धवलागिरी गाउँपालिका

मुख्यमन्त्री पाण्डेको त्यो झुटो आश्वासन ःफापरखेत पहिरोमा सास्ती उस्तै

विकल्प न्यूज/बेनीअसार २९ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत असोजमा म्याग्दी आउँदा भन्नुभएको थियो, ‘‘६ महिना भित्रमा प्रदेश सरकारले पहिरोको विकल्पमा सडक खोल्ने र म्याग्दीखोलामा बेलिव्रिज हाल्ने छौं । फापरखेत पहिरोले दिएको दुःख र सास्तीबाट म्याग्दीवासीले मुक्ती पाउनेछन् यो मेरो प्रतिवद्धता हो ।’’ मुख्यमन्त्री पाण्डेले बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका […]

म्याग्दीको ताकममा पहिरोले घर पुरिदा २ जनाको मृत्यु

म्याग्दी,असार २८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार बिहान पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ । ताकमको आरखोलाका तुलप्रसाद न्यौपानेको घर पुरिएको हो । घरभित्र सुतेका घरधनी अन्दाजी ५०/ ५१ वर्षका तुलप्रसाद र उहाँकी श्रीमति बालकुमारी न्यौपानेको पहिरोमा पुरिएर मृत्यु भएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक रमेश प्रसाद अधिकारीले बताए ।उहाँका […]

म्याग्दीको मलम्पारमा भाइद्वारा चिर्पट प्रहार गरी दाइको हत्या

विकल्प न्यूज/बेनीअसार २६ गते । म्याग्दीको धवलागिरी गाउँपालिका– ५,मलम्पारमा भाइको कुटपिटबाट दाइको हत्या भएको छ । मलम्पारको रुटबाङटोलमा गयराती करिब साढे ११ बजे स्थानीय ३९ वर्षीय सोमबहादुर छन्त्यालले दाउरा चिर्पट प्रहार गरेर ४२ बर्षिय धनबहादुर छन्त्यालको हत्या गरेका हुन् । सोमबहादुर साइला र धनबहादुर माइला सहोदर दाजुभाइ हुन् । घरायसी झगडामा भाइले दाउराले अनुहारमा प्रहार […]

धवलागिरीमा बेथिति मौलायो ः असुल उपर बेरुजू करिब ५६ लाख

विकल्प न्यूज/बेनीअसार २२ गते । म्याग्दीको धवलागिरी गाउँपालिकामा बेथितिले सीमा नाघेको छ । जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आर्थिक अपारदर्शीता,अनियमितता र सुशासनको पक्ष कमजोर भएको पाइएको छ ।महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९\८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा थुप्रै बेथितिहरुलाई उल्लेख गरेको छ । महालेखापरीक्षकले औल्याइदिएको आर्थिक अनियमितता र कमजोरी पक्षहरुको विष्लेशण गर्दा सुशासनको पाटो कमजोर हुँदै जान […]

प्रतिकुल मौसमका कारण धवलागिरिमा भएन आरोहण

ठाकुरप्रसाद आचार्य म्याग्दी,जेठ २५ गते । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मा पर्ने विश्वको सातौं अग्लो धवलागिरि हिमाल आरोहणका लागि पुगेका आरोहीहरु आधार शिविरबाटै फर्किएका छन् । हिमाल आरोहणका लागि अनुकुल मौसम नभएपछि आठ हजार १६७ मिटर अग्लो हिमाल आरोहण गर्न पुगेका आरोहीहरु आधार शिविरबाट फर्किएका हुन । पर्यटन विभागका अनुसार वसन्तयाममा धवलागिरि आरोहणका लागि स्वदेशी […]

बेनी–मुना–जलजला–ढोरपाटन सडकमा एक अर्बको नयाँ आयोजना

बेनी, २१ जेठ ः  पुर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको म्याग्दी–बागलुङको ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक संघीय समपुरक आयोजनामा समावेश भएको छ । आगामी आर्थिक वर्ष २०८१\०८२ को वार्षिक कार्यक्रममा गण्डकी प्रदेश सरकार र संघीय सरकारको लागत साझेदारीमा सञ्चालन हुने समपुरक बजेटका आयोजनाहरुको सूचिमा बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समावेश भएको हो […]

मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

 (म्याग्दी), जेठ ६ गते ।  पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । स्थानीयले श्रमदान, मेला र चन्दाबाट रकम सङ्कलन गरी पर्यटकीय पूर्वाधारसहित निर्माण गरेको उक्त ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा पर्न थालेको हो । मच्छिमको डाँडामा भ्यु–स्टेसनसहितका पूर्वाधार निर्माण भएपछि गुरिल्ला पदमार्गमा हिँड्ने र धौलागिरि हिमाल आरोहणका लागि जाने […]

मराङमा वडा कार्यालय भवन उद्घाटन्

मराङ, १४ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सोमबार भवनको एक समारोहका बिच उद्घाटन गर्नुभएको हो । ४ कोठे १ तले भवनमा शुक्रबारदेखिनै सेवा प्रवाह शुरु गरेको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । भवनमा वडा अध्यक्ष, सचिव, सभाहल र भण्डारण कक्ष रहेको […]

धवालगिरीको खिवाङ गाउँमा गाडी पुग्यो

विकल्प न्यूज\बेनी बेनी, २१ चैत । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४ को खिवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरी गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन जलविद्युत आयोजनाहरुको लगानीमा खिवाङ गाउँमा सडक र यातायात सुविधा पु¥याइएको हो । धवलागिरी गाउँपालिका–४ का वडा अध्यक्ष याम घर्तिमगरले लामो छहरा केङ्की देखी खिवाङ […]

धवलागिरीका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण

विकल्प न्यूज\बेनी १९ चैत । म्याग्दीको धवलागिरी गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरेर अपाङ्गता भएकाहरुलाई गाउँमै परिचयपत्र र सहायता सामग्री वितरण गर्न थालेको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो । गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले आफ्नो घर नजिकै पाएका हुन् । […]

मुनालाई पूर्णखोप सुनिश्चितता वडा घोषणा

बेनी, १९ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनालाई सोमबार पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको मुनालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो । १६ महिना देखि ५ वर्ष उमेर समूहका १८० जना बालबालिकाहरुले तोकिएको सबै प्रकारका खोपहरु लगाएको गाउँपालिकाको स्वास्थ्य शाखा […]

मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण

विकल्प न्यूज/बेनी फागुन २९ गते ।  मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानीले मच्छिमको डाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरेको हो । क्लबका पूर्वअध्यक्ष मिलन छन्त्याल (शेरबहादुर)ले मच्छिमको डाँडामा […]

एमाले धवलागिरि गाउँपालिकाको दोस्रो अधिवेशनबाट अध्यक्षमा प्रगति कार्की चयन

विकल्प न्यूज\बेनी फागुन १८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको आज (शुक्रवार) सम्पन्न दोस्रो अधिवेशनले प्रगति कार्कीको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । अधिवेशनले गाउँपालिका कमिटीको उपाध्यक्षमा सुवादेवी पूर्जा, सचिवमा कुलबहादुर घर्ती, उपसचिवमा केशव गर्बुजा र सुशील घर्ती चयन भएको एमाले म्याग्दीले जनाएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ […]

कतारमा मृत्यु भएका खिवाङका नानु घर्तीकी छोरीको शिक्षामा डेढलाख बढी सहयोग

विकल्प न्यूज\बेनी फागुन ९ गते । खाडीमुलक कतारमा हृदयाघातका कारण ज्यान गुमाएका म्याग्दीको धवलागिरी गाउँपालिका ४, मुदीको खिवाङका नानु घर्ती मगरकी छोरीको शिक्षादीक्षाका लागि मोना कतारको पहलमा संकलित डेढलाख बढी आर्थिक एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ । गतबर्षको डिसेम्बर ६ तारिकमा अचानक बेहोस भई ढलेपछि उपचारको क्रममा अस्पतालले मृत घोषित गरेलगत्तै कतारमा रहेका म्याग्देलीको […]

जनजागृति माविका पदक बिजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान

विकल्प न्यूज/बेनी फागुन ६ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदकबिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीहरुलाई प्रवासमा रहेका मल्कबाङबासीको सहयोगमा नगद सहित सम्मान र पुरस्कृत गरिएको हो । मल्कबाङ समाज युकेले प्रतियोगितामा छात्रा […]