ताजा समाचार:
Search

म्याग्दीमा जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय स्थापना

विकल्प न्यूज/बेनी
भदौ ७ गते ।39921190_306321693476234_858583126614474752_oम्याग्दीको सदरमुकाम बेनी बजारमा गण्डकी प्रदेश अन्तर्गत रहने गरि जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय स्थापना गरिएको छ । बुधवार देखि औपचारिक रुपमा कार्यालय स्थापना गरि सेवाप्रवाह सुरु गरिएको निमित्त डिभिजन प्रमुख खगराज शर्माले बताउनुभयो ।

संघिय सरकार अन्र्तगत रहेको साविक सिँचाई विकास सवडिभिजन कार्यालय खारेज गरि सोही स्थानमा गण्डकी प्रदेश सरकार अन्तर्गत रहने गरि डिभिजन कार्यालय स्थापना गरिएको हो ।

डिभिजन कार्यालयमा उपसचिव सरहको कार्यालय प्रमुख रहने दरवन्दी सिर्जना गरिएको छ भने अधिकृत तहका २ जना इन्जिनियर सव इन्जिनियर ३ जना, खरदार सरको प्राविधिक १ सुव्बा सरहको लेखापाल १, प्रशासन सुव्वा सरह १ र कार्यालय सहयोगी २ गरि ११ जनाको दरवन्दी रहेको निमित्त डिभिजन प्रमुख शर्माले जानकारी दिनुभयो ।