जन्मदिनको खर्च कटाएर खत्रीलाई सहयोग

विकल्प न्यूज/बेनी
भदौ ७ गते ।  IMG_9944पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिएर आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने चलन बढिरहेको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको बीचमा एक पत्रकारले आफ्ना जन्मदिनको खर्च आर्थिक अभावकै कारण विद्यालय जानबाट बन्चित भएकी एक बालिकालाई सहयोग गरेका छन् ।

गरिबीका कारण पढ्ने खर्च जुटाउन नसकेपछि विद्यालयबाट निष्काशन गर्न प्रधानध्यापकलाई पत्र लेखेकी बेनी नगरपालिका–६फोओठेकी १२ बर्षिया पुजा खत्रीलाई पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले २१ हजार सहयोग गरेका छन् । ‘उनको बारेमा सुन्दा वित्तिकै भावुक बनेको थिए,‘गरिबीकै कारण शिक्षादिक्षाबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ’ पौडेलले भने ।  39976832_2151657305091436_650225728985497600_nउनले खत्रीका बारेमा जानकारी पाएलगत्तै आर्थिक सहयोगका लागि अपिल गरेका थिए । उनले जन्मदिनको अवसरमा समाजलाई सन्देश पुग्ने काम गर्न पाएको बताए । ‘समाजमा लुकेका समस्यालाई उजागर गर्नु पत्रकारिताको धर्म हो,‘कलमको माध्यमबाट खत्री जस्ता धेरै विद्यार्थीको उद्धार गर्न सकिन्छ’ पौडेलले भने । पोखरामा समेत सहयोगको अभियान सञ्चालन गर्ने अपिल गरेका छन् ।
१४ बर्षको उमेरमै राष्ट्रिय स्वाभिमान साप्ताहिकबाट पत्रकारितामा प्रवेश गरेका पौडेल पोखरा हटलाइन, नेपाल टेलिभिजनमा समेत काम गरेका थिए । कृष्ण बहादुर महरा अर्थमन्त्री हुदाँ प्रेस विज्ञमा नियुक्ती भएका पौडेलले गण्डकी प्रदेशमा पत्रकारितालाई प्रोत्साहन सहित आर्कषित गर्ने कार्यलाई प्राथमिकता दिएका छन् ।विद्यालय आउने वातावरण नभएको भन्दै खत्रीले लेखेको पत्रको स्वदेश तथा विदेशमा चर्चा भइरहेको छ ।

यसैबीच खत्रीको परिवारलाई अनेरास्ववियू म्याग्दीले १२ हजार बराबरको खाद्य साम्रागी, बेनी कालिपुलका खेम केसीले २५ सय रुपैयाँ, लायन्स क्लव बेनी पिस सिटी, मोना अन्र्तराष्ट्रियका कोषाध्यक्ष राम खड्काले १० हजार, पाल्पा स्थायी घर भएका सामाजिक ब्यक्तित्व सुर्य न्यौपानेले खत्रीलाई आवश्यक पर्ने शैक्षिक पोशाक, स्टेशनरी गरी कक्षा १२ सम्म सम्पूर्ण जिम्मा लिने प्रतिबद्धता जनाएका छन् । खत्रीको परिवारलाई स्वदेश तथा विदेशबाट सहयोगको प्रतिबद्धता आइरहेको छ ।