रघुगंगाका प्रमुख र उपप्रमुखद्धारा बालबालिकाको अभिभाकत्व ग्रहण

गोपाल छन्त्याल/बेनी
बैशाख १९ गते । ragugangaनयाँ शैक्षिक सत्रको भर्ना अभियान सञ्चालन भइरहँदा रघुगंगा गाउँपालिकाका प्रमुख भब बहादुर भण्डारी र उपप्रमुख कमला तिलिजाले बालबालिकाको अभिभाकत्व ग्रहण गरेका छन् ।

प्रमुख भण्डारीले वडा नं २ साविक भगवति–३ पखटोल की रोजीना कटुवाललाई सिद्धार्थ ज्ञान मन्दिर आधारभुत विद्यालय र उपप्रमुख तिलिजाले ४ बर्षीय विवश विकलाई जनता मावि दग्नाममा भर्ना गराएर अभिभाकत्व ग्रहण गरेका हुन् । हरेक जनप्रतिनिधीले अनिवार्य रुपमा एकजना बालबालिकालाई विद्यार्थी भर्ना गराउनुपर्ने गाउँपालिकाको निर्णय बमोजिम प्रमुख भण्डारी र उपप्रमुख तिलिजाले आ–आफ्नो क्षेत्रका विद्यार्थीलाई भर्ना गराउँदै सरकारी भर्ना अभियान प्रति ऐक्यबद्धता जनाएका हुन् ।

प्रमुख भण्डारीले रोजीनालाई भर्नासँगै माध्यामिक तहसम्म अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । भर्नाका बेला भण्डारीले रोजीनालाई झोला, पोशाक, कपी र कलम हस्तान्तरण गरेका थिए । ‘माध्यामिक तहको अध्ययन सकिएपछि बार्षिक ३६ हजार रुपैयाँ व्याज आउने गरि आमा लिला कटुवाल क्षेत्री र रोजीना कटुवालको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गर्नेछु’, भण्डारीले भने, ‘आर्थिक अवस्था कम्जोर भएकी कटुवाललाई यसले पढाईमा धेरै सहज हुनेछ ।’

कार्यक्रममा प्रमुख भण्डारीले विद्यालयका एक जना दलित सहित २ जनालाई बार्षिक रुपमा पोशाक, कापी र कलम वितरण गर्ने प्रतिबद्धता जनाएको विद्यालयका प्रधानाध्यापक तोरण बहादुर श्रेष्ठले जानकारी दिए ।