रघुगंगाको गाउँसभा स्थगित

गोपाल छन्त्याल/बेनी
बैशाख १७ गते । Raguganga office

रघुगंगा गाउँपालिकाको गाउँसभा स्थगित भएको छ । सोमबार सुरु भएको गाउँसभामा प्रस्तुत विभिन्न १२ वटा विद्येयक तथा निर्देशिका बारे गाउँपालिका सदस्यहरुले अध्ययनको समय माग गरेपछि गाउँसभा स्थगित गरिएको हो ।

गाउँपालिकाको दैनिक प्रशासन देखि विकास निर्माणका कार्यहरुलाई व्यवस्थित बनाउन शिक्षा, सहकारी, कृषि, न्यायिक समिति गठन कार्यविधी, बार्षिक योजना तर्जुमा तथा दिग्र्दशन कार्यविधि, ‘घ’बर्गको निर्माण व्यवसायी इजाजत कार्यविधी, आर्थिक, गाँउसभा सञ्चालन, उपभोक्ता समिति गठन र व्यवस्थापनसम्बन्धी कार्यविधी, बजार अनुगमन निर्देशिका र प्रशासकीय कार्यविधि नियमित गर्ने विद्येयक पारित गर्नुपर्ने अवस्था छ ।

गाउँसभामा एकैपपटक १२ वटा ऐन÷कानुन पारितका लागि समय अपुग रहेकाले आगामी ३, ४ र ५ गते गाउँसभाको वैठक आब्हान गरिएको गाउँपालिका प्रवक्ता जीवन मल्लले जानकारी दिए ।

‘यो बीचमा गाउँसभामा प्रस्तुत सबै ऐन/कानुनहरु सदस्य ज्यूहरुले अध्ययन गर्नुहुन्छ, त्यसपछि त्यसलाई पारित गर्नेछाँैँ’, उनले भने ।
सोमबार गाउँसभाले भने वडा ४ दग्नामका वडा सदस्य कृष्णबहादुर गर्बुजाको संयोजकत्वमा ७ सदस्यीय लेखा समिति र वडा ३ का वडाअध्यक्ष जीवन मल्लको संयोजकत्वमा सुशासन समिति गठन गरेको छ ।

गाउँसभाले चालु आर्थिक बर्षमा सम्पन्न भएका योजना, सम्झौता गर्न बाँकी योजना र भुक्तानीको यथार्थ अवस्था आगामी वैठकमा पेश गर्न प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई निर्देशन समेत दिएको छ ।