ताजा समाचार:
Search

धौलागिरीको काखमा सुविधा सम्पन्न रिसोर्ट (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
टोड्के,कार्तिक १२ गते । DSC_0034म्याग्दीको आकर्षक पर्यटकीय स्थल टोड्केमा पर्यटकलाई लक्षीत गर्दै सुविधा सम्पन्न रिसोर्ट बन्न लागेको छ । पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको टोड्केको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनका लागि टोड्के हिल रिसोर्ट प्रालिले करिव ३ करोड रुपियाँ लागतमा रिसोर्ट बनाउन लागेको हो ।

कम्पनी मोडेलमा निर्माण हुन लागेको रिसोर्टमा संस्थापक लगानी ९ जनाको रहेको छ । रिसोर्टमा धेरै भन्दा धेरै स्थानीयलाई सहभागि बनाउने उद्देश्य रहेको प्रालिका अध्यक्ष मिनवहादुर पाइजाले बताउनुभयो ।

हामीले सामुदायिक हिसावले रिसोर्ट सञ्चालन गर्ने सोच बनाएका छौं प्रालिका अध्यक्ष पाइजाले भन्नुभयो “ न्यूनतम एकलाख देखि पाँचलाख रुपियाँ सम्म स्थानीयले शेयरमा लगानी गर्न सक्छन् ।” रिसोर्टप्रति स्थानीयहरुको अपनत्व होस भनेर सानो सानो लगानीलाई पनि समवेश गर्न लागेको उहाँको भनाई छ ।

DSC_0084
सदरमुकाम बेनी देखि डेढ घण्टाको यात्रा पछि पुग्न सकिने आकर्षक गन्तव्य टोड्के हो । यहाँबाट धौलागिरी हिमशृङखला,अन्नपूर्ण,निलगिरी,माछापुच्छ«े लगायतका हिमालहरु नजिकबाट अवलोकन गर्न सकिन्छ । साथै गुरास फुल्ने मौसममा यहाँको बनजंगलमा फुल्ने राताम्मे गुँरासले यहाँ पर्यटक लोभ्याउछ ।DSC_0068प्रालिले रिसोर्ट निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको संगमस्थलमा टोड्के पर्दछ । मालिका मन्दिर, धौलागिरि सेन्चुरी,गुरिल्ला पदमार्गमा आवतजावत गर्ने पर्यटकलाई लक्षीत गरी रिसोर्ट सञ्चालन गर्न लागिएको प्रालिका सञ्चालक भिम सेरचनले बताउनुभयो ।DSC_0117यहाँ आउने पर्यटकलाई अर्गानिक खानाको व्यवस्था गरिने उहाँले बताउनुभयो । आफ्नो ठाउँको विकासका लागि केही गरौं भन्ने उद्देश्यका साथ रिसोर्टमा लगानी गरेको उहाँले बताउनुभयो । तिनवटै स्थानीय तहसँग समन्वय गरेर यहाँको पर्यटन प्रवद्र्धनका लागि आफूहरुले थप योजनाहरु पनि बनाउन लागेको उहाँले बताउनुभयो ।DSC_0076

समुद्री सतहदेखि झण्डै २ हजार ४०० मिटरको उचाइमा अवस्थित टोड्केमा चार रोपनी जमीनमा १० वटा सुविधासम्पन्न कोठा, दुईवटा बैठक कक्ष, डाइनिङ्ग हल, कार्यक्रम सञ्चालन गर्न मिल्ने सभाहल, बार, १० वटा टेन्ट हाउसको निर्माण कार्य भइरहेको सञ्चालक सदस्य सेरचनले बताउनुभयो । शिद्ध सामुदायिक वनको करिव दुइरोपनी जग्गा तिसवर्षलाई भाडामा लिएको उहाँले बतानउुभयो ।DSC_0116पर्यटनको राम्रो संभावना भएको क्षेत्र भएकाले सवैको सहयोग र साथ भएमा यहाँको पर्यटन विकासले थप उचाई लिने विश्वसा गरिएको रिसोर्टका मार्केटिङ एण्ड सेल्स डाइरेक्टर दिनेशनारायण श्रेष्ठले बताउनुभयो ।

DSC_0084टोड्केमा सुविधा सम्पन्न रिसोट निर्माण भएपछि यहाँको पर्यटन विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको टोडके क्षेत्र विकास कोषका अध्यक्ष बावुराम आचार्यले बताउनुभयो । पर्यटन प्रवद्र्धनका लागि सडक,खानेपानी,सुरक्षा लगायतका भौतिक पूर्वाधारको विकासका लागि सम्बन्धित निकायले सहयोग गर्नुपर्ने उहाँको भनाई छ । DSC_0112DSC_0117