बेगको सामुदायिक वनमा टिम्मुर खेती

विकल्प न्यूज/बेनी
बैशाख ८ गते ।  Timmur Khati 1म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगका बासिन्दाले सामुहिक टिम्मुर खेती गरेका छन् । बेगमा रहेको लालिगुराँस सामुदायीक वन उपभोक्ता समूहले खेर गैरहेको सार्वजनीक पाखोलाई सदुपयोग गरी आयआर्जनमा सघाउ पुराउने उद्देश्यले मसलेदार फल टिम्मुरको व्यवसायिक खेती गरेका हुन् ।

सीम शिर्बारी, ठुलो ढुङ्गा क्षेत्रको बिस रोपनी क्षेत्रफलमा एक हजार दुई सय टिम्मुरका बिरुवा लगाइएको वन समूहका अध्यक्ष भिमकुमार पुर्जाले बताउनुभयो । उहाँले पहिरो रोकथामका लागि उपभोक्ताहरुले श्रमदान गरेर जोखिम युक्त क्षेत्रमा बाँसका बिरुवा समेत रोपीएको बताउनुभयो । मसला र औषधीका लागि टिम्मुरको खपत बढ्न थालेपछि म्याग्दीमा यसको व्यवसायिक खेती गर्ने क्रम बढेको छ ।