बेनी नगरपालिकामा कांग्रेसले बुझायो ज्ञापनपत्र

विकल्प न्यूज/बेनी
भदौं १ गते । Tax ko birod myagdi jpt.1(1)नेपाली कांग्रेस म्याग्दीले अत्याधिक रुपमा बढाइएको करले जनता मर्कामा परेको भन्दै करको दर समायोजन गर्न माग गरेको छ । स्थानीय तहको निर्वाचनले जनतालाई घरदैलोमा सुविधा पुग्नुपर्नेमा जनताको आयस्तरले ठेग्न नसक्ने करको भारी बोक्न बाध्य भएको भन्दै जनभावना अनुसार करको दर समायोजनको माग गदैं बेनी नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो ।

कांग्रेसका कार्यवाहक सभापति माधवप्रसाद रेग्मी, सचिव क्याप्टेन मिन बहादुर कार्कीले बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै समायोजनको माग गरेका हुन् । जनतालाई सेवाको नाममा नगरपालिकाले लिने करको तिब्र गुनासो आइरहेकाले ज्ञापनपत्र बुझाएर ध्यानर्कषण गराइएको रेग्मीले बताए । नगरप्रमुख श्रेष्ठ नेपाली काँग्रेसका तर्फबाट विजयी भएका हुन ।

‘स्थानीयतहले एकैपटक तिर्ने नसक्ने करको भारी बोकाएको छ,‘संघीयता करकै लागी भन्ने भ्रम चिर्न आवश्यक छ’ रेग्मीले भने ।बेनी नगरपालिकाले एकिकृत सम्पत्ती करमा राखेको दरको तिब्र आलोचना भइरहेको छ ।

बजार र ग्रामिण क्षेत्रका जनतालाई एकै किसिमको जस्तै देखिएको अवस्थामा जनतालाई करको बारेमा जानकारी गराउने कार्यक्रम ल्याउन समेत माग गरिएको थियो । कार्यक्रममा पार्टीका पूर्व उपसभापति नेत्र बहादुर महत, सहसचिव भरत रकाल लगाएतको उपस्थिती रहेको थियो । यता नगरप्रमुख श्रेष्ठले पहिलो चौमासिक भित्र कर तिर्नेलाई १० प्रतिशत छुटको ब्यवस्था गरिएको बताए ।

उनले नगरपालिकाले विभिन्न भेला, छलफल, बैठकबाट कर निर्धारण गरेको बताए । उनले गुनासोलाई कार्यपालिकाको बैठकमा प्रस्ताव गर्ने बताए । यता कांग्रेसले जिल्लाका ५ वटा गाउँपालिकालाई समेत कर समायोजनमा चासो देखाउन अनुरोध गरेको छ । ज्ञापनपत्रलाई बेवास्ता गरिए चर्को आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।