रघुगंगा गाउँपालिका

स्कुल भवन …..

स्कुल भवन ….. विकल्प न्यूज/बेनी चैत १ गते । रघुगंगा गाउँपालिका ५ झिँमा रहेको महेन्द्र माविमा निर्माण भएको छ कोठे भवन । तस्विर ÷सन्तोष गौतम

झिँ का महिलाहरु भाङग्रा बुन्दै

विकल्प न्यूज/बेनी चैत १ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ५ झिँमा मगर समुदायको परम्परागत पोषाक भाङ्गा बुनाई तालीम सम्पन्न भएको छ । भाङ्ग्राको संरक्षण र आयआर्जनको अवसर सिर्जनाका लागि झिँका महिलाहरुलाई सहभागी बनाएर सीपमुलक तालीम सञ्चालन गरिएको हो । रघुगंगा गाउँपालिकाको सहयोगमा झिँमा गठन भएको वडा स्तरीय महिला सञ्जालले तालीम सञ्चालन गरेको हो । फागुन […]

चौरखानीमा सामुदायिक भवन

विकल्प न्यूज/बेनी फागुन २९ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगलेस्थित चौरखानीमा सामुदायिक भवन निर्माण भएको छ । सामाजिक कार्य र सभा सम्मेलनका लागि गाउँपालिका, आमा समूह, प्रवासमा रहेका चौरेलीहरुको एकमुष्ट १० लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको हो । भवन निर्माणपछि गाउँमा विबाह, बत्रबन्ध, पूख्र्यौली नृत्य जस्ता सामाजिक कार्यक्रमका साथै सभा सम्मेलनका लागि समेत […]

आहा सडक यस्तो पो ! झिँ–पाखापानी सडक दुइ लेनको

सन्तोष गौतम /विकल्प न्यूज फागुन २९ गते ।  झिँमा सडकमा सोलीङ गर्दै स्थानीयबासीन्दा । तस्विर नवविकल्प झिँ म्याग्दीको रघुगंगा गाउँपालिकाको झि–पाखापानी सडकलाई दुइ लेनको बनाउने काम सुरु गरिएको छ । रघुगंगा गाउँपालिकाले बेनपा १० पात्लेखेतको सिमानादेखि वडा न. ५ झिँ हुदै ६ नम्बर वडा पाखापानी जोड्ने सडकलाई दश मिटर फराकीलो बनाउन लागेको हो । झिँ […]

लक्ष्य अघिनै निर्माण भएको राखु भगवती स्वास्थ्य चौकीको भवन हस्तान्तरण

धिरन खत्री /विकल्प न्यूज भगवती २८माघ ।  म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवती स्थित स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको एक करोड ३८ लाख २० हजार ८४३ रुपैयाँको लगानीमा दुई तले दश कोठे सुबिधासम्पन्न भवन निर्माण गरेको हो । भवनको भुई तलामा बिरामीको स्वास्थ्य परिक्षण, औषधि भण्डारण, […]

दृष्टिबिहीन विद्यार्थीको स्वास्थ्य परिक्षण

विकल्प न्यूज/बेनी फागुन २२ गते । म्याग्दीको रघुगंगा–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीको आँखा र स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । सो अवसरमा अन्य विद्यार्थीहरुको समेत स्वास्थ्य परिक्षण गर्नुका साथै निशुल्क औषधि वितरण गरिएको छ ।  वडा अध्यक्ष जीवन मल्लको संयोजनमा डस्ट्री याक फाउण्डेशन काठमाडौँले विशेषज्ञ डाक्टरहरुको सहभागिता शिविर आयोजना गरिएको […]

स्थानीय तह कार्यान्वयन भएको एक वर्षपछि मौवाफाँटमा रघुगंगाको कार्यालय

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २२ फागुन । स्थानीय तह कार्यान्वयन भएको एक वर्षपछि रघुगंगा गाउँपालिकाले स्थायी केन्द्र मौवाफाँटमा कार्यालय सञ्चालन भएको छ । केन्द्र विवादका कारण स्थापनाकालदेखिनै सदरमुकाम बेनीबाट सञ्चालन हुदै आएको कार्यालय फागुन दोस्रो हप्तादेखि मौवाफाँटबाट सञ्चालन गरेको हो । मौवाफाँटमा घर भाडामा लिएर कार्यालय सञ्चालन गरीएको गाउँपालीकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिनुभयो । […]

म्याग्दीमा अपारदर्शी रुपमा “डोजर” प्रयोग

सन्तोष गौतम/विकल्प न्यूज फागुन २२ गते ।  बेनपा २ को दारिम्बोटमा उपभोक्ता समितिले भाडामा लिएको डोजर प्रयोग गरेर सडक फराकीलो बनाईदै । तस्विर नवविकल्प म्याग्दीका स्थानीय तहले सञ्चालन गरेका सडक आयोजनामा अपारदर्शी रुपमा “हेभी ईक्युभमेन्ट”को प्रयोग भएको छ । उपभोक्ता समितिले जिल्ला दररेट र सार्वजनिक खरिद ऐन विपरीत प्रतिस्पर्धा नगराई मौखीक सहमतीको आधारमा आफू अनुकुलका […]

रघुगंगालाई अर्गानीक बनाइने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकालाई अर्गानीक (प्राङगारीक) बनाउने कार्यपालीका बैठकले निर्णय गरेको छ । मौवाफाँट स्थित कार्यालयमा बुधबार बसेको कार्यपालीका बैठकले जैविक खेती प्रबिधिलाई प्रोत्साहन, बिषादी र रासायनीक मलको प्रयोग न्युनीकरण गरि अर्गानीक बनाउने निर्णय गरेको हो । हाल न्युन मात्रामा भैरहेको बिषादी र रासायनीक मलको प्रयोग हटाएर कृषकहरुलाई प्राङगारीक खेती […]

बेगखोलाकी नरमायाको उपचारका लागि दुवईबाट सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ फागुन । रुखबाट लडेर मेरुदण्ड भाँचीएपछि थला परेकी म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलाकी नरमाया तिलीजाको उपचारका लागि दुवईबाट आर्थिक सहयोग प्राप्त भएको छ ।  मोना दुवईका सहकोषाध्यक्ष अर्जुन कटुवालको पहलमा दुवईमा संकलन भएको तिस हजार ३५५ रुपैयाँ कटुवालका भाई भिमसेन केसीले शनिबार तिलीजाकी आफन्त निरादेवी बुद्धुजा र सुमीत्रा पुनलाई हस्तान्तरण […]

पाखापानी स्वास्थ्य चौकी व्यवस्थापन समिति पुर्नगठन

विकल्प न्यूज/बेनी फागुन ११ गते ।रघुगंगा गाउँपालिका ६ पाखापानीमा रहेको स्वास्थ्य चौकीको व्यवस्थापन समिति पुर्नगठन भएको छ ।  नयाँ व्यवस्था अनुसार वडा अध्यक्ष मनकुमार शेरपुञ्जाको अध्यक्षतामा पुर्नगठन भएको समितिको संरक्षकमा गाउँपालिका अध्यक्ष भबहादुर भण्डारी रहनुभएको छ । अध्यक्ष शेरपुञ्जाको सिफारीसमा उपाध्यक्षमा डप्रसाद पाईजा (धु्रब) र संरक्षक भण्डारीको सिफारीसमा डकुमारी पुन सदस्यमा मनोनित हुनुभएको छ । […]

घूस लिएको रकम सहित म्याग्दीमा प्रहरी हवल्दार पक्राउ

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, फागुन ६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले म्याग्दीको बेनीबाट घुस सहित एक जना प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । रघुगंगा गाउँपालिका ६ मा रहेको पाखापानी प्रहरी चौकीका हवल्दार कुलबहादुर बि.सीलाई बेनीको कालीपुल बसपार्कबाट घुस लिएको एक लाख साठी हजार रुपैयाँ सहित पक्राउ गरेको आयोगका प्रवत्ता पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयो […]

तलबको माग गर्दै ज्ञापनपत्र

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ फागुन ।तलब उपलब्ध गराउन माग गर्दै शिक्षकका पेशागत संगठनहरुले बुधबार म्याग्दीका तिन वटा स्थानीय तह र शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र बालशिक्षा सहयोगी कार्यकर्ताहरुलाई दोस्रो चौमासीकको तलब वितरण गर्न नसकेका बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा शिक्षक संगठनले ज्ञापनपत्र बुझाएका हुन् । नेपाल राष्ट्रिय […]

विकास निर्माणमा उद्दाहरणीय कार्य ः लक्ष्य अघिनै भवन निर्माण

विकल्प न्यूज/बेनी फागुन २ गते । रघुगंगा गाउँपालीका २ भगवतीमा निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवन । तस्विर धिरन खत्री समयमै पुरा नहुने, अलपत्र पर्ने र गुणस्तरीय काम नहुने म्याग्दीको विकास निर्माणको प्रमुख चुनौती हो । म्याग्दीमा सञ्चालीत सडक, भवन, सिँचाई, खानेपानी, जलविद्युत, नदी नियन्त्रण सम्बन्धि दर्जनौ ठूला आयोजना ढिलासुस्तीले थला परेका छन् । उपभोक्ता […]

अपडेट ः बोलेरो दुर्घटनामा तिन जनाको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, २८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोटमा आईतबार दिउँसो बोलेरो जिप दुर्घटना हुदाँ तिन जनाको मृत्यु भएको छ । बेनी देखि अन्नपूर्ण गाउँपालीकाको शिख तर्फ जादै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो जिप बेनी जोमसोम सडकको रिठाबोट भन्ने ठाउँमा कालिगण्डकीमा खसेर दुर्घटना हुँदा थप दुई जना घाइते भएका छन् । अन्नपूर्ण […]