ताजा समाचार:
Search

मंगलामा व्यावसायिक तरकारी खेतीको अनुगमन

प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, कात्तिक १२ । IMG_4419म्याग्दीको मंगला गाउँपालिका अन्तर्गत विभिन्न वडामा व्यावसायिक तरकारी खेतीको अनुगमन भएको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष (नाडेप)को आर्थिक सहयोग, सोडेक नेपाल पर्वतको आयोजना र गाउँपालिकाको समन्वयमा सञ्चालित परियोजनामार्फत लगाइएको तरकारी खेतीको स्थलगत अनुगमन गरिएको हो ।

मंगलाको कुहुँ, भर्जुला र सल्यानमा परियोजनाको सहयोगमा कृषकले गरेको तरकारी खेतीको अनुगमन गरिएको सोडेकले जनाएको छ । स्थानीय कृषक युमाया रोका, केशरबहादुर घर्ती, योगेन्द्र सिङ्जाली र गुमा पौडेलले आ–आफ्नो बारीमा लगाएको बन्दा, काउली र गोलभेंडाको अनुगमन गरिएको थियो । ग्रामीण भेगका कृषकहरुलाई समेटेर आयआर्जनका साथै आत्मनिर्भर तथा व्यावसायिक बनाउने उद्देश्यले कार्यक्रममार्फत कृषिमा लगानी गरिएको छ ।

स्थलगत अनुगमन कार्यक्रममा निमित्त जिल्ला समन्वय अधिकारी गोविन्द सुनार, मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेल, युवा स्वरोजगारका लागि व्यावसायिक तरकारी आयोजनाका संयोजक कृष्णमान श्रेष्ठ, फिल्ड कोअर्डिनेटर मेगराज शर्मा, संस्थाका सचिव कविता विक, उद्यम विकास अधिकृत रमेशप्रसाद रिजाल र लेखापाल डिलबहादुर विकको सहभागिता रहेको थियो । कार्यक्रममा कुहुँका महिला उद्यमी युमाया रोकाले व्यावसायिक तरकारी खेतीका लागि आफूलाई मिनी टेलर हलोको आवश्यक रहेको बताएकी थिइन् ।

म्याग्दी जिल्लाको बेनी नगरपालिका–४, सिङ्गास्थित राक्से, बास्कुना, डाँडाखेत तथा मंगलाको कुहुँ, भर्जुला, सल्यान, रनबाङ र सिमलचौर क्षेत्रमा कार्यक्रम लागू भएको छ । विभिन्न ८ ओटा समूहका २ सयजना कृषकहरु तरकारी खेतीमा आबद्ध छन् । संस्थाले गतवर्ष कृषकहरुलाई ४० ओटा टनेलहरु सहयोग गरेको थियो भने विभिन्न समयमा तालिम दिनुका साथै बिउबिजनहरु सहयोग गर्दै आइरहेको जनाएको छ ।