ताजा समाचार:
Search

बेनीमा शक्तिशाली बम बिस्फोट

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २९ साउन । IMG_8099नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दका कारण मंगलबार म्याग्दीको जनजिवन प्रभावित भएको छ ।

केही दिनअघि पक्राउ गरिएका नेकपाका प्रवक्ता खड्काबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायत नेता कार्यकर्ताको बिना सर्त रिहाईको माग गर्दै बन्दको आव्हान गरेको हो । बन्दका कारण बेनीबाट दिनभर लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन छुटेनन् ।

सर्वसाधारण पैदल हिडेर गन्तब्यमा पुग्न बाध्य भए । पसल, शैक्षिक संस्थाहरुमा पनी बन्दको प्रभाव परेको थियो । यसैबीच मंगलबार बिहान र साँझ सदरमुकाम बेनी नजिकैको खबराको बन क्षेत्रमा बिस्फोट गराएको छ । बिहान ५.४० र साँझ ६ बजे एउटै क्षेत्रमा बम बिस्फोट भएको हो ।

https://www.youtube.com/watch?v=Dn1DoGVYHWA 

नेकपाका नेता फिल्टरले साँझ ५ बजेपछि बन्दको कार्यक्रम सकिएको जानकारी दिनुभयो । बम बिस्फोटको बारेमा भने आफूलाई जानकारी नभएको नेता फिल्टरको भनाई थियो । विस्फोटका कारण बजारबासी त्रसीत भएका छन् ।

प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले बिस्फोट लगत्तै घटनास्थलको निरिक्षण गरी शंकास्पद व्यक्तिको खोजीमा प्रहरी परिचालन भएको बताउनुभयो । घटनाको प्रकृती अनुसार टाईम बम भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

लभहिल र खबरा क्षेत्रमा दिनभर प्रहरी खटिएका थिए । लभहिलमा बसेका प्रहरी साँझ साढे पाँच बजे बेनी झरेका थिए । बन्दको समयमा बिस्फोट भईरहने खबरा क्षेत्रलाई सुरक्षा निकायले संवेदनशिल मानेको छ ।