धवलागिरी गाउँपालिका
लभ्ली झरना !
विकल्प न्यूज/बेनी जेठ १८ गते । धौलागिरि गाउँपालिका २ लुलाङमा रहेको नर्जाखोलाको झरना । पछिल्लो समय नाम परिवर्तन गरि लभ्ली झरना राखिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य
पर्यटकलाई लोभ्याउँदै गुर्जाको होमस्टे
ठाकुरप्रसाद आचार्य/विकल्प न्यू जेठ १६ गते । चुरेन र गुर्जा हिमालको काखमा रहेको सुन्दर वस्ती धौलागिरि गाउँपालिका १ गुर्जा गाउँमा होमस्टे छ । गुर्जाको सुन्दरता सँग रमाउन आउने पाहुँनालाई गुर्जावासीले फुल र मालाले न्यानो स्वागत गर्दछन् । पाहुँनालाई खान र वस्ने सुविधा दिनका लागि गुर्जावासीहरुले होमस्टे सञ्चालनमा ल्याएका हुन । गुजुमुज्ज परेका परम्परागत शैलीका घर […]
बालबालिकालाई शैक्षिक सामाग्री वितरण सुरु
सन्तोष गौतम/विकल्प न्यूज बेनी १४ जेठ । गुड नेवर्स ईन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाले लक्षित बालबालिकालाई चालु शैक्षिक सत्र २०७५ को शैक्षिक सामाग्री वितरण गर्न सुरु गरेको छ । धौलागिरी गाउँपालिका ३ मुना स्थित धौलागिरी आधारभुत विद्यालयबाट स्पोन्सर बालबालिकालाई कपी, कलम, पेन्सील, ईलेजर, कटर, झोला, जुत्ता, मोजा, स्वीटर र विद्यालय पोशाक […]
मराङ सडक सञ्जालमा जोडियो
तेजीन्द्र पुन/विकल्प न्यूज जेठ १४ गते । मराङ म्याग्दीको धौलागिरि गाउँपालिका ६ मराङ सडक सञ्जालमा जोडिएको छ । मालिका गाउँपालिका ७ को अर्कला देखि मराङ खोलाको किनारै किनार सडक विस्तार गरेर मराङको बेशीमा पु¥याइएको छ । गाउँपालिका र जिल्ला समन्वय समितिद्धारा सञ्चालित अर्कला–बेशी सडक आयोजना अन्तरगत बेशीसम्म सडकको ट्याक पु¥याइएको उपाभोक्ता समितिका अध्यक्ष अम्मरबहादुर पुनले […]
ज्यानकै बाजी थापेर बनाए गुर्जालीले तातोपानी कुण्ड (भिडियो सहित)
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज गुर्जा,जेठ १० गते । अग्ला पहाडको यात्रा अनि अनकन्टार भिर । साघुरो बाटो । ज्यानकै बाजि थापेर मात्र पुग्न सकिने गुर्जा खोलाको किनार जहाँ छ तातोपानीको कुण्ड । गुर्जाली शाहस र हिम्मतले मात्र सम्भव भयो तातोपानीको संरक्षण । गुर्जाबाट करिव पाँच घण्टाको पैदल यात्रा पछि मात्र यहाँ पुग्न सकिन्छ । म्याग्दीको गुर्जा […]
ताकमकोतको पुननिर्माण तथा जिर्णोद्धार गरिने
गोपाल आचार्य/विकल्प न्यूज ताकम ९ जेठ । धौलागिरी गाउँपालिका ७ मा अवस्थित ऐतिहाँसीक, धार्मीक तथा पर्यटकीय महत्वको ताकमकोतको पुननिर्माण तथा जिर्णोद्धार गरिने भएको छ । वडा अध्यक्ष कलानिधी सुबेदीको अध्यक्षतामा मंगलबार कोत परिसरमा भएको सरोकारवालाहरुको भेलाले बाईसे चौबिसे राज्यका समयमा निर्माण भएको करिब चार सय वर्ष पुरानो कोतको पुननिर्माण तथा जिर्णोद्धार गर्ने निर्णय गरेको हो […]
घुस माग्ने र खाने शिक्षाका प्राबिधिक विरुद्ध उजुरी
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ८ जेठ । सेवाग्राहीबाट घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय ईकाई म्याग्दीका दुई जना प्राबिधिक विरुद्ध उजुरी परेको छ । कक्षा कोठा भवन योजना छनौट, पेश्की निकासा र फरफारकका क्रममा डरधम्की देखाई बाध्य बनाएर घुस लिएको आरोपमा ईञ्जिनियर श्रीकृष्ण खनाल र प्राबिधिक प्रमोद उप्रेती विरुद्ध उजुरी परेको हो । धौलागिरी […]
यसरी हट्यो धौलागिरी आधार शिवीरको फोहोर
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ जेठ । संसारको सातौ (आठ हजार १६७) मिटर अग्लो धौलागिरी हिमालको आधार शिवीरको फोहोर हटाइएको छ । धौलागिरी गाउँपालिका ४ बगर गाउँका बासिन्दाले आरोही, पदयात्री, पर्यटक मजदुर, भरीया र तिनका सहयोगीले फालेका फोहोरलाई ब्यवस्थापन गरेर आधार शिवीरको सरसफाई गरेका हुन् । धौलागिरी आधार शिवीरमा बर्षौदेखि थुप्रिएको फोहोर ईटली आधार शिवीर […]
मुनामा पत्रकारिता तालीम
सन्तोष गौतम /बेनी मुना ७ जेठ ।धौलागिरि गाउँपालिका ३ मुनामा आधारभुत पत्रकारीता तालीम सम्पन्न भएको छ । धौलागिरि गाउँपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले आयोजना गरेको दुई दिने तालीममा पालिकाको सात वटै वडाका २४ जनाको सहभागिता रहेको थियो । पत्रकारीताको माध्यमबाट ग्रामिण क्षेत्र सम्भावना, समस्या पहिचान, उजागर र स्थानीय तहका गतिबिधी, विकास निर्माणलाई सञ्चार […]
मराङको बेशीको हरिहर मन्दिर जिर्णोद्धार
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ जेठ । धौलागिरि गाउँपालिका ६ मराङको बेशीमा रहेको धार्मीक महत्वको हरिहर मन्दिरको जिर्णोद्धार गरिएको छ । गाउँपालिका र वडाको आर्थिक सहयोगमा स्थानीयबासीले मन्दिरको मर्मत सम्भार गरेर जिर्णोद्धार गरेका हुन् । वडा कार्यालयका प्रस्तावमा गाउँपालिकाले बिनियोजन गरेको चार लाख रुपैया र स्थानीयबासीको पचास हजार रुपैयाँ बराबरको श्रमदानमा मन्दिर जिर्णोद्धार गरी धार्मीक […]
मल्कबाङको जनजागृती माविको कक्षा कोठा भवन उद्घाटन(फोटोफिचर)
सन्तोष गौतम/विकल्प न्यूज मल्कवाङ २६ बैशाख । धौलागिरि गाउँपालिका–५ मल्कबाङको जनजागृती माविमा निर्माण भएको कक्षा कोठा भवनको बुधबार एक समारोहका बिच उद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तुलबहादुर छन्त्यालले शिलालेख अनावरण गरेर भवनको उद्घाटन गर्नुभयो । जिल्ला शिक्षा कार्यालयको १९ लाख ५० हजार रुपैयाँ अनुदान, प्रवासी र काठमाडौ पोखरामा बसोबास गर्ने […]
धौलागिरि गाउँपालिकामा विकास निर्माणमा तिब्रता
सन्तोष गौतम/विकल्प न्यूज मराङ २५ बैशाख । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकामा विकास निर्माणले तिब्रता पाएको छ । स्थानीय तह कार्यान्वयनमा आएको र जनप्रतिनिधि निर्वाचित भएपछि सडक, घोरेटो बाटो, सामुदायीक भवन, कल्भर्ट, खानेपानी, सिँचाई, विद्यालय क्षेत्रमा विकास निर्माणले तिब्रता पाएको हो । विगतमा जस्तो आर्थिक वर्षको अन्तमा हतार हतारमा टालटुले […]
मराङमा अामा समुहले भवन बनाए (हेर्नुहाेस फाेटाे )
सन्तोष गौतम / विकल्प न्युज मराङ २४ बैशाख ।धौलागिरि गाउँपालिका ६ मराङको कुम्रीमा प्रगतीशिल आमा समूहले निर्माण गरेको सामुदायीक भवनको सोमबार एक समारोहका बिच उद्घाटन गरिएको छ । आमा समूहको कोष, प्रवासी, सरकारी निकायको अनुदान सहयोग र स्थानीयबासीको श्रमदानमा निर्माण भएको तिन कोठे भवनको पूर्व सांसद नवराज शर्माले उद्घाटन गर्नुभएको हो ।भवन उद्घाटनपछि मन्तब्य व्यक्त […]
धौलागिरिमा यार्सागुम्बालाई निकासी कर
विकल्प न्यूज/बेनी बैशाख २० गते । धौलागिरि गाउँपालिकाले बहुमूल्य जडिवुटी यार्सागुम्बामा स्थानीय निकासी कर लागु गर्ने भएको छ । बैशाख पहिलो हप्ता भएको गाउँसभाले यार्सागुम्बा निकासी गर्दा प्रतिकिलो ५ हजार रुपैया राजस्व तिर्नुपर्ने निर्णय भएको हो । १ नम्बर वडा गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याल र कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालले यार्सागुम्बाको चोरी पैठारी नियन्त्रणका विषयमा […]
धौलागिरीका अध्यक्ष र उपाध्यक्षद्धारा बालबालिकाको अभिभावकत्व ग्रहण
विकल्प न्यूज/बेनी म्याग्दी १२ बैशाख । धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । अध्यक्ष पुनले धौलागिरी गाउँपालिका ४ खिवाङकी बिन्दीका बुढालाई स्थानीय चन्द्रज्योती माविको कक्षा ६ मा भर्ना गराउनुभएको हो । अभिभावकको कमजोर आर्थिक अवस्था भएकी बुढालाई अध्यक्ष पुनले वार्षिक पढाई खर्च समेत ब्यहोर्ने बताउनुभएको […]