बेनी नगरपालिका
बेनपा ६ द्धारा विपन्न बालबालिकाको शिक्षाका लागि कोष स्थापना गर्ने घोषणा
विकल्प न्यूज/बेनी भदौ १० गते । बेनी नगरपालिकाको वडा नम्बर ६ ले गरिब तथा अति विपन्न बालबालिकाको शैक्षिक सुनिश्चितताका लागि कोष स्थापना गर्ने निर्णय गरेको छ । भदौ १ गते बेनपा ६ की पुजा खत्रीले आर्थिक समस्याका कारण विद्यालयमा आउन नसक्ने भन्दै प्रधानाध्यापकलाई विद्यालयबाट निष्कासन गरिदिन मार्मिक पत्र लेखिकी थिइन । पुजाको जस्तै नियती अन्यबालबालिकाहरुले […]
सौन्दर्यकला व्यवसायी संघद्वारा तीज विशेष कार्यक्रममा पुजालाई सहयोग
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, भदौ ९ । आर्थिक अभावमा विद्यालयबाट रेष्टिकेट गराइदिनु भनेर चिठी लेखेकी म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित फोकटेकी पुजा खत्रीलाई सहयोग आउने क्रम जारीरहेको छ । यसैक्रममा शनिबार सौन्दर्यकला व्यवसायी संघ म्याग्दीद्वारा १२ वर्षीया छात्रा पुजाको परिवारलाई आर्थिक तथा जिन्सी सहयोग गरिएको हो । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा सौन्दर्यकला व्यवसायी […]
पुजाको त्यो चिठी….. जसले मनकारीहरुलाई जोड्यो
विकल्प न्यूज/बेनी भदौ ८ गते । बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया पुजा खत्रीले एकदिन आफूले पढ्ने जामुनाखर्क माध्यमिक विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगाना लाई आफु गरिबीका कारण पढ्नका लागि विद्यालय आउन नसक्ने भएको हुँदा विद्यालयबाट रेष्टीगेट गरिदिनु भनेर पत्र लेखिन । जुन पत्र अहिले समाजिका सञ्जालमा भाइरल भएको छ । पुजालाई सहयोग गर्नेको ओइरो नै […]
ऐतिहासिक महत्वको जगन्नाथ मन्दिरको गाजनेमा रथयात्रा
प्रताप बानियाँ/बेनी म्याग्दी, भदौ ८ । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरको बिहीबार रथयात्रा भएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर जगन्नाथको रथयात्रा गरिएको हो । कार्यक्रमका अतिथि, जनप्रतिनिधि, मन्दिरका पुजारी, सहभागी भक्तजन, गुठी व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयवासिन्दा लगायतले […]
जन्मदिनको खर्च कटाएर खत्रीलाई सहयोग
विकल्प न्यूज/बेनी भदौ ७ गते । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिएर आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने चलन बढिरहेको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको बीचमा एक पत्रकारले आफ्ना जन्मदिनको खर्च आर्थिक अभावकै कारण विद्यालय जानबाट बन्चित भएकी एक बालिकालाई सहयोग गरेका छन् । गरिबीका कारण पढ्ने […]
म्याग्दीमा जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय स्थापना
विकल्प न्यूज/बेनी भदौ ७ गते ।म्याग्दीको सदरमुकाम बेनी बजारमा गण्डकी प्रदेश अन्तर्गत रहने गरि जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय स्थापना गरिएको छ । बुधवार देखि औपचारिक रुपमा कार्यालय स्थापना गरि सेवाप्रवाह सुरु गरिएको निमित्त डिभिजन प्रमुख खगराज शर्माले बताउनुभयो । संघिय सरकार अन्र्तगत रहेको साविक सिँचाई विकास सवडिभिजन कार्यालय खारेज गरि सोही स्थानमा गण्डकी […]
मृगौला पीडित सुरेशको उपचारमा सहयोग जुटाउन अभियान सुरु
विकल्प न्यूज/बेनी भदौ ५ गते । दुवै मृगौलाले काम गर्न नसकेर थलिएका म्याग्दीका एक युवाको उपचारमा सहयोग जुटाउन अभियान सुरु भएको छ । ओमकुमारी शान्तिकोषले मंगला गाउँपालिका ५ नेटाका १९ वर्षिइ सुरेश छन्त्यालको उपचारमा आर्थिक सहयोग जुटाउन अभियान सुरु गरेको हो । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सुरु गरिएको कोषका अध्यक्ष […]
कक्षा १२ मा धौलागिरि प्रथम बनेकी जैसीलाई प्रकाश माविकोे सम्मान
विकल्प न्यूज/बेनी म्याग्दी, ५ भदौ । बेनी स्थित प्रकाश माध्यमिक विद्यालयबाट कक्षा १२ को परिक्षामा सामेल भएर साविक धौलागिरि अञ्चलमै उत्कृष्ट बन्न सफल भएकी छात्रा छलीकुमारी जैसीलाई विद्यालयले सम्मान गरेको छ । राष्ट्रिय परिक्षा बोर्डबाट शैशिक सत्र २०७५ सालमा लिईएको परिक्षामा विज्ञान संकायकी छात्रा जैसीले ३ दशमलब ५७ जिपिए ल्याएर उत्तिर्ण भएकी थिइन् । विद्यालयले […]
सदस्यता विस्तार अभियानमा म्याग्दी क्याम्पस
सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ भदौ । बेनीमा समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसले सदस्यता विस्तार अभियान सुरु गरेको छ । पछिल्लो पटक भएको क्याम्पस सभाले गरेको आजिवन सदस्यता खुल्ला गर्ने निर्णय कार्यान्वयनका लागि सञ्चालक समितिले पहल थालेको हो । लामो समयदेखि रोकीएको सदस्यता वितरण खुल्ला गर्ने निर्णय कार्यान्वयनमा लगिएको सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी […]
शेरचन परिवारद्धारा दिपक माविलाई तिन लाख भन्दा बढी सहयोग
सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ भदौ । बेनी नगरपालिका १० पात्लेखेतको दिपक माविलाई एक परिवारले तिन लाख रुपैयाँ भन्दा सहयोग गर्नुभएको छ । पात्लेखेत घर भई हाल अमेरीकामा बसोबास गर्दै आउनुभएका मनप्रसाद शेरचनका परिवारले तिन लाख पाँच हजार रुपैया सहयोग गर्नुभएको हो । यसअघि विभिन्न समयमा दुई लाख रुपैया सहयोग गरिसक्नु भएका शेरचन परिवारबाट आईतबार […]
बेनीमा बन डिभिजन कार्यालय स्थापना
सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ भदौ । म्याग्दीको बेनीमा आईतबार डिभिजन वन कार्यालय स्थापना भएको छ । यसअघिको जिल्ला वन कार्यालय राज्यको नयाँ संरचना अनुसार गण्डकी प्रदेश अन्तरगत डिभिजन वन कार्यालयमा रुपान्तरण भएको हो । डिभिजनको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले वन सम्पदालाई समुदायको जिवनस्तर सुधारमा परिचालन गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो । […]
बेनी नगरपालिकामा कांग्रेसले बुझायो ज्ञापनपत्र
विकल्प न्यूज/बेनी भदौं १ गते । नेपाली कांग्रेस म्याग्दीले अत्याधिक रुपमा बढाइएको करले जनता मर्कामा परेको भन्दै करको दर समायोजन गर्न माग गरेको छ । स्थानीय तहको निर्वाचनले जनतालाई घरदैलोमा सुविधा पुग्नुपर्नेमा जनताको आयस्तरले ठेग्न नसक्ने करको भारी बोक्न बाध्य भएको भन्दै जनभावना अनुसार करको दर समायोजनको माग गदैं बेनी नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो । […]
थामडाँडाका घरघरमा खानेपानीका धारा
विकल्प न्यूज/बेनी म्याग्दी, १ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडामा सिङ्गा खानेपानी तथा सरसफाई आयोजना स्किम नम्बर १ को निर्माण कार्य सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय मार्फत सञ्चालन भएको सो आयोजनाबाट ३७ घरधुरीको घरघरमा खानेपानी सुविधा विस्तार गरिएको छ । लागत स्टिमेट भन्दा करिब १ लाख कम लगानीमै निर्माण भएको […]
नयाँ कानुनलाई पूर्णरुपमा कार्यान्वयन गर्न जोड
विकल्प न्यूज/बेनी भदौं १ गते । आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा कानूनी राज्य स्थापना हुनेमा जोड दिइएको छ । म्याग्दी जिल्ला अदालतले शुक्रवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले न्याय र कानुनका क्षेत्रमा ऐतिहासिक फड्को मारेको दिनका रुपमा भदौं १ लाई लिनुपर्ने बताउँदै कानुनलाई कार्यान्वयन गर्नका लागि सवै क्षेत्रको […]
बेनीमा शक्तिशाली बम बिस्फोट
सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ साउन । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दका कारण मंगलबार म्याग्दीको जनजिवन प्रभावित भएको छ । केही दिनअघि पक्राउ गरिएका नेकपाका प्रवक्ता खड्काबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायत नेता कार्यकर्ताको बिना सर्त रिहाईको माग गर्दै बन्दको आव्हान गरेको हो । बन्दका कारण बेनीबाट दिनभर लामो तथा छोटो दुरीमा चल्ने सवारी […]