मंगला शिक्षा क्याम्पसमा ५२ सदस्य नेबिसंघ गठन

अनिल पौडेल/विकल्प न्यूज
मंसिर २१ गते । नेपाल बिद्यार्थी संघ म्याग्दीले आफ्नो संगठन बिस्तार अभियानलाई तिव्र बनाएको छ । आज म्याग्दीको मंगला गाउँपालिकाको केन्द्रमा रहेको मंगला शिक्षा क्याम्पसमा प्रकाश सापकोटाको सभापतित्वमा ५२ सदस्य नेबिसंघ गठन गरिएको नेबिसंघ म्याग्दी बहुमुखी क्याम्पस इकाईका सचिव हरिकृष्णा आचार्यले जानकारी दिएका छन ।

कार्य समितिको उपाध्यक्षमा संञ्जिता कार्की,बिकास ठकुरी सचिव सोनी सापकोटा,कोषाध्यक्षमा,छबिलाल बुढा सहसचिवमा खगेन्द्र खड्का रहेका छन ।

मंगला शिक्षा क्याम्पस मुल ईकाई समिति दिपेन्द्र घर्ति क्षेत्रीको अध्यक्षता म्याग्दी बहुमुखी क्याम्पस इकाईका सचिव हरिकृष्णा आचार्यको संचालन स्ववियु सदस्य दामोदर शर्माको स्वागतमा सम्पन्न भएको कार्यक्रममा बोल्दै नेबिसंघ म्याग्दीका कार्यवहाक अध्यक्ष निर्मल खत्रीले बिद्याथीहरुले अहिले पनि देशमा भैरहेको हत्या बलात्कारी लगायतलाई कारबाही गर्ने र बिद्यार्थीहरुको समस्याको बिषयमा नेबिसंघले सरकारलाई दवाव दिरहेको बताउदै १२ औ महाधिबेशन संगै हुन लागेको जिल्ला अधिबेशनमा जिल्लाको नेतृत्व सम्हाल्ने तयारीमा रहेको बताउनु भएको छ ।

कार्यक्रममा जिल्ला सदस्य रवि बरुवाल, झलक जिसी,जगत बानियाँ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।