अन्नपुर्ण गाउँपालिका
अन्नपूर्ण क्षेत्रलाई ‘पर्या पर्यावरण कुमारी क्षेत्र’ घोषणा गरिने
विकल्प न्यूज/बेनी असार ३१ गते । अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण क्षेत्रलाई ‘पर्या पर्यावरण कुमारी क्षेत्र’ घोषणा गर्ने भएको छ । विश्वका १० उत्कृष्ट पदमार्गमध्ये पर्ने अन्नपूर्ण पदमार्ग क्षेत्रको पर्यावरणीय संरक्षणलाई दृष्टिगत गरी गाउँपालिकाले उक्त नीति अवलम्बन गर्न लागेको हो । गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार अन्नपूर्ण आधार शिविर मार्गमा पर्ने छोम्रेङमाथि कुनै पनि पूर्वाधार विकासका नाममा मेसिनरी […]
गाउँपालिकाद्धारा तिप्ल्याङ “दुर्घटना”को छानवीन र वेपत्ताको खोजी गर्न माग
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २५ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दश दिन अघि बेनी जोमसोम सडक अन्तरगत तिप्ल्याङ खण्डमा रहस्यमय ढङ्गले भएको दुर्घटनाको छानवीन र वेपत्ताको खोजी गर्न माग गरेको छ । असार १४ गते दिउँसो अन्नपूर्ण गाउँपालिका– ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप रघुगंगा गाउँपालिका १ तिप्ल्याङमा सडकबाट […]
पर्यटकीय स्थलका सामुदायिक लजमा चौबिसे घण्टा बिजुली
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २४ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखमा धोस्तेखोर लघुजलविद्युत परियोजना निर्माण भएको छ । पर्यटकीय स्थलमा सञ्चालीत सामुदायीकहोटल तथा लजमा विद्युत आपुर्तीका लागि सामाजिक अभियन्ता महाबिर पुनको पहल, स्थानीयबासीको सक्रियता र विभिन्न निकाय तथा दाताहरुको सहयोगमा ५० किलोवाट क्षमत्ताको परियोजनानिर्माण भएको हो । दुई करोड २५ लाख रुपैयाको लगानीमा निर्माण […]
अन्नपूर्णका किसानलाई औजार र विरुवा हस्तान्तरण
गोपाल छन्त्याल/बेनी असार २४ गते । अन्नपूर्ण गाउँपालिकाको कृषि शाखाले गाउँपालिकाको आठ वटै वडाका किसानहरुलाई कृषि औजार र विरुवा हस्तान्तरण गरेको छ । आइतबार आयोजिक एक कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष केशमायाँ मगर र प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले संयुक्त रुपमा किसानहरुलाई उक्त औजार हस्तान्तरण गरेका हुन् । कृषि शाखा प्रमुख गोपाल भट्टराईले जिल्लामा मै पहिलो पटक […]
घलेम्दीको आईपीओ खुल्यो
सन्तोष गौतम/ विकल्प न्यूज म्याग्दी २३ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाले आईपीओ (साधारण सेयर) खुल्ला गरेको छ । प्रवद्र्धक घलेम्दी हाईड्रो लिमिटेडले आयोजना प्रभावीत अन्नपूर्ण गाउँपालिकाका सर्वसाधारणका लागि पाँच लाख पचास हजार कित्ता साधारण सेयर खुल्ला गरेको हो । शुक्रबारदेखि साउन ४ गतेसम्म अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ […]
घारका योजनामा उल्लेख्य जनसहभागीता(फोटोसहित)
विकल्प न्यूज/बेनी घार,असार १२ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका ६ घारमा सञ्चालीत विकास आयोजनामा उल्लेख्य जनसहभागीता जुटेको छ । वडाका जनप्रतिनिधिको प्रस्ताव र सिफारिसमा गाउँपालिकाले बिनियोजन गरेको बजेटको तुलनामा उपभोक्ता समितिले समुदायको धेरै श्रम र नगद जुटाएर योजना सम्पन्न गरेका हुन् । विभिन्न शिर्षकमा २४ वटा योजना तथा कार्यक्रम सञ्चालन भएकोमा २३ वटा सम्पन्न […]
शिखमा उत्साहजनक जनशहभागीता ः शिख माविको भवन पुननिर्माण
सुरेन गुरुङ /शिख असार १२ गते । तिन वर्षअघिको भुकम्पका कारण क्षति पुगेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित शिख माविमा कक्षा कोठा भवन पुननिर्माण भएको छ । ब्रिट्रीस गोर्खा वेयलफेयरको एक करोड ६६ लाख रुपैयाँ सहयोगमा आठ कोठे भवन पुननिर्माण गरिएको व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बुद्धुजाले जानकारी दिनुभयो । वेयलफेयरको ईक्युआरटी परियोजना अन्तरगत अपाङ्ग मैत्री […]
अन्नपूर्णमा टेलिटिचिङका लागि विद्यालयलाई स्मार्ट टिभि
विकल्प न्यूज/बेनी पोखरेबगर, ११ असार । जिल्लाको उत्तरी क्षेत्रमा रहेको अन्नपुर्ण गाउँपालिकाले विद्यालयहरुलाई टेलिटिचिङ संचालनका लागि स्माट टिभि वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका १० माध्यमिक विद्यालयलाई टेलिटिचिङका लागि स्माट टिभि गाउँपालिका अध्यक्ष डमबहादुर पुनले वडा अध्यक्ष तथा विद्यालयका प्रअलाई हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको आयोजना, नेपाल शिक्षक संगठन अन्नपुर्ण गाउँपालिकाको कार्यसमितिको सह–आयोजनामा पोखरेवगरमा सोमबार […]
अन्नपूर्णको विकासका लागि करिव साढे २७ करोडको बजेट सार्वजनिक
ठाकुरप्रसाद आचार्य,धिरन खत्री \म्याग्दी पोखरेबगर,असार १० गते । जिल्लाको उत्तरी स्थित अन्नपूर्ण गाउँपालिकाले २७ करोड ३८ लाख ७९ हजार ३९ रुपियाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका केन्द्र पोखरेबगरमा आयोजना गरिएको दोस्रो गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगमी आर्थिक वर्ष २०७५ \०७६ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । उपाध्यक्ष मगरले प्रस्तुत […]
अन्नपूर्ण गाउँपालिकाकाे गाउँसभा सुरू
ठाकुर अाचार्य / विकल्प न्युज असार १० गते । अन्नपूर्ण गाउँपालिकाकाे दाेर्साे गाउँसभा पाेखरेबगरमा सुरू भएकाे छ । गाउँ सभामा अागमि अार्थिक वर्षा २०७५/०७६ काे बजेट,नीति तथा कार्यक्रम पेश गरिने छ । गाउँसभामा प्रदेश ४ कि समाजिक विकास मन्त्री नरदेवि पुनले कृषि,पर्यटन र उत्पादनमूलक क्षेत्रमा परिचालन गरि राेजगारि सिर्जना गर्नुपर्ने बताउनु भयाे । उहाँ ले […]
म्याग्दीका स्थानीय तहमा दुई अर्बको बजेट आउँदै
सन्तोष गौतम/नवविकल्प आसर १० गते । म्याग्दीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७५७६ का लागि करिब दुई अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएका छन् । म्याग्दीका छ वटै स्थानीय तहले आईतबार एकै दिन नगर तथा गाउँसभा बोलाएर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । संघीयताको अभ्यासमा रहेका स्थानीय तहहरुले दोस्रो पटक आफै बजेट ल्याउन लागेका […]
पोखरेबगरमा नेकपाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण
सन्तोष गौतम, कमल खत्री पोखरेबगर ९ असार । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टी एकताको सन्देश कार्यकर्ता तहसम्म पु¥याउने, अन्तरघुलन र एकतालाई बलीया बनाउने, निती तथा कार्यक्रम र योजना जानकारी गराउने, कार्यकर्ताको गुनासो, सुझाव […]
वडा कार्यालयको खर्च कटाएर विरामीको उपचारको लागि सहयोग
कमल खत्री, सन्तोष गौतम पोखरेबगर म्याग्दी, ८ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको वडा कार्यालयले मसलन्द शिर्षकको रकमलाई विरामीको उपचारको लागि सहयोग गरेको छ । वडा कार्यालयको बैठक लगायतको लागि छुट्टाईएको रकमलाई बचाएर रु २० हजार घारका स्थानीय अगुवा फौद बहादुर बरुवालको उपचारको लागि सहयोग गरिएको हो । शुक्रवार गाउँपालिकाको केन्द्र पोखरेबगरमा महिला, बालबालिका तथा […]
समृद्ध देश निर्माणका लागि नागरिकको स्वास्थ्यमा प्राथमिकता– मन्त्री थापा
सन्तोष गौतम, कमल खत्री पोखरेबगर(म्याग्दी) ८ असार । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नेपाललाई समृद्ध मुलक बनाउन सरकारले नागरिकको स्वास्थ्यमा प्राथमिकता दिएको बताउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पाखरेबगरमा शुक्रबार समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषले आयोजना गरेको निशूल्क स्वास्थ्य शिवीरको उद्घाटन गर्नुहुदै मन्त्री थापाले समृद्ध देश निर्माणका लागि सरकारले नागरीकको […]
दोवामा रहेको तातोपानीलाई पर्यटकीय स्थल बनाउन पहल
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी असार ६ गते । प्रशस्त पर्यटकीय सम्भावना भएर पनी संरक्षण, व्यवस्थापन, पूर्वाधार, प्रचारप्रसारको अभावमा ओझेलमा परेको अन्नपूर्ण गाउँपालीका १ दोवाको सेकारकुमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पहल थालीएको छ । दोवाका जनप्रतिनिधि र बासिन्दाले कालीगण्डकी नदीको दायाँ किनार, पहाडको फेदीमा बेवारीसे अवस्थामा रहेको प्राकृतिक तातोपानीको मुहानलाई संरक्षण […]