“मोडलिङ मेरो सानै देखिको सपना हो”

विकल्प न्यूज/बेनी
पुस ७ गते ।

बेनी नगरपालिका ९ तोरीपानीकी निर्मला केसी यतिखेर मिस म्याग्दीको दौडमा छिन् । किङस्टार क्रियसन प्रा.लिले पहिलोपटक म्याग्दीमा मिस एण्ड मिस्टर प्रतियोगिताको आयोजना गरेको छ ।

प्रतियोगितामा भाग लिएकी केसीले ढुक्क सँग भनिन म नै मिस म्याग्दीका लागि योग्य छु । मेरो सानै देखिको सपना छ उनले भनिन “मोडलिङको क्षेत्रमा प्रवेश गरेर भविष्य चम्काउन चाहान्छु ।” मलाई विदेश जाने अफर पनि आएको थियो तर म यहि नै बसेर भविष्य निर्माण गर्ने उद्देश्य छ उनले भनिन ।

कक्षा ११ को अध्ययन पछि केही समय रोकिएको अध्ययनलाई उनले फेरी निरन्तरता दिने सोच बनाएकी छिन् । वर्ष १९ मा प्रवेश गरेकी केसी मोडलिङ क्षेत्रका वारेमा धेरै नबुझेपनि प्रयास गरेपछि सफल हुनेमा ढुक्क छिन् । मोडलिङ क्षेत्रमा लागेका साथीहरुको सफलता देखेर आफू पनि आकर्षीत भएको उनको भनाई छ ।

केसी हेर्दा आकर्षक र मिलन सार छिन । उनले कुराकानीका क्रममा भनिन् मोडलिङ मेरो सानै देखिको रहर हो परिवारको सहयोग पनि छ । मेरो भित्री आत्मा देखि मोडलिङ गर्ने चाहाना भएकोले संघर्ष गर्दछु उनले भनिन । उनी फुर्सदमा आधुनिक गीत र लोक गीत सुन्छिन । मिस म्याग्दी घोषित भएमा जिल्लालाई चिनाउने गरी अघि वढ्छ,ु उनले भनिन् । तस्विर ः नमस्ते म्याग्दी डिजिटल फोटो स्टुडियो