नेपाल जेसीजद्धारा म्याग्दीका चारजना सम्मानित

ठाकुरप्रसाद आचार्य /बेनी
असोज ४ गते ।

म्याग्दी जिल्लाको कला संस्कृति, साहित्य,लघुउद्यम,कृषि तथा पशुपालन र सामाजिक क्षेत्रमा योगदान पु¥याउने चारजनालाई सम्मान गरिएको छ । बेनीमा आयोजित नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको अवसर पारेर समाजमा योगदान पु¥याउने उत्कृष्ट चारजनालाई सम्मान गरिएको नेपाल जेसीजका सिनेटर रमेशकुमार श्रेष्ठले बताउनुभयो । गीत संगीत,सामाजिक क्षेत्र,कृषि तथा पशुपालन र लघुउद्यम गरी चारवटा विधामा उत्कृष्ट काम गर्ने व्यक्तिहरुलाई छनौंट गरिएको उहाँले बताउनुभयो ।

कृषि र पशुपालन क्षेत्रमा योगदान पु¥याउने धवलागिरी गाउँपालिका ५ मल्कबाङका भेडापालक किसान हिमबहादुर छन्त्याल, गीत संगीतको मार्फत जिल्लालाई चिनाउन सफल भएको भन्दै लोकप्रिय गायक मंगला गाउँपालिका ३ का प्रकाश दुतराज, विपत् व्यवस्थापन तथा उद्दारमा क्रियाशिल भएर समाजमा उत्कृष्ट योगदान दिएको भन्दै अन्नपूर्ण गाउँपालिका ३ दानाका इन्द्रसिंह शेरचन र युवा लघुउद्यमी धवलागिरि गाउँपालिका ७ धारापानीका किरण थापालाई सम्मान गरिएको हो ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे,प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा,गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली,प्रदेशसभाका सदस्यहरु हरी भण्डारी,विमला गौचन र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर लगायत जेसीजका पदाधिकारीहरुले दोसल्ला र सम्मान–पत्रले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।