ताजा समाचार:
Search

कालीगण्डकीले विद्यालय भवन बगायो

विकल्प न्यूज /बेनी
साउन ३० गते । 39216110_306737209884215_659403614535548928_nम्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानी स्थित धवलागिरी आधारभुत विद्यालयको कक्षा कोठा भवन कालीगण्डकीले बगाएको छ ।

कालीगण्डकीले धार परिवर्तन गरेर कटान गर्दा बुधबार बिहान छ कोठे कक्षा कोठा भवन बगाएको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले बताउनुभयो । कक्षा ३ सम्म पठनपाठन हुने विद्यालयमा बिस जना विद्यार्थीहरु अध्ययनरत छन् ।

केही दिनदेखिको निरन्तरको बर्षासंगै कालीगण्डकी नदीमा आएको बाढीले करिब चालीस मिटर बस्तीतर्फ कटान गरेर भवन बगाएको हो । पाँच दिनअघि कालीगण्डकीले धार परिवर्तन गरेर कटान सुरु गरेको थियो । 39216110_306737209884215_659403614535548928_nनदी कटानका कारण पर्यटकीय जिल्ला मुस्ताङ प्रवेश गर्ने पदमार्ग अवस्थित कोप्चेपानीको बस्ती जोखिममा परेको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो । कोप्चेपानीमा २४ घरको बसोबास छ । कालीगण्डकी बस्तीको करिब पचास मिटर नजिकबाट बग्न थालेको छ ।

कालीगण्डकीको जोखिम र कटानले पु¥याएको क्षत्तीको बारेमा गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको वडा सचिव दिर्घप्रसाद गौतमले बताउनुभयो । भवन बगाएपछि पठनपाठन प्रभावीत भएको छ । कक्षा सञ्चालनका लागि बैकल्पीक व्यवस्थाको खोजी भैरहेको छ ।