ताजा समाचार:
Search

मंगला गाउँपालिका

म्याग्दीखोलामा पुल नहुँदा सास्ती

विकल्प न्यूज/बेनी पुस १० गते । तस्विर धिरन खत्री म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनवासीले खोलामा पुल नहुँदा सडक सुविधाबाट बञ्चित भएका छन् । गाउँपालिकाको केन्द्र बाबियाचौर हुँदै जिल्ला सदरमुकाम आउने बाटोमा पर्ने म्याग्दी खोलामा वारपारका लागि पुल निर्माण नभएपछि अर्मनवासीलाई सास्ती भएको छ । स्थानीयवासीलाई खोलामा जोखिम मोलेर सवारी साधन गुडाउनुपर्ने तथा पैदल हिँड्नुपर्ने बाध्यता छ […]

मंगलाको कुहुँमा आयोजित एकिकृत घुम्ति शिविरबाट आठ सय लाभान्वित

विकल्प न्यूज/बेनी पुस ७ गते । म्याग्दीको मंगला गाउँपालिकाको वडा नम्बर १ कुहुँमा शनिबार आयोजना गरिएको एकिकृत घुम्ती शिविरबाट आठसय जना सर्वसाधरणहरु लाभान्वित भएका छन् । गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले शिविरको आयोजना गरेको हो । शिविर मार्फत दोहोरिएका समेत गरेर ७९८ जनाले गाउँमै नागरिकता, कृषि, पशु स्वास्थ्य, आयुर्वेद, स्वास्थ्य, जेष्ठ नागरिक, अपाङ्गता परिचयपत्र, […]

“मोडलिङ मेरो सानै देखिको सपना हो”

विकल्प न्यूज/बेनी पुस ७ गते । बेनी नगरपालिका ९ तोरीपानीकी निर्मला केसी यतिखेर मिस म्याग्दीको दौडमा छिन् । किङस्टार क्रियसन प्रा.लिले पहिलोपटक म्याग्दीमा मिस एण्ड मिस्टर प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा भाग लिएकी केसीले ढुक्क सँग भनिन म नै मिस म्याग्दीका लागि योग्य छु । मेरो सानै देखिको सपना छ उनले भनिन “मोडलिङको क्षेत्रमा […]

मंगला गाउँपालिकाको कुहुँमा एकिकृत घुम्ती शिवीर (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज पुस ७ गते । म्याग्दीको पश्चिम मंगला गाउँपालिकाको १ नम्बर वडा कुहुँमा एकिकृत घुम्ती शिवीरको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र गाउँपालिकाको समन्वयमा शनिवार एकदिने घुम्ती शिवीरको आयोजना गरिएको हो । शिवीरमा जिल्ला स्थित सरकारी कार्यालय र गाउँपालिकाले सेवा प्रवाह गरेका छन् । शिविरमा सेवा लिनका लागि स्थानीयवासीहरुको निकै […]

मंगला शिक्षा क्याम्पसमा ५२ सदस्य नेबिसंघ गठन

अनिल पौडेल/विकल्प न्यूज मंसिर २१ गते । नेपाल बिद्यार्थी संघ म्याग्दीले आफ्नो संगठन बिस्तार अभियानलाई तिव्र बनाएको छ । आज म्याग्दीको मंगला गाउँपालिकाको केन्द्रमा रहेको मंगला शिक्षा क्याम्पसमा प्रकाश सापकोटाको सभापतित्वमा ५२ सदस्य नेबिसंघ गठन गरिएको नेबिसंघ म्याग्दी बहुमुखी क्याम्पस इकाईका सचिव हरिकृष्णा आचार्यले जानकारी दिएका छन । कार्य समितिको उपाध्यक्षमा संञ्जिता कार्की,बिकास ठकुरी सचिव […]

गाउँपालिका अध्यक्ष रोकाद्वारा विद्यालयलाई साढे तिनलाख सहयोग

विकल्प न्यूज/बेनी मंगला,१८ मंसिर ।म्याग्दीको मंगला गाउँपालिका–५ सिर्मुनमा रहेको किसानी आधारभुत विद्यालयको निर्माण गरिएको दुईकोठे भवनको मंगलबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले भवनको उदघाटन गर्नुभयो । विद्यालयमा भवन अभावले सानो कक्षा कोठामा पढ्नुपर्ने बाध्यता सो भवन निर्माणले हटेको विद्यालयका प्रअ रेशम सापकोटाले बताउनुभयो । तत्कालिन जिल्ला शिक्षा कार्यालय म्याग्दीले […]

कुहुँमा लैङ्गिक हिंसा विरुद्व सचेतनामुलक कार्यक्रम

विकल्प न्यूज/बेनी मंसिर १८ गते । म्याग्दीको मंगला गाउँपालिका– १ कुहुँमा सोमबार लैङ्गिक हिंसा विरुद्वको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिकाको आयोजनमा भएको सो कार्यक्रममा स्थानीय आमा समुह, युवा क्लब, सहकारी, संघ संस्थाका प्रतिनिधि, विद्यार्थी र स्थानीयबासीलाई महिला हिंसा न्युनीकरणबारे सहजीकरण गरिएको थियो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत आयोजित सो कार्यक्रममा […]

देउसी भैलोको रकमले कम्प्युटर र प्रिन्टर किनेर विद्यालयलाई सहयोग

विकल्प न्यूज/बेनी मंसिर १६ गते । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा स्थानीय युवा क्लवले विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । स्थानीय जानकी आधारभूत विद्यालयलाई मंगला युवा क्लवले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन भएको रकमबाट सो सहयोग गरेका हो । आईतबार विद्यालयमा आयोजित कार्यक्रममा क्लवले उपलब्ध गराएको एक एक थान कम्प्युटर प्रिन्टर मंगला गाउँपालिका […]

मंगलाको प्राङ्गारिक मल उद्योगमा प्यूठानका जनप्रतिनिधिको भ्रमण

विकल्प न्यूज/बेनी मंसिर ७ गते ।   म्याग्दीको मंगला गाउँपालिकाले सुरू गरेको प्राङ्गारिक मल उद्योगको सिको गर्न प्यूठान जिल्लाका जनप्रतिनिधिले अवलोकन भ्रमण गरेका छन् । गाउँपालिकाले खेतीयोग्य जमिनको दिगो संरक्षण र स्वस्थ्यकर बाली उत्पादनका लागि किसानलाई तालिम तथा अनुदानको सुविधा सहित उद्योग स्थापनाको अभियान प्रभावकारी देखिएपछि प्यूठान नगरपालिका वडा नं ४ का वडा अध्यक्ष प्रकाशराज भण्डारीको […]

मृर्गौलापीडित छन्त्याललाई कतारबाट आर्थिक सहयोग

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, कात्तिक १८ ।पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनका मृर्गौलापीडित १९ वर्षीय सुरेश छन्त्याललाई शनिबार आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको सिलसिलामा कतारमा पुगेका प्रवासीहरुबाट हिमालयन युवा समाज दोहा कतारले सहयोग अभियानमार्फत सङ्कलित नगद ७५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त सहयोग संस्थाका प्रतिनिधिहरुमार्फत सुरेशकी आमा सीता पाईजा छन्त्याललाई उपलब्ध गराइएको […]

मंगलामा व्यावसायिक तरकारी खेतीको अनुगमन

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, कात्तिक १२ । म्याग्दीको मंगला गाउँपालिका अन्तर्गत विभिन्न वडामा व्यावसायिक तरकारी खेतीको अनुगमन भएको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष (नाडेप)को आर्थिक सहयोग, सोडेक नेपाल पर्वतको आयोजना र गाउँपालिकाको समन्वयमा सञ्चालित परियोजनामार्फत लगाइएको तरकारी खेतीको स्थलगत अनुगमन गरिएको हो । मंगलाको कुहुँ, भर्जुला र सल्यानमा परियोजनाको सहयोगमा कृषकले गरेको […]

धौलागिरीको काखमा सुविधा सम्पन्न रिसोर्ट (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज टोड्के,कार्तिक १२ गते । म्याग्दीको आकर्षक पर्यटकीय स्थल टोड्केमा पर्यटकलाई लक्षीत गर्दै सुविधा सम्पन्न रिसोर्ट बन्न लागेको छ । पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको टोड्केको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनका लागि टोड्के हिल रिसोर्ट प्रालिले करिव ३ करोड रुपियाँ लागतमा रिसोर्ट बनाउन लागेको हो । कम्पनी मोडेलमा निर्माण हुन लागेको रिसोर्टमा […]

मंगलाको वडामा नेकपाको संयन्त्र

विकल्प न्यूज/बेनी असोज २८ गते । मंगला गाउँपालिकाका वडा स्तरमा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संयन्त्र विस्तार भएको छ । जिल्ला संयन्त्रका सदस्य देवराज सुवेदीको अध्यक्षता र अर्का नेता हरिकृष्ण श्रेष्ठको उपस्थितीमा बाबियाचौरमा बसेको गाउँपालिका स्तरीय संयन्त्रको बैठकले ५ वटै वडामा संयन्त्र गठन गरेको हो । कुहुँमा डेगबहादुर राम्जाली, एकजित रोका, पृथीलाल बि.क, केशव शेरपुञ्जा, […]

वडा तहमा नेकपाको संयन्त्र गठन

विकल्प न्यूज/बेनी बेनी २८ असोज । नेपाल कम्प्युनिष्ट पार्टी (म्याग्दी)ले आईतबार बेनी नगरपालिका, अन्नपूर्ण,मंगला र मालिका गाउँपालिकामा वडा स्तरीय संयन्त्र गठन गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, जिल्ला संयन्त्रका गोविन्द पौडेल लगायतका नेताहरुको उपस्थितिमा हाँडेभीर स्थित पार्टी कार्यालयमा नगर स्तरीय संयन्त्रका प्रमोद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले वडा सयन्त्रको गठन गरेको […]

सुरेशको उपचारका लागि आईतबार ६ लाख सहयोग प्राप्त

विकल्प न्यूज/बेनी असोज २१ गते । म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि आईतबार ६ लाख ४ हजार सातसय ६० रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ। मोना कुवेतबाट ५ लाख ५ हजार २१०, जापानमा रहेका कमल बानियाँ र सुरेश पुनको सक्रियताबाट संकलित ८९ हजार ५५० र हङकङमा रहेकी सुरक्षा मल्लबाट १० […]