म्याग्दी समाचार
बेनी–जोमसोम सडक ः बैंसरीमा अवरुद्ध हुँदा यात्रु अलपत्र (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/बेनी साउन २३ गते । बेनी–जोमसोम कोरला सडक खण्डको बैसरीमा पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुको विचल्ली भएको छ । सडक माथिबाट खसेको पहिरोका कारण रघुगंगा गाउँपालिका २ बैसरी खण्डमा शनिबार देखि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो खस्ने क्रम नरोकिएका कारण सडक खुलाउन सकिएको छैन । सडकमा सवारीसाधनको लामो […]
नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको आर्थिक सहयोगमा प्रतिष्ठानद्वारा शैक्षिक सामग्री वितरण
विकल्प न्यूज/बेनी साउन २३ गते । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) सोसाईटी अफ नेपलिज स्टुडेन्ट को आर्थिक सहयोगमा मंगला गाउँपालिका २ सल्यानमा रहेको विकास आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको आयोजनामा सोमवार उक्त विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीहरुलाई झोला, कपी, कलम, पेन्सिल, लगायतका शैक्षिक […]
मालिका गाउँपालिकाको गत आवको प्रगति प्रतिवेदन सार्वजनिक
विकल्प न्यूज/बेनी साउन २३ गते । म्याग्दीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । गत वर्ष रु. ५८ करोड १८ लाख ४४ हजार ६७७ बिनियोजन भएकोमा रु. ४१ करोड ६१ लख […]
साउनको चौथो सोमबार बेनीको शिवालय मन्दिरमा भक्तजनहरु (फोटोफिचर)
विकल्प न्यूज/बेनी साउन २२ गते । साउनको चौथो सोमबार बेनी स्थित शिवालय मन्दिरमा भक्तजनहरुले पुजाआजा र दर्शन गरेका छन् । मनोकामना पुरा हुने विश्वासले सोमबार मन्दिरमा भक्तजनहरु पुगेका छन् । मन्दिरमा म्याग्दीका साथै पर्वत र बागलुङबाट पनि भक्तजनहरु आएको शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिनुभयो । चारसय वर्ष पुरानो एतिहासिक शिवालय मन्दिर […]
घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल
विकल्प न्यूज\बेनी साउन २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएको १४ मेघावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । म्याग्दी हाइड्रोपावर प्रालिले निर्माण गरेको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएपछि उत्पादित विद्युत् आजदेखि केन्द्रीय प्रसारण लाइनमा आबद्ध गराइएको छ । आयोजनाका आवासीय इञ्जिनियर जोसेप बज्राचार्यले सबै परीक्षण सफल भएपछि घारखोलाको विद्युत् दाना […]
जामुनाखर्क मावि र विद्यामन्दिर आविमा शैक्षिक सामग्री वितरण
विकल्प न्यूज/बेनी साउन २१ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिका ६ का दुई विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । आईतवार अर्थुङेमा रहेको जामुनाखर्क माध्यामिक विद्यालयमा अध्ययनरत ९ जना र विद्यामन्दिर आधारभूत विद्यालय जामुनाखर्कमा अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई झोला, कपी, कलम, पेन्सिल, लगायतका शैक्षिक सामग्री […]
जलजलामा अभिभावक शिक्षा कार्यक्रम मार्फत शैक्षिक जागरण
विकल्प न्यूज/बेनी साउन १९ गते । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर बढाउन पहिलो चरणको ‘अभिभावक शिक्षा’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमले पालिका भित्र शैक्षिक जागरण ल्याएको विश्वास गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन अभिभावकहरुलाई जागरुक बनाउन अभिभावक शिक्षा कार्यक्रम संचालन गरिएको थियो । घरमा विद्यार्थीलाई पढ्नका लागि अनुकुल वातावरण बनाउने, छोराछोरीको शिक्षाप्रति […]
म्याग्दीमा साढे १६ किलोमिटर सडक कालोपत्र
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १९ गते । म्याग्दीमा एक वर्षको अवधिमा साढे १६ किलोमिटर ग्रामिण सडक कालोपत्र भएको छ । गत आर्थिक वर्ष २०७९ \८० मा पूर्वाधार विकास कार्यालय,स्थानीय तह र सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीले गरेर जिल्लाभर १६ क्रिलोमिटर पाँचसय ३० मिटर सडक कालोपत्र गरिएको हो । सडक कालोपत्र भएपछि दुर्घटनाको […]
गलेश्वरमा थपिँदै ठूला होटल
विकल्प न्यूज\बेनी साउन १८ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर धाममा पर्यटक आगमन बढेसँगै नयाँ होटल खुल्ने क्रम बढेको छ । कालिगण्डकी करिडोरमा पर्ने गलेश्वर शिवालय पछिल्लो समय धार्मिक पर्यटनको गतिलो गन्तव्यका रुपमा विकास हुँदै जान थालेको छ । मुस्ताङको प्रवेशद्धारका रुपमा समेत परिचित गलेश्वर धाम दर्शनका लागि पछिल्ला केही […]
कृष्णप्रसादको रहर लाग्दो भैंसीपालन (भिडियो सहित)
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १८ गते । बेनी नगरपालिका ७ टुनीखर्क स्थित भैंसी गोठमा पुग्दा ४२ वर्षीय कृष्णप्रसाद शर्मा दुध दुहुदै हुनुहुन्थ्यो । दुध बजारमा पु¥याउन शर्मालाई हतारो थियो । गोठ दुहुना भैंसीले भरिएको छ । सवै भैंसी मोटा र रिष्ठपुस्ट देखिन्थे । कृष्णप्रसादको परिवार र कामदार सवैजना भैंसी र गाईलाई दानापानी दिन व्यस्त देखिन्थे । […]
मृतकको भत्ता वडा सचिवको खल्तीमा
विकल्प न्यूज/बेनी साउन १८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–१ की वडासचिव सरस्वती आचार्यले मृतक लगायत पाँचजनाको सुरक्षा भत्तामा अनियमितता गरेको खुलासा भएको छ। वडासचिव आचार्यले लाभग्राहीको बैंक चेकमा आफैंले हस्ताक्षर र औँठाछाप लगाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता र हिनामिना गरेको उजुरी परेपछि गत असार १९ गते गाउँपालिकाले तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। गाउँपालिकाका […]
बेनीका सुप्पन श्रेष्ठले मनाए बालगृहका बालबालिका सँग जन्मदिन
विकल्प न्यूज\बेनी साउन १७ गते । म्याग्दी बेनी बजारका एक युवाले बालगृहका अनाथ बालबालिकासँग खुसी साट्दै आफ्नो जन्म दिन मनाएका छन् । रोजगारीका क्रममा अष्ट्रेलिया जानुभएका बेनी नगरपालिका वडा नम्बर ७ भिमसेन टोलका सुप्पन श्रेष्ठले बुधवार बाल संगठनद्धारा संचालित बालगृहमा आश्रय लिएर बसेका अनाथ बालबालिकासँग जन्म दिनको खुसी साट्नुभएको हो । श्रेष्ठ एक हप्ता […]
गलेश्वर मन्दिरमा ६ लाख भेटी सङ्कलन
विकल्प न्यूज/बेनी साउन १७ गते । प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा सोमबारसम्म रु छ लाख तीन हजार भेटी सङ्कलन भएको छ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको तेस्रो सोमबारसम्म सो भेटी सङ्कलन भएको हो । मङ्गलबार सरोकारावाला निकायको उपस्थितिमा मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास […]
मराङकी गर्भवतिलाई हेलिकप्टरबाट उद्दार
विकल्प न्यूज\बेनी साउन १६ गते । धवलागिरि गाउँपालिका ६ मराङकी एकजना गर्भवतिको मंगलबार हेलिकप्टरबाट उद्दार गरी पोखरा पु¥याइएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी ३२ वर्षीय दीपा पुन केसीको गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र धवलागिरि गाउँपालिको समन्वयमा उद्दार गरिएको हो , गर्भवति केसी मंगलबार विहान सुत्केरी हुनका लागि मराङ स्वास्थ्य चौकीमा पुग्नुभएको […]
अर्मनको शिरमा सुन्दर पर्यटकीय गन्तव्य चाङ्गा (फोटोफिचर)
प्रताप बानियाँ / बेनी साउन १६ गते । यतिबेला जताततै हरियाली छाएको छ । डाँडाकाँडाहरु पनि निकै हरियाली देखिएका छन् । खोलानाला समेत सुस्साउन थालेका छन् । ग्रीष्म ऋतुको समय गर्मी हपक्कै बढेको छ । विगतको तुलनामा यसवर्ष गर्मी अत्यधिक महसुस भैरहेको छ । वर्षायामको मौसम छिनछिनमा बदलिन्छ । मौसमले एकैछिनमा अनेक रुप फेरिदिन्छ । […]