मन्त्री थापाद्धारा बेगकी चोचाङ्गीलाई विद्यालय भर्ना

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ६ बैशाख ।Minister Thapaमहिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले रघुगंगा गाउँपालिका १ बेगकी ४ वर्षिया बालिकाको अभिभाकत्व ग्रहण गर्दै विद्यालय भर्ना गर्नुभएको छ ।
बेगखोला निवासी तिलचन्द्र र शान्ति चोचाङ्गीका ४ वर्षिया छोरी सपनालाई महादेव मावि बेगमा भर्ना गराउनुभएको मन्त्री थापाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्री थापाले बालिकाको अभिभाकत्व ग्रहण गर्दै एक वर्षको लागि उनको पोशाक, शैक्षिक सामाग्रीको व्यवस्था मिलाउनुभएको छ ।

सरकारले संघीय, प्रदेश, स्थानीय तहका सबै जनप्रतिनिधिहरुलाई भर्ना अभियानमा परिचालन भएर विद्यालय उमेर समूहका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन आव्हान गरेको छ । गत हप्ता महादेव माविको स्वर्ण जयन्ती समारोहमा सहभागी हुने क्रममा मन्त्री थापाले चोचाङ्गीलाई भर्ना गराउनुभएको हो ।