मृगौला पीडित सुरेशको उपचारमा सहयोग जुटाउन अभियान सुरु

विकल्प न्यूज/बेनी
भदौ ५ गते । IMG_8493दुवै मृगौलाले काम गर्न नसकेर थलिएका म्याग्दीका एक युवाको उपचारमा सहयोग जुटाउन अभियान सुरु भएको छ ।

ओमकुमारी शान्तिकोषले मंगला गाउँपालिका ५ नेटाका १९ वर्षिइ सुरेश छन्त्यालको उपचारमा आर्थिक सहयोग जुटाउन अभियान सुरु गरेको हो । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सुरु गरिएको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

बेनीको माउन्ट एभरेष्ट आवासिय माविको कक्षा १२ मा अध्ययन गर्ने छन्त्यालको दुवै मृगौलाले काम गर्न छाडेको एक महिना अघि पहिचान भएको थियो । टिचीङ अस्पतालका चिकित्सक कमल लामिछानेको निगरानीमा काठमाडौमा उपचार गराइरहेका छन्त्यालका अभिभावक खेती किसानी गरेर जिविका चलाउदै आएका थिए ।

छन्त्यालकी आमा सिताले सहयोग गरेर छोराको जिवन बचाईदिन अपिल गर्नुभयो । औषधी उपचारका लागि २५ देखि ३० लाख रुपैया आवश्यक पर्ने सिताले बताउनुभयो । परिवारले हालसम्म तिन लाख पचास हजार रुपैया खर्च गरिसकेका छन् ।

छन्त्यालको उपचारका लागि कोषले आजिवन सदस्य डकबहादुर रोकाको संयोजकत्वमा सुरेश बचाउ अभियान सञ्चालन भएको हो । तिन वर्षअघि दुवै मृगौलाले काम गर्न छाडेपछि बिरामी परेका रोकाको कोष र कुहुँको युवा कल्वको पहलमा आर्थिक सहयोग जुटाएर मृगौला प्रत्यारोपण गरिएको थियो ।

सुरेशको उपचारका लागि सहयोग संकलन अभियान घोषणा भएकै दिन मंगलबा ३९ हजार ५०० रुपैया संकलन भएको छ । अध्यक्ष शाक्य, संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ, सचिव लोकश पुन, सदस्य नरेश श्रेष्ठले पाँच हजार रुपैयाका दरले सहयोग गर्नुभएको छ ।
यसैगरी कोषाध्यक्ष खम थापा, सदस्य सन्दिप खत्री, श्याम थापा, पर्वत बेनीका कुमार बरुवाल दुई हजार पाँच सय, श्रीलाल चापागाई, हेमन्त थापा र दिलीप बरुवालले दुई, दुई हजार तथा लालकुमार रोकाले एक हजार रुपैया सहयोग गर्नुभएको छ ।

हाईपोपलास्टीक एनिमिया रोगबाट ज्यान गुमाएकी बेनपा ४ की ओमकुमारी पुन –शान्ति) को स्मृतीमा पाँच वर्षअघि स्थापित कोषले हालसम्म ६४ जना गरिव विपन्नको उपचारमा सहयोग संकलन अभियान सञ्चालन गरेको छ ।