शेरचन परिवारद्धारा दिपक माविलाई तिन लाख भन्दा बढी सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ३ भदौ । Deepak Mavi (3)बेनी नगरपालिका १० पात्लेखेतको दिपक माविलाई एक परिवारले तिन लाख रुपैयाँ भन्दा सहयोग गर्नुभएको छ । पात्लेखेत घर भई हाल अमेरीकामा बसोबास गर्दै आउनुभएका मनप्रसाद शेरचनका परिवारले तिन लाख पाँच हजार रुपैया सहयोग गर्नुभएको हो । यसअघि विभिन्न समयमा दुई लाख रुपैया सहयोग गरिसक्नु भएका शेरचन परिवारबाट आईतबार थप एक लाख पाँच हजार रुपैया आर्थिक सहयोग प्राप्त भएको विद्यालयका शिक्षक बिष्णु ढुङ्गानाले जानकारी दिनुभयो । Deepak Mavi (7)मनप्रसाद, उहाँकी आमा सतलदेवी, श्रीमती सिता, छोरा सन्दिप शेरचन, बहिनी करुणादेवी गौचन र ज्वाई बिष्णुप्रसाद गौचनले आईतबार थप सहयोग गर्नुभएको हो । ब्रिटीस आर्मीमा कार्यरत शेरचनका माईला छोरा सन्देश शेरचनले ७० हजार, मनप्रसादले तिस हजार र ज्वाई बिष्णुप्रसादले पाँच हजार रुपैया सहयोग गर्नुभएको छ ।

नेपाल विद्युत प्राधिकरणमा कार्यरत शेरचनका अर्का छोरा ईञ्जिनियर सन्दिप शेरचनले दुई थान डेक्सटप कम्प्युटर जडान गर्नुभएको छ । सोही अवसरमा तिस हजार रुपैया बराबरको शैक्षिक सामाग्री वितरण भएको थियो । सहयोगदाता शेरचन परिवारलाई विद्यालयले आईतबार सम्मान गरेको छ । Deepak Mavi (2)व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ सुवेदीको अध्यक्षता, शिक्षक बिष्णु ढुङ्गानाको सञ्चालन र प्रअ पुष्पाकुमारी रेग्मीले स्वागत गर्नुभएको कार्यक्रममा कार्यबाहक वडा अध्यक्ष लोकबहादुर पुन, शिक्षक अभिभावक संघका अध्यक्ष अर्जुन पराजुली, पुर्व प्रअ गंगाबहादुर मल्ल, सहयोगदाता मनप्रसाद र उहाँका छोराहरुले मन्तब्य व्यक्त गर्नुभएको थियो ।