खोप्रालेक आकर्षक पर्यटकीय गन्तब्य

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
भदौ १५ गते । khopra lekh म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखको पाउँद्धारको टुप्पोमा रहेको पर्यटकीय स्थल खोप्रालेक जिल्लाको उत्तरी क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य हो । पर्यटन सिजनमा यहाँ आन्तरिक वाह्यै पर्यटकको निकै चहलपहल देख्नसकिन्छ । सिजन सुरु भएसँगै खोप्राको सुन्दरतामा रमाउन आन्तरिक एवम् वाह्ै पर्यटकहरुको संख्यामा निकै वृद्धि हुन्छ । आँखै अगाडी देखिने चाँदी जस्तै हिमाल । मनोरम प्राकृतिक सौन्दर्यता सहितको रमणीय खोप्रालेक म्याग्दीको पर्यटकीय संभावनायुक्त स्थाल पनि हो । यो समुन्द्री सतह देखि तिनहजार ६ सय साठी मिटर उचाइमा पर्दछ ।

प्राकृतिक सौन्दर्यताले यहाँको सुन्दरतामा थप निखार ल्याएको छ । धौलागिरि,अन्नपूर्ण साउथ,निलगिरि लगायतका दर्जनौ हिमाल र डाँडाकाडाँहरुले पर्यटकहरुलाई लोभ्याउने गर्दछ । पहाडको टाकुरामा अवस्थित खोप्रालेकबाट देखिने प्राकृतिक दृश्यमा रमाउन वर्षेनी सयौं पर्यटकहरु यहाँको भ्रमणमा आउने गर्दछन् । असोज देखि मंसिर सम्म र फागुन देखि जेठ सम्म यहाँको भ्रमणका लागि उपयुक्त मौसम भएको खोप्रा सामुदायिक होटलका लेखापाल नविन पुनले बताउनुभयो ।

कसरी पुग्ने खोप्रा Ghorapani bata khopra jadai o Tourist (2)

खोप्रा पुग्नका लागि रमणीय सामुदायिक पदमार्गको विकास गरिएको छ । सामुदायिक पदमार्गको पदयात्रामा सुन्दर पर्यवरणीय गाउँहरुको अवलोकन गर्दै खोप्रा पुग्न सकिन्छ । कास्कीको धम्पुस – घान्द्रुक – दोवाटो – वहेली – डाँडखर्क हुँदै पाँचदिनमा खोप्रा पुग्न सकिन्छ । यसका साथै म्याग्दीको सदरमुकाम बेनी– वासखर्क – नांगी–महरेडाँडा, फुलबारी, स्वात –डाडखर्क हुँदै चार दिनमा खोप्रालेख पुग्न सकिन्छ । अर्को तर्फ तातोपानी– पाउँद्धार हुँदै खोप्रा दुइदिनमा पुग्न सकिन्छ । भने अर्को रुट कास्कीको नयाँ पुल – उल्लेरी – घोडेपानी हुँदै डाडखर्कबाट खोप्रा जान सकिन्छ । खोप्रालेक पुगेका पर्यटकहरु शिखको पाउँद्धार हुँदै भुरुङ तातापोनी पुगेर तातोपानी कुण्डमा रमाउछन । अर्को बाटो खोप्रा बाट नारच्याङको लेकगाउँ – बेशी गाउँ हुँदै तातोपानी झर्न सकिन्छ । भने केही पर्यटकहरु घोडेपानी वा महरे डाँडाको अवलोकन गर्दै नागी–लेस्पार–पुर्णगाउँ हुँदै कास्कीको नयाँ पुल झर्ने गर्दछन् ।
खोप्राको विशेषता के छ ?tap photo (1) पदमार्गमा मगरसंस्कृति,भेषभूषाको अवलोकन र न्यानो आथित्य सत्कारले पर्यटकको थकानलाई मेटाइदिन्छ । खोप्रालेकबाट छ घण्टाको पदयात्रा पछि पुग्न सकिने खयरभरानी ताल यहाँको अर्को महत्पूर्ण गन्तव्य हो । सामुदायिक पदमार्गमा पर्ने विभिन्न स्थानमा टि हाउस, क्याम्पेनिङ्ग र होमस्टे सुविधा उपलब्ध भएकाले पनि खोप्रालेक पर्यटकको थप आकर्षण बन्न थालेको पाउँद्धारका समाजसेवी रुद्रवहादुर पुनमगरले बताउँनुहुन्छ । पदमार्गमा स्थानीयहरुको पहलमा खोलिएका सामुदायिक लजहरुले पर्यटकलाई वस्न र खानको समस्या छैन् । खोप्रालेकमा रहेको खोप्रा सामुदायिक लजमा २४ जना पर्यटक वस्ने सक्ने क्षमताको लज छ । thumb_IMG_6639_1024KhopraCommunityLodgeपर्यटकहरुका लागि पदयात्रा मार्गमा आवश्यक पर्ने सुविधासम्पन्न होटल, बाटो आदि पूर्वाधार बनेका छन् । पर्यटकहरुका लागि पदयात्रा क्षेत्रमा पर्याप्त खाना तथा आवास एवं बाटो घाटो मर्मत सुधार गरिएपछी यो ट्रेकिङ रुट पर्यटकका लागि निकै आरामदायि बन्न थालेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । गाउँपालिकाले खोप्रामा भौतिक पूर्वाधार निर्माण र प्रचारप्रसारका लागि योजना बनाएको पुनले बताउँनुभयो ।  khayar baraha tal 2पदयात्रा मार्गमा पर्ने वस्ती बाहिरका गन्तब्यहरु डाँडखर्क, महरे, खोप्रा, स्वाता लगाएतका ठाउ“मा निजी तथा सामुदायिक लगानीमा गेष्ट हाउस बनेका छन् । अन्नपुर्ण पदमार्गको जस्तै सौन्दर्य र रोमाञ्चक क्षेत्रलाई स्थानिय समुदायले वैकल्पिक पदमार्गको रुपमा बेनी–नागी–खोप्रा ‘इको पदमार्ग’ पर्यटकका लागि थप आकर्षण हो । नागी–महरेडाँडा–घोरेपानी–स्वाता–खोप्रा–खयरबराहतालबाट नारच्याङ्ग–तातोपानी हुँदै बेनी र्फकने १४ दिने लामो साहसिक पदमार्ग भित्रका बाँसखर्क, नागी, टिकोट, खिवाङ्ग, स्वाता, नारच्याङ्ग लगाएतका गाउँमा पर्यटकलाई होमस्टे गराइ स्थानियले न्यानो आतिथ्यता प्रदान गर्छन् । पदमार्गमा होमस्टे संञ्चालन गरिएका सबै गाउँ मगर बाहुल्य वस्ती रहेका छन् ।

अन्नर्पूण र धौलागिरी हिमश्रृखलामा देखिने सूर्योदय र सुर्यास्तको दृष्य, याक फार्मिङ्ग, जंगल यात्रा, हिमाली ताल तलैया र हिमाली वन्यजन्तु एवं पंक्षिहरु देख्न सकिने प्राकृतिक सुन्दरताको दृष्यावलोकन तथा जैविक विविधताको अध्ययनका लागि यस क्षेत्रको भ्रमण फलदायी हुने सामुदायिक पदमार्गका समन्वयकता चित्रपुन तिजिलाले बताउनुभयो । पदमार्गको मुख्य आकर्षण अग्लो खोप्रालेक हो । खोप्रालेकको भौतिक पूर्वाधार निर्माण गर्न र पदमार्गको विकास गर्न अझै आवश्यक रहेको स्थानीयहरु बताउँछन् । पदयात्रीलाई संञ्चार सुविधाकालागि रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनको पहलमा सस्तो इन्टरनेट समेत संञ्चालन गरिएको छ । यहि बैशाख १ गते देखि खोप्रामा विद्युतीकरण गरिएकाले पर्यटकलाई थप सुविधा पुगेको उहाँले बताउनुभयो ।
समस्या ः
प्छिल्लो समय खोप्राको भ्रमणा आउने आन्तरिक एवम् वाह्ै पर्यटकको रोजाइमा पर्दै जानथालेपछि पर्यटको संख्यामा निकै नै वृद्धि भएको छ । खोप्रा सुविधा सम्पन्न होटल छैन । अहिले २४ जना सम्मका लागि मात्र खान र वस्नका लागि सामुदायिक होटल छ । धेरै संख्यामा आएमा टेन्ट हालेर व्यवस्थापन गर्ने गरिएको छ । खोप्राको पर्यटन विकासमा टेवा पु¥याउनका लागि भौतिक पूर्वाधार विकास गर्नुपर्ने देखिन्छ छ । साथै पिउने पानीको समस्या छ ।

पर्यटन विकासका लागि राम्रो संभावना छ ः उत्तमकुमार कर्माचार्य 
अध्यक्ष म्याग्दी उद्योग वाणिज्य संघ 

Uttam Kumar Karmacharya म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका पर्यटन विकासका लागि राम्रो संभावनायुक्त क्षेत्र हो । विश्वमा नै चर्चित पुनहिल र घोडेपानी यहाँका गहना नै हुन । यसका साथै पछिल्लो समय खोप्रा लेक पनि पर्यटकको रोजाईमा छ । म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा पर्यटन प्रर्वद्धनका लागि वि.स २०७५ लाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाइरहेका छौं । म्याग्दीको पर्यटन क्षेत्रको संभावनाको खोजी गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनका लागि भ्रमण वर्षको आयोजना गरिएको हो ।

भ्रमण वर्षको अवसरमा अन्नपूर्ण गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरुको गाउँपालिकाको सहयोगमा थप प्रचारप्रसार गरिने छ । यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनका लागि पनि भ्रमण वर्ष फलदायी हुने विश्वास लिएका छौं । यतिखेर भ्रमण वर्षको प्रचारप्रसार र तयारीमा जुटेका छौं । बर्खा सिजन सकिए लगत्तै भ्रमण वर्षको तयारीले थप तिव्रता पाउने छ । मुस्ताङ भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँका पर्यटकीय स्थलमा घुम्ने वातावरण बनाउन विभिन्न प्रवद्र्धनात्मक गतिबिधि गरीनेछ । अन्नपूर्ण आधार शिवीर, तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, खोप्रा, मोहोरडाँडा, संसारकै गहिरो अन्ध गल्छी लगायत थुप्र्रै घुम्न लायक पर्यटकीय स्थल छन् । भने मगर कलासंस्कृतिले यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पु¥याएको छ ।