विकल्प न्यूज/बेनी
भदौं २ गते । कालिगण्डकी नदीले धार परिवर्तन गरेपछि अन्नपूर्ण गाउँपालिका २ भूरुङ तातोपानीमा रहेको तातोपानीको कुण्डमा जोखिममा परेको छ । कालीगण्डकी नदीको बहाव उच्च भएसँगै नदीले धार परिवर्तन गरेको हो ।शुक्रबार राती एक्कासी नदीले धार परिवर्तन गरेको हो । बगिरहेको गण्डकी मा खालि भागमा ढुङ्गा अडकिएर बालुवा भरिदै माथि आएपछि पानीको सतह माथि आएको भुरुङ तातोपानीका वडा अध्यक्ष ओमप्रसाद फगामीले जानकारी दिनुभयो । नदीमा पानीको सतह वढेपछि तातोपानीमा रहेको भू–तातोपानि मिट सप्लायर्स एण्ड फ्रेश हाउस , भु तातोपानि ब्लक उधोग मा ठुलो क्षति भएको उहाँले जानकारी दिनुभयो । साथै खेलकुद मैदानमा पनि असर पुर्याएको छ तातोपानि कुण्ड बाट बाहिर जाने पानी पनि थुनिएको छ । तातोपानि कुण्ड पनि जोखिममा परेको उहाँले जानकारी दिनुभयो । पानीको सतह वढेर सडक सम्म आएपछि यातायात सेवा पनि अवरुद्ध भएको छ । तस्विरहरु सुरेन गुरुङ