ताजा समाचार:
Search

कुहुँमा लैङ्गिक हिंसा विरुद्व सचेतनामुलक कार्यक्रम

विकल्प न्यूज/बेनी
मंसिर १८ गते । म्याग्दीको मंगला गाउँपालिका– १ कुहुँमा सोमबार लैङ्गिक हिंसा विरुद्वको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिकाको आयोजनमा भएको सो कार्यक्रममा स्थानीय आमा समुह, युवा क्लब, सहकारी, संघ संस्थाका प्रतिनिधि, विद्यार्थी र स्थानीयबासीलाई महिला हिंसा न्युनीकरणबारे सहजीकरण गरिएको थियो ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत आयोजित सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र प्रहरी नायब उपरिक्षक बिरबहादुर बुढा मगरले महिला ंिहंसा न्युनीकरण र हिंसा गर्नेलाई हुने कानुनी कारबाहीको बारेमा सहजीकरण गर्नुभएको थियो ।

ग्रामीण भेगका नागरिकलाई लैङ्गिक हिंसाबारे जनचेतना अभिबृद्धी गरि समाजमा हुनसक्ने सम्भावित लैङ्गिक हिंसालाई निरुत्साहित गर्नको लागि कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो ।

कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष केसीको अध्यक्षता , प्रजिअ अधिकारीको प्रमुख आतिथ्यथा, प्रनाउ बुढामगरको विशिष्ट आथित्यथा, देउराली युवा क्लबका सचिब एकजित रोकाको स्वागत र गाउँपालिकाका कार्यकारी सचिब राजेन्द्र आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष डेगबहादुर राम्जाली र प्रगतिशिल महिला सहकारीका अध्यक्ष पूर्ण मायाँ शेरपूञ्जाले स्थानीय स्तरमा लैङ्गिक हिंसाका घटना हुन नदिन आ–आफ्नो क्षेत्रबाट सक्दो भुमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको थियो ।