तत्र्रिmया गरिएको हो । बेनी नगरपालिकाको आयोजना र अपाङ्ग संघ म्याग्दीको समन्वयमा सरोकारवालासँग अन्तत्र्रिmया तथा छलफल कार्यक्रम गरिएको आयोजकले जनाएको छ । […]
किन लगायो बेनी नगरले आय ठेक्कामा बगर
विकल्प न्यूज/बेनी जेठ ८ गते । म्याग्दी खोलाबाट नदीजन्य पदार्थ निकाल्न चारपटक सम्म पनि टेण्डरको सूचना प्रकाशित गर्दा कसैको पनि बोलपत्र नपरेपछि नगरपालिकाले आय ठेक्का मार्फत नदी जन्य सामाग्री उत्खनन्का लागि निर्माण कम्पनीलाई अनुमति दिएको छ । नगरको मुख्य आम्दानीको स्रोत मानिएको नदीजन्य सामाग्रीको उत्खनन्का लागि ठेक्का नलागेपछि बेनी नगरपालिकाले आय ठेक्कामा नदीजन्य सामाग्री विक्रि […]
बेनीमा सहकारी बैंकको शाखा माग
विकल्प न्युज/बेनी जेठ २ गते । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालन गर्न स्थानीय सहकारीकर्मीहरुले माग गरेका छन् । जिल्लामा सहकारी बैंकको शाखा सञ्चालनमा सहजीकरणका लागि बैंकद्वारा गठित जिल्ला सम्पर्क समन्वय उपसमितिको मंगलबार बेनीमा सम्पन्न पहिलो वैठकले सहकारी बैकको शाखा तत्काल सञ्चालनका लागि माग गर्ने निर्णय गरेको हो । म्याग्दी र […]
म्याग्दीमा ट्राफिक सप्ताह कार्यक्रमबाट साढे २२ हजार सर्वसाधारण लाभान्वित
प्रताप बानियाँ/म्याग्दी । बैशाख ३१ गते । म्याग्दीमा ट्राफिक सप्ताह कार्यक्रमबाट साढे २२ हजार बढी सर्वसाधारण तथा नागरिकहरु लाभान्वित भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दी र जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको संयुक्त आयोजनामा यही बैशाखको २५ गतेदेखि आज (आइतबार)सम्म सञ्चालित ट्राफिक सचेतना कार्यक्रमबाट जिल्लामा कुल २२ हजार ५ सय ५८ जना सर्वसाधारणहरु लाभान्वित […]
पशु स्वास्थ्य शिविरबाट एकसय ५३ जना किसानहरु लाभान्वित
प्रताप बानियाँ /बेनी बैशाख ३० गते । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा शुक्रवार वडानम्बर ५ पुलाचौरमा सञ्चालित पशु स्वास्थ्य शिविरबाट एकसय ५३ जना किसानहरु लाभान्वित भएका छन् । पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरमार्फत ग्रामीण भेगका किसानहरुले पालेका पशुपन्छीको उपचार गरिएको हो । शिविरमा पुलाचौरका एकसय ५३ जना किसानहरुले पालेका २२ सय पशुपन्छीहरुको उपचार गरिएको बेनी […]
ज्यामरुककोटका महिला भन्छन् ः ‘हाम्रो सहकारी हामी सुरक्षित गर्छौ ’
म्याग्दी, २९ बैशाख । म्याग्दीको बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोटका महिलाहरुले आफुहरुले सञ्चालन गरेको सहकारी आफुहरुले नै सुरक्षित रुपमा सञ्चालन गर्दै आएको बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रविधिक सहयोगमा ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको २ दिने सहकारी शिक्षा तालिमका सहभागी महिलाहरु यस्तो बताएका हुन् । देशका विभिन्न ठाउँमा […]
‘युद्ध पोल’ बेनी फर्किएला त !
ठाकुरप्रसाद आचार्य/बेनी बैशाख २८ गते । तत्कालिन नेकपा माओवादीले गरेको बेनी आक्रमणका बेला गोली लागेर छियाछिया बनेको विजुलीको पोल बेनी फिर्ता हुने भएको छ । २०६० चैत ७ गते तत्कालिन माओवादीका जनसेना र शाही नेपाली सेनाबीच भएको भिषण भिडन्तका क्रममा दुवै तर्फबाट गोली लागेर सयौं प्वाल परेको विजुलीको पोल ललितपुर स्थित मदन पुरस्कार पुस्तकालयबाट बेनी […]